तपाईँलाई थाहा छ सरकारी निकायहरूले सूचना तथा विज्ञापन छाप्न कति रकम खर्च गर्छन् ? आउनुस् प्रशासनिक केन्द्र सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितका मन्त्रालयहरूबाट कुरा सुरु गरौँ । सरकारका २२ मन्त्रालय छन् । विज्ञापन बोर्डले यी मन्त्रालयहरूसँग विज्ञापन तथा सूचना सम्बन्धी वार्षिक कार्यक्रम तथा बजेटको विवरण माग गरेकोमा जम्मा ४ वटाले खर्च विवरण बुझाएका छन् । बाँकी १८ वटा मन्त्रालयले विवरण बुझाउन अटेर गरेका छन् ।
हेर्नुस् कुन मन्त्रालयले सूचना तथा विज्ञापन छाप्न कति रकम खर्च गर्छन् ।