आफूबारे भ्रामक सूचना फैलाएको भन्दै ९ मिडियाविरूद्ध आरजुको उजुरी

आफूबारे भ्रामक सूचना फैलाएको भन्दै ९ मिडियाविरूद्ध आरजुको उजुरी

  • आषाढ १८, २०८१ सोमबार २१:१७

नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले आफ्नो चरित्र हत्या गर्ने मनासयले सामाचार प्रकाशित गरेको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । सांसद देउवाले आफ्ना स्वकीय सचिव कमल रावल मार्फत प्रेस काउन्सिलमा असार १७ गते उजुरी दिएकी हुन् ।

देउवाले टिभी र केही युट्युब सहित ९ वटा सञ्चार संस्थाविरूद्ध उजुरी गरेकी हुन् । उनले योहो, सगरमाथा, न्युज २४, प्राइम टाइम्स र कान्तिपुर टिभी विरुद्ध उजुरी गरेकी छन्।  त्यस्तै एकता टिभी नेपाल, नेपाल खबर टिभी, खोजनीति खबर र कलर अफ नेपाल नामक युट्युब च्यानललाई पनि कारबाही गर्न उनले माग गरेकी छन् । उनले उजुरीमा आफ्नाबारे बनेका सामग्रीका भिडियो लिङ्क पनि समावेश गरेकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त बेचन झा पक्राउ परेपछि सांसद देउवाको नाम जोडेर कतिपय सञ्चार माध्यमहरूले समाचार सम्प्रेषण गरेका थिए ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा बेचन झाले बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ । उनी पक्राउ परेपछि पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु देउवाको नाम पनि जोडेर समाचारहरू प्रकाशित भएका थिए ।

आफूबारे भ्रामक समाचार प्रकाशन गर्ने सञ्चार संस्थाका सम्पादक, प्रकाशक र समाचार तयार गर्ने सञ्चारकर्मीहरूलाई कानुन अनुसार कारवाही गर्न उनले माग गरेकी छन् । उजुरीमा ती समाचार हटाउन निर्देशन दिन पनि माग गरिएको छ ।

press council nepal.jpeg


Related Story

सञ्चार सामग्री जफत गर्नु संविधानको ठाडो उल्लंघन : पत्रकार महासंघ

जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा महिला आयोग अध्यक्षको आफ्नै पीडा र गम्भीर खुलासा

'पटक पटक प्रेस काउन्सिल जाँदा पनि न्याय पाइनँ' जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको मुद्दामा पक्राउ गरेपछि

किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिल नेपालः ‘कार्यालयमा प्रहरी छापा’ को विरोध गर्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह

प्रेस काउन्सिलले किशोर श्रेष्ठ पक्राउ र उनको सञ्चार गृहमा छापा मारिएको शैलीप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई स्वतन्त्रताको नाममा स्वच्छन्द नहुन आग्रह

किशोर श्रेष्ठ पक्राउ प्रकरणः के भन्छ प्रेस काउन्सिल ऐन र आचारसंहिताको ‘विधि’?

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेपछि सञ्चार जगत् र कानुनी वृत्तमा एउटा बहस सुरु

किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक

मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक

फरक फरक निकायमा एउटै व्यक्ति दाबेदारः विज्ञता कि पदको भोक ?

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको नेतृत्वका लागि आवेदन दिएका नामहरूको प्रारम्भिक लेखाजोखा सरकारले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान

मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता