कोभिड-१९ को दोस्रो लहर सुरु भएयता निषेधाज्ञाको अवधिमा ६५ वटा पत्रकार आचारसंहिता उल्लंघनका घटना भएको प्रेस काउन्सिल नेपालको अनुगमनले देखाएको छ ।
वैशाख १६ गतेदेखि जेठ ४ गतेसम्म तीन साताको अवधिमा भएको अनुगमनबाट यी घटना अभिलेखीकरण भएका हुन् । प्रेस काउन्सिलका अनुसार आचारसंहिता उल्लंघन गर्नेमा अधिकांश अनलाइन समाचार पोर्टल छन् ।
अनुगमन अवधिमा ‘भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकोले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि पत्राचार भएका’ मिडियाको संख्या ३८ छ । यी काउन्सिलमा दर्ता नभएका अनलाइन हुन् ।
काउन्सिलमा दर्ता नभएका यस्ता अनलाइनहरूलाई नेपालभित्र खोल्नै नमिल्ने बनाउन काउन्सिलले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने गरेको छ ।

दूरसञ्चार प्राधिकरणले काउन्सिलमा दर्ता नभएका र उसले बन्द गर्न भनेका अनलाइनहरू यसरी खुल्न नमिल्ने बनाउने गरेको छ ।
यस्तै ‘कोरोना संक्रमणका विषयमा वीभत्स दृश्य, अतिरञ्जित सामग्री सम्प्रेषण गरेवापत’ काउन्सिलले ११ मिडियालाई सचेत गराएको छ । यस्ता दुईवटा मिडियालाई उसले ध्यानाकर्षण गराएको छ ।
निधेषाज्ञाको अवधिमा कोरोना संक्रमणभन्दा फरक विषयमा तीनवटा मिडियालाई स्पष्टीकरण सोधिएको छ । दुईवटा मिडियासँग जवाफ माग गरिएको काउन्सिलले जनाएको छ । तर यस अवधिमा प्रक्रिया पूरा गरी दर्ता भएका उजुरीको संख्या भने ९ छ ।
वैशाख २८ गतेसम्म ४१ र वैशाख २९ गते यता २४ वटा आचारसंहिता उल्लङ्घनका घटना अभिलेख गरिएको काउन्सिलले जनाएको छ ।
काउन्सिलले निषेधाज्ञाको समयमा पनि आफ्ना कर्मचारीले कार्यलय तथा घरबाटै अनुगमन गर्ने गरी व्यवस्था मिलाएको जनाएकाे छ । पत्रकार आचारसंहितासम्बन्धी उजुरी अनलाइनमार्फत् दिन सकिने व्यवस्था काउन्सिलले मिलाएको छ ।
अनुगमन अवधिमा सञ्चारमाध्यमबाट भएका आचारसंहिता उल्लंघनका घटना यस्ता छन्-