नेपाल रिपब्लिक मिडियाको डिजिटल प्रकाशन नागरिकन्युज डट कमले सम्पादकदेखि सम्वाददातासम्मका लागि आवेदन आह्वान गरेको छ । इच्छुक व्यक्तिले १० दिनभित्र वैयक्तिक विवरण (बायोडाटा) सहित आफूले चाहेको पदमा आवेदन गर्न सक्ने सूचनामा जनाइएको छ । आवेदन [email protected] मा इमेल गर्नुपर्ने छ ।
के के मा खुल्यो आवेदन ?
एडिटर (१)
अनुभव
- पत्रकारिता पेशामा १०/१२ वर्षको नेतृत्व अनुभव भएको ।
- डिजिटल ग्रोथ स्ट्राटेजी (digital growth strategy) योजना तय गर्न सक्ने ।
- डिजिटल मिडियामा ज्ञान समेत भएको ।
- प्रतिकूल समयमा पनि काम गर्न सक्ने ।
- टिम लिडरसिप/कोअर्डिनेसनमा अनुभव भएको ।
- शैक्षिक योग्यताः स्नातक या सोभन्दा माथि ।
- तलब सम्झौताअनुसार ।
कोअर्डिनेटर (२)
अनुभव
- पत्रकारिता पेशामा कम्तीमा ७ वर्षको अनुभव भएको ।
- कार्य क्षेत्रको नेतृत्व लिन सक्ने ।
- रिपोर्टिङको विषयबस्तु पहिचान गरी खटाउन सक्ने क्षमता भएको ।
- व्यस्त समाचार कक्षमा काम गर्न सक्ने ।
- अन्तर्वार्ता लिन सक्ने योग्यता भएको ।
- भिडियो एवं डिजिटल रिपोर्टिङको समेत ज्ञान भएको ।
- शैक्षिक योग्यताः स्नातक ।
- तलबः सम्झौताअनुसार ६० हजार देखि ७० हजार ।
डेस्क (३)
अनुभव
- डेस्कमा कम्तिमा ५ वर्षको अनुभव भएको ।
- नेपाली भाषामा राम्रो ज्ञान भएको ।
- शैक्षिक योग्यताः स्नातक ।
- तलबः सम्झौता अनुसार ३५ हजार देखि ४० हजारसम्म ।
वरिष्ठ रिपोर्टर (२)
अनुभव
- पत्रकारिता पेशामा कम्तीमा ५ वर्षको अनुभव भएको ।
- सामाजिक, राजनीतिक तथा आर्थिक बिटमा राम्रो ज्ञान भएको ।
- शैक्षिक योग्यताः स्नातक ।
- तलबः सम्झौता अनुसार ३५ हजार देखि ४५ हजारसम्म ।
जुनियर रिपोर्टर (३)
अनुभव
- पत्रकारिता पेशामा कम्तीमा २/३ वर्षको अनुभव भएको ।
- सामाजिक, राजनीतिक तथा आर्थिक बिटमा राम्रो ज्ञान भएको ।
- शैक्षिक योग्यताः स्नातक अध्ययनरत ।
- तलबः सम्झौता अनुसार २५ हजार देखि ३० हजारसम्म ।