लामो अन्योलपछि पत्रकार महासंघको चुनावको नयाँ मिति- असोज ५

लामो अन्योलपछि पत्रकार महासंघको चुनावको नयाँ मिति- असोज ५

  • भाद्र १६, २०८१ आइतबार २३:१२

लामो समयदेखि स्थगित नेपाल पत्रकार महासंघको चुनाव अन्ततः आगामी असोज ५ गते हुने गरी मिति तोकिएको छ।


नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आउँदो असोज ५ गते निर्वाचन हुने भएको छ । महासंघका सबै समितिहरूको निर्वाचन असोज ५ गते एकैसाथ सम्पन्न गर्न अध्यक्ष विपुल पोख्रेलले निर्वाचन समितिलाई पत्राचार गरेका हुन् । 

अध्यक्ष पोखरेलले भदौ १६ गते आइतबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई मिति २०८१ असोज ५ गते महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न पत्राचार गरेका हुन् । पोख्रेलले निर्वाचनलाई सफल बनाउन सबैसँग आग्रह गरेका छन् । 

केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले महासंघले निर्वाचन अगाडि बढाउन पत्र पठाएकाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिने बताए ।

"महासंघले सदस्यताको अन्तिम टुंगो लगाइसकेर निर्वाचन अगाडि बढाउन पत्र दिएकाले सोहीअनुसार हामी निर्वाचन कार्यतालिका अगाडि बढाउँछौँ", प्राध्यापक खनालले भने ।    

यसअघि दुई पटक मिति तोकेर स्थगित भएको महासंघको चुनाव दलीय पत्रकारका संगठनको दबाब-प्रभावले अनिश्चित बनेको थियो । पढ्नुस्ः नेपाल पत्रकार महासंघको चुनाव किन हुन सकेन ? 

लामो समयसम्म पनि चुनाव हुन नसक्दा पत्रकार महासंघमा सरकारी हस्तक्षेप निम्तिन सक्ने भन्दै पूर्वअध्यक्षहरूले चिन्ता व्यक्त गरेका थिए । 

काठमाडौंमा सम्पन्न पत्रकार महासंघको २७ औँ महाधिवेशनले जेठ २६ गते चुनावको मिति तोके पनि मतदाता नामावली टुङ्ग्याउन नसक्दा उक्त चुनाव स्थगित भएको थियो । 

सदस्यता शुद्धीकरण विवाद टुङ्ग्याउन नसक्दा अनिश्चितकालका लागि स्थगित भएको महासंघको निर्वाचन त्यसपछि असार २२ मा तोकियो । तर उक्त मितिमा पनि निर्वाचन हुन सकेन । 

अध्यक्षका नाताले नैतिक जिम्मेवारी लिन्छुः पोख्रेल

bipul pokhrel.jpgपटकपटक निर्वाचनको मिति तोकेर पनि निर्वाचन हुन नसकेको पनि अध्यक्ष पोख्रेलले नैतिक जिम्मेवारी लिने बताएका छन् । "नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आमपत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक छ", आइतबार जारी विज्ञप्तिमा उल्लेख छ, "घोषित मितिमा निर्वाचन हुन नसक्नुका कारणहरू जे जस्ता भए पनि अध्यक्षका नाताले त्यसको नैतिक जिम्मेवारी ग्रहण गर्दछु ।"

अध्यक्ष पोख्रेलले महासंघ स्वतन्त्र र छाता संस्था हुँदाहुँदै पनि यससँग सरोकार राख्ने पक्षको आवाजलाई सुन्ने र सम्बोधन गर्ने अभ्यास र दायित्वका कारण केही अन्यौल र अलमल देखिन पुगेको स्पष्ट पारेका छन् । 

घोषित मितिमा निर्वाचन हुन नसक्नुमा नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पोख्रेलले भनेका छन्, "महासंघले यसबीचमा भोगेका सकारात्मक पक्षहरू अनुसरण गदै नकारात्मक पक्षहरूबाट शिक्षा लिँदै सच्चिनु पर्ने आवश्यकता महसुस गरेको छु ।"

विज्ञप्तिमा महासंघमा लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धीकरणमा  महत्वपूर्ण उपलब्धि हासिल भएको जिकिर गर्दै पेशागत शुद्धतामा यसले योगदान गरेको जिकिर उनले गरेका छन् । शुद्धीकरणका क्रममा भएका त्रुटिहरू क्रमशः सच्याउनु पर्ने आवश्यकता रहेको उनले उल्लेख गरेका छन् । 

पढ्नुस् महासंघका अध्यक्ष पोख्रेलद्वारा जारी विज्ञप्तिः

fnj press release president.jpg


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८