नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले कार्यक्रम अधिकृत (प्रोग्राम अफिसर) पदको लागि आवेदन मागेको छ । NIMJN खोजमूलक एवं मल्टिमिडिया पत्रकारिताको स्तरोन्नतिमा क्रियाशील गैरनाफामूलक संस्था हो ।
कार्यक्रम अधिकृत पदका लागि न्यूनतम शैक्षिक योग्यता सम्बन्धित क्षेत्रमा स्नातक गरेको हुनुपर्नेछ । स्नातकोत्तर उपाधि प्राप्त उम्मेदवारहरूलाई प्राथमिकता दिने निम्जिनले जनाएको छ । साथै, यो पदमा आवेदन दिन कम्तीमा तीन वर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव आवश्यक पर्ने जनाइएको छ।
आवेदक परियोजना प्रस्तावहरू, अनुगमन र मूल्यांकन प्रतिवेदनहरू लेख्न सक्षम हुनुपर्नेछ। इच्छुक उम्मेदवारहरूले विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गर्दा प्राप्त हुने यो लिङ्कमा क्लिक गरेर आवेदन दिन सक्नेछन् ।
यदि तपाईँ परियोजना विकास तथा सञ्चालनमा रुची राख्नुहुन्छ र नेपालको खोज पत्रकारितामा योगदान पुर्याउन चाहनुहुन्छ भने यो तपाईँका लागि उत्कृष्ट अवसर हो ।
