प्रोपगन्डाको प्रोपगन्डा : के, कसले र किन ?

प्रोपगन्डाको प्रोपगन्डा : के, कसले र किन ?

Photo by Joshua Miranda from Pexels
  • बैशाख ७, २०७८ मंगलबार १३:४३

  • भानुभक्त आचार्य

महाभारतमा युधिष्ठिरले गुरु द्रोणाचार्यलाई नियतवश गलत सूचना दिएको एउटा प्रसङ्ग आउँछ। द्रोणाचार्य कौरवका तर्फबाट सेनापति भएका बेला पाण्डवहरूले जित्ने सम्भावना थिएन। तब पाण्डबहरूले श्रीकृष्णकहाँ गएर द्रोणाचार्यलाई कसरी नियन्त्रण गर्ने भनेर सोधे। कृष्णले पुत्रशोकको अवस्थामा बाहेक द्रोणाचार्यलाई हराउन नसकिने कुरा बताए। तब कृष्णले भीमलाई अस्वत्थामा नाम गरेको हात्तीलाई गदाले हानेर मार्न लगाए।

द्रोणाचार्यका पुत्रको नाम पनि अस्वत्थामा थियो र उनी अलि अर्कैपट्टि युद्ध गरिहेका थिए। अश्वस्थामा मारियो भन्दै पाण्डव सेनाले गुरु द्रोणाचार्यलाई खबर सुनाए। द्रोणाचार्यलाई युद्धको समयमा अश्वत्थामाको हत्याको खबरले झस्कायो तर उनले त्यो सूचना पत्याएनन् किनभने अश्वत्थामा चिरञ्जीवी थिए। तब द्रोणाचार्य अरुले दिएको खबर पत्याउँदिन भन्दै युधिष्ठिरलाई सोध्न गए। युधिष्ठिर कहिल्यै नढाट्ने र सत्यवादी भनेर चिनिएका थिए। युधिष्ठिरलाई थाहा थियो कि अश्वत्थामा नामको हात्ती मारिएको हो, मान्छे होइन। तर पनि उनले ‘नरो वा कुञ्जरोवा अश्वत्थामा हतोहतः’ भनिदिए। अर्थात् मान्छे हो कि हात्ती तर अश्वत्थामा त मारियो। यति सुन्ने बित्तिकै पुत्रशोकले विह्वल बनेका द्रोणाचार्यले हतियार विसाएर भुइँमा बसेर शोक गर्न थाले। त्यसैबेला द्रोपदीका दाजु धृष्टद्युम्नले द्रोणाचार्यको हत्या गरिदिए।

यो प्रसंगलाई मैले अहिलेको जमानामा लोकतान्त्रिक भनिएका निर्वाचनबाट आएका सरकारहरूले कसरी जनतालाई गुमराहमा पारेर आफ्नो स्वार्थसिद्धि गर्न तम्सिन्छन् भन्ने प्रयोजनका लागि उठाएको हुँ। आजका युधिष्ठिरहरू भनेका जनप्रतिनिधिहरू हुन्, जसले ‘म नियम कानुन अनुसार मात्रै गर्छु। सत्यबाहेक अरु बोल्दिन। देश र जनतामाथि गद्दारी गर्दिन’ भनेर संविधान वा धार्मिक ग्रन्थलाई छोएर कसम खाएका हुन्छन्। उनीहरूलाई हामीले नै भोट दिएका हुन्छौं। लोकतन्त्रमा सबैभन्दा शक्तिशाली भनेको मताधिकारप्राप्त जनता हो, जसले चुनावद्वारा आफैंलाई शासन गर्ने जनप्रतिनिधि चुन्छ। त्यसैले शासकीय संरचनामा निर्णायक भूमिका हुने भएकाले जनतालाई ‘जनता जनार्दन’ भनिएको हो। अर्थात् आजको लोकतान्त्रिक शासन व्यवस्था सैद्धान्तिक रुपमा गुरु द्रोणाचार्य जस्ता शक्तिशाली जनता र युधिष्ठिरहरूजस्ता सत्यवादी भनिएका शासकहरूले चलाएको राज्य हो। तर यस्तो अवस्थामा पनि सत्यवादी भनिएका शासकहरूले जनता जनार्दनलाई ढाँटेर आफ्नो स्वार्थ तामेल गर्ने काम भइरहेको छ, जसलाई हामी प्रोपगन्डा भनेर बुझ्छौं। अर्थात् सत्तामा रहेकाहरू प्रोपगन्डा गर्छन् र हामी त्यही प्रोपगन्डाका रमिते वा सिकार हुन्छौं। भानुभक्त आचार्यको पूरा लेख पढ्नुस्


Related Story

चुनौतीको चाङमा पत्रकार महासंघको नयाँ नेतृत्त्व

झण्डै सात दशकको इतिहास बोकेको नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व आएसँगै महासंघमा रहेको अन्यौलता तत्कालका लागि हटेको छ । यस

विज्ञापनको विश्वासले निम्त्याउने स्वास्थ्य सङ्कट

तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने, कपालमा भरिसकेका रौँहरू फेरि पलाउने, अनुहारमा भएका चायाहरू

मिडियाका सम्पादक र लगानीकर्ताबीच एक-अर्काको विषयमा रिपोर्टिङ नगर्ने अघोषित सम्झौता छ

सन् २०१८ मा अमेरिकामा रिपब्लिकन पार्टीका सिनेटर टम कटनले ‘काला जातीको आन्दोलन प्रायोजित हो त्यसकारण बलपूर्वक भए पनि दबाउनुपर्छ’ भनेर

आमसञ्चारको भविष्य

आम मानिसले आफ्नो सूचना, जानकारी र ज्ञानको स्रोत आमसञ्चारका माध्यमका सट्टा सामाजिक सञ्जाललाई मात्रै बनाउन थालेकाले राष्ट्रिय परिवेशमा लोकतन्त्रहरू नै

भ्रम र सत्यको द्वन्द्वमा नेपाली पत्रकारिता

किशोर नेपाल- यतिबेला पत्रकारिताको सिद्धान्त सूत्रका रूपमा स्थापित आफ्ना छ जना परम मित्रहरू(छ वटा ‘क’- अंग्रेजीमा पाँच डब्ल्यू र एक एच)को

पत्रकारिताको अर्को आयाम

दीपक आचार्य बुहारी पत्रकारिता तालिम लिएर स्वयंसेवीरूपमा रेडियोमा प्रवेश गर्नुभएकी लहानकी सञ्जु कुमारीको पत्रकारिता यात्रा रेडियो समग्र लहानको कार्यक्रम व्यवस्थापकसम्म पुग्छ

मिडिया काउन्सिल विधेयकको सकस

सुरेश आचार्य- तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा राष्ट्रिय सभामा पेस गरिएको मिडिया काउन्सिलसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भएको अढाई वर्षपछि

पत्रकारिताको कसीमा ‘युट्युबर’

विपुल पोखरेल- के युट्युबर पत्रकार हुन् ? आजकल यो प्रश्न धेरैले सोध्ने गरेको पाइन्छ। प्रविधिको विकाससँगै सूचना प्रवाहका माध्यम पनि थपिएका