सरकारले विज्ञापन बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत विज्ञापन बोर्डको अध्यक्ष सिफारिस समितिको सचिवालयले २०७७ फागुन २० गते गोरखापत्रमा सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको हो ।
के के चाहिन्छ योग्यता ?
- नेपाली नागरिक
- शैक्षिक योग्यता र अनुभवः आमसञ्चार, कानुन, विज्ञापन वा व्यवस्थापन विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको र सो क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको ।
- उमेरः ३५ वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको ।
- कुनै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमति पत्र नलिएको ।
- कुनै कानुनले अयोग्य नभएको ।
के के कागजात चाहिन्छ ?
- नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
- व्यक्तिगत विवरण ।
- शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि, विदेशी शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधि भएमा समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
- अनुभव खुल्ने प्रमाणको प्रतिलिपि ।
- नेपाली भाषामा तयार गरिएको बढीमा ५ हजार शब्दसम्मको व्यावसायिक कार्ययोजना ।
- हालसालै खिचेको पासपोर्ट साइजको फोटो दुई प्रति ।
- कुनै विदेशी मुलुकको स्थायी आवासीय अनुमति पत्र नलिएको स्वघोषणा ।
कहिलेसम्म आवेदन दिने ?
- सूचना प्रकाशन भएको मितिले १५ दिन (अन्तिम दिन बिदा परे सोको भोलिपल्ट) कार्यालय समयभित्र ।
कहाँ बुझाउने आवेदन ?
- सिफारिस समितिको सचिवालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्थान समन्वय शाखा सिंहदरबार ।
मूल्याङ्कन कसरी हुन्छ ?
- समितिले सम्बन्धित उम्मेदवारले पेश गरेको व्यावसायिक कार्ययोजना, प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा मूल्याङ्कन गर्नेछ ।
थप जानकारीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको संस्थान समन्वय शाखामा सम्पर्क गर्न सकिने सूचनामा जनाइएको छ ।
पढ्नुस् गोरखापत्रमा प्रकाशित सूचनाः
