मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

मोनेटाइजेसन मोहदेखि सीमामा विदेशी मिडियाको अवैध सक्रियतासम्म, पत्रकारितामा देखिएका ७ विकृति

  • जेठ १४, २०८३ बिहीबार ०१:३७

प्रेस काउन्सिल नेपालले पछिल्लो समय पत्रकारिता क्षेत्रमा देखिएका केही नकारात्मक प्रवृत्तिहरूप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार आचारसंहिता उल्लंघनको आरोपसहित प्राप्त हुने उजुरी र काउन्सिलको आफ्नै स्वअनुगमनका आधारमा काउन्सिलले सातवटा मुख्य प्रवृत्ति औँल्याएको छ ।

१. भ्युअर र मोनेटाइजेसन केन्द्रित पत्रकारिता

अनलाइन न्युज पोर्टल दर्ता गर्ने तर त्यसमा सामग्री सम्प्रेषण नगरी केवल युट्युब र फेसबुकजस्ता सामाजिक सञ्जालबाट भ्युअर बढाउने र पैसा कमाउने (Monitization) उद्देश्यले अपुष्ट सामग्री फैलाउने गरिएको ।

२. सार्वजनिक निकायमा अमर्यादित व्यवहार

बिना अनुमति अस्पताल, विद्यालय र सरकारी कार्यालयमा प्रवेश गरी अमर्यादित शैली र व्यवहार प्रस्तुत गर्ने, कर्मचारीलाई हप्काउने तथा विद्यालयमा अभिभावकको अनुमति बिना बालबालिकाको अन्तर्वार्ता लिई भिडियो अपलोड गर्ने प्रवृत्ति ।

३. पत्रकारमाथि गालीगलौज र धम्की

सञ्चार माध्यममा प्रकाशित समाचार वा सामग्रीलाई लिएर पत्रकारलाई सामाजिक सञ्जालमार्फत विभिन्न आरोप लगाउने, गालीगलौज गर्ने र धम्की दिने कार्य ।

४. चरित्र हत्या र भ्रमपूर्ण सामग्री

व्यक्तिको गोपनीयता र व्यावसायिक साखमा असर पर्ने गरी तथ्यहीन र भ्रमपूर्ण सामग्री सम्प्रेषण गर्ने र त्यसलाई सामाजिक सञ्जाल वा पेजहरूबाट थप फैलाउने प्रवृत्ति ।

५. अमर्यादित आर्थिक लेनदेन र सम्झौताको दबाब

क्यामरा र बुम लिएर सरकारी कार्यालयमा गई प्रश्न सोध्ने र अन्त्यमा सन्देशमूलक सूचनाको नाममा बिल छाड्ने तथा कार्यालयसँग सम्झौता नगरी आफैंले तयार पारेको ड्राफ्टमा हस्ताक्षर गर्न दबाब दिने प्रवृत्ति ।

६. सीमा क्षेत्रमा विदेशी मिडियाको अवैध सक्रियता

नेपालको सीमा क्षेत्रका जिल्लामा बिना अनुमति विदेशी पत्रकार/मिडियाले सञ्चारकर्म गरिरहेको र नेपाल सरकार तथा कानुनको विरुद्ध भ्रामक सामग्री सम्प्रेषण गरिरहेको ।

७. पत्रकारबीचको आपसी कलह

सत्य र तथ्यको परीक्षण नगरी एक पत्रकारले अर्को पत्रकारका विरुद्ध सञ्चार माध्यम वा सामाजिक सञ्जालमा अभिव्यक्ति दिने प्रवृत्ति ।


काउन्सिलका सह-प्रवक्ता रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा सञ्चार क्षेत्रलाई स्वतन्त्र, विश्वसनीय र मर्यादित बनाउन पत्रकार आचारसंहिताको पालना महत्वपूर्ण हुने उल्लेख छ । 

समाचार सामग्रीप्रति चित्त नबुझेमा काउन्सिलमा उजुरी दिने व्यवस्था रहेको भन्दै, समाचार लेखेकै आधारमा पत्रकारलाई मानमर्दन वा धम्की दिनु प्रेस स्वतन्त्रता विपरीत हुने काउन्सिलले प्रस्ट पारेको छ । 

काउन्सिलले पेसागत आचरण कायम राख्न सम्पूर्ण सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत आग्रह गरेको छ ।


Related Story

सञ्चार सामग्री जफत गर्नु संविधानको ठाडो उल्लंघन : पत्रकार महासंघ

जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको

किशोर श्रेष्ठ पक्राउ प्रकरणमा महिला आयोग अध्यक्षको आफ्नै पीडा र गम्भीर खुलासा

'पटक पटक प्रेस काउन्सिल जाँदा पनि न्याय पाइनँ' जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयता हननको मुद्दामा पक्राउ गरेपछि

किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिल नेपालः ‘कार्यालयमा प्रहरी छापा’ को विरोध गर्दै पत्रकारलाई पनि जिम्मेवार बन्न आग्रह

प्रेस काउन्सिलले किशोर श्रेष्ठ पक्राउ र उनको सञ्चार गृहमा छापा मारिएको शैलीप्रति आपत्ति जनाउँदै पत्रकारहरूलाई स्वतन्त्रताको नाममा स्वच्छन्द नहुन आग्रह

किशोर श्रेष्ठ पक्राउ प्रकरणः के भन्छ प्रेस काउन्सिल ऐन र आचारसंहिताको ‘विधि’?

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरेपछि सञ्चार जगत् र कानुनी वृत्तमा एउटा बहस सुरु

किशोर श्रेष्ठ पक्राउ अघिका दुई मुख्य घटना

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले बुधबार साँझ ललितपुरको कुसुन्तीस्थित उनको निवासबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीविरुद्ध वैयक्तिक

मिडियाका कटु आलोचक उमेश श्रेष्ठ प्रेस काउन्सिलको नेतृत्त्वमा

नेपाली पत्रकारितामा उमेश श्रेष्ठ 'सालोक्य' एउटा यस्तो नाम हो, जसले गएका दुई दशकदेखि मूलधारका मिडियाका ससाना गल्तीदेखि ठूला विचलनसम्मलाई निर्भयतापूर्वक

फरक फरक निकायमा एउटै व्यक्ति दाबेदारः विज्ञता कि पदको भोक ?

प्रेस काउन्सिल, सार्वजनिक सेवा प्रसारण र गोरखापत्र संस्थानको नेतृत्वका लागि आवेदन दिएका नामहरूको प्रारम्भिक लेखाजोखा सरकारले प्रेस काउन्सिल नेपाल, गोरखापत्र संस्थान

पत्रकारको 'धम्की'ले मन्त्रीलाई डिप्रेसनको डर

मन्त्रीको कमिसनखोरी VS पत्रकारको ब्ल्याकमेलिङ: जब आरोपप्रत्यारोपमा एकअर्का नाङ्गिए मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले पत्रकारले आफ्नो व्यक्तिगत फाइदाका