रोयटर्सको निःशुल्क डिजिटल पत्रकारिता इ-लर्निङमा कसरी सहभागी हुने ?

रोयटर्सको निःशुल्क डिजिटल पत्रकारिता इ-लर्निङमा कसरी सहभागी हुने ?

Photo by Alex Blăjan on Unsplash
  • जेठ ६, २०७८ बिहीबार २१:३४

रोयटर्स र फेसबुक जर्नलिज्म प्रोजेक्टले डिजिटल पत्रकारिताको निःशुल्क इ-लर्निङ कार्यक्रम सुरु गरेका छन् ।

‘रोयटर्स डिजिटल जर्नलिज्म कोर्स’ नाम दिइएको यो कार्यक्रमले एसिया प्रशान्त क्षेत्रका ८ मुलुक र भारतमा डिजिटल रिपोर्टिङ तथा सम्पादनमा बलियो आधार निर्माण गर्ने लक्ष्य लिएको छ । सूचीमा नाम नभए पनि नेपालबाट पनि यो तालिममा सहभागी हुन सकिन्छ ।

मे १८ तारिखदेखि थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, श्रीलंका, मलेसिया र भारतबाट यो कोर्समा सहभागी हुन सकिने फेसबुक जर्नलिज्म प्रोजेक्टको वेबसाइटमा जनाइएको छ । सूचीमा नेपालको नाम छैन तर नेपालबाट पनि यदि तपाईँलाई रुची छ भने यो कोर्समा सहभागी हुन सक्नुहुन्छ ।

के छ कोर्समा ?

बेलायतको प्रसिद्ध संस्था रोयटर्सले विकास गरेको यो अनलाइन कक्षाको पाठ्यक्रम डिजिटल समाचार संकलन (digital news gathering), समाचारको सत्यापन तथा संकलन (news verification and reporting), सोसल मिडिया प्रकाशन (publishing on social media) र स्वास्थ्य तथा प्रतिरोध/सहनकला (wellness and resilience) गरी चार भागमा बाँडिएको छ ।

यो कोर्समा रहेका धेरै कुरा हामीले दैनन्दिन भोगिरहेकै कुरा छन् । यो कोर्सले हामीलाई सोसल मिडिया र इन्टरनेट किन राम्रो पत्रकारिता गर्न महत्त्वपूर्ण साधन हुन् भनेर सजिलो गरी बुझाउँछ । “इन्टरनेट तथा सोसल मिडियामा बढ्दो निर्भरताका कारण मानिसहरूलाई सूचना तथा समाचारका विभिन्न स्रोत उपलब्ध भएका छन् तर सँगसँगै उनीहरू मिथ्या सूचनाको सिकार भई दिग्भ्रमित हुने अवस्था पनि छ”, रोयटर्स तालिमको वेबसाइटमा लेखिएको छ, "यसर्थ झन् जिम्मेवार, नैतिक र सत्यापनसहित रिपोर्टिङको महत्त्व र आवश्यकता बढेको छ ।“ 

कसरी सहभागी हुने ?

जब तपाईँ यो कोर्सको होमपेजमा जानुहुन्छ, तब तपाईँले sign in गर्नुपर्ने हुन्छ । वा, सिधै Start your certification मा क्लिक गरी sign-up गरेर कोर्समा छिर्नुपर्ने हुन्छ ।

sign-in.JPG

हरेक च्याप्टर र ती भित्रका सब च्याप्टर क्रमशः अध्ययन गर्दै जानुपर्ने हुन्छ । हरेक च्याप्टर तथा सब च्याप्टरभित्र प्रश्नोत्तर पनि छन् । तिनको जवाफ पनि तपाईँले दिँदै जानुपर्ने हुन्छ । पाठभित्रका चित्र, उदाहरण, प्रस्तुतिका कारण पढ्न निकै रमाइलो पनि छ ।

करिब दुई घण्टाको कोर्स भने पनि तपाईँले आफ्नो अनुकूल समयमा पढ्न सक्नुहुन्छ । एकपटक गरेको काम दोहोर्‍याईरहन पर्दैन । अर्को पटक लगइन गरी पहिला जहाँबाट छोडेको हो, त्यहीँबाट सहभागी हुन सकिन्छ । तपाईँले आफ्नो प्रोग्रेस रिपोर्ट पनि अध्ययनकै क्रममा हेर्न पाउनुहुन्छ । 

“डिजिटल युगका सञ्चार माध्यमहरूलाई डिजिटल प्लेटफर्महरूको प्रभावकारी र सुरक्षित प्रयोग कसरी गर्ने भन्ने थाहा पाउन अत्यन्त जरुरी छ”, रोयटर्सका कार्यकारी सम्पादक जीना चुआले भनेकी छन्, “यो कोर्सले संसारभर पत्रकारहरूबाट भइरहेका उत्कृष्ट अभ्याससँग परिचित गराउनुका साथै उत्कृष्ट पत्रकारिताको आधार तयार गर्नेछ ।“  

facebook journalism project.jpgअवश्य पनि यो आधारभूत कोर्स हो । तर यसमा सिकारुदेखि अनुभवी सम्मका लागि सिक्नका लागि धेरै कुरा छन् । इन्टरनेटको दुनियाँमा यसै पनि दिनानुदिन नयाँ नयाँ कुरा आइरहने हुनाले केही न केही सिकिरहनुपर्ने हुन्छ ।  

झन् कोभिड-१९ महाव्याधिका कारण इन्टरनेट तथा सोसल मिडियामा आधारित रिपोर्टिङ गर्नुपर्ने अवस्थामा यो तालिम सान्दर्भिक देखिन्छ ।

यो कार्यक्रमका लागि फेसबुक र रोयटर्सले सहकार्य गरेका छन् । अहिले सुरुवातमा अंग्रेजी, थाई, सिन्हाला र भाषा इन्डोनेसियामा सुरु भएको यो कोर्स आउँदा दिनमा थप भाषामा पनि उपलब्ध हुने छ ।

जब तपाईँले पढेर, सबै प्रश्नका उत्तर दिएर सक्नुहुन्छ, तपाईँले डिजिटल सर्टिफिकेट पनि प्राप्त गर्न सक्नुहुन्छ । यो तालिम तपाईँलाई कस्तो लाग्छ ? हामीलाई [email protected] मा लेख्न सक्नुहुन्छ ।

certificate.JPG

 


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको