तालीमको अवसर
खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ । जलवायु संकटको रिपोर्टिङका लागि विषयगत दक्षता अभिवृद्धि मा केन्द्रित यो तालीम २९ भदौदेखि २ असोज २०८२ (१६–१८ सेप्टेम्बर २०२५) सम्म काठमाडौंमा हुनेछ । तालीममा १० जना प्रशिक्षार्थी सहभागी गराइनेछ ।
तालीममा सहभागी हुन स्नातकत्तह उत्तीर्ण गरी कम्तीमा दुई वर्ष पत्रकारिता गरेको हुनुपर्नेछ ।
इच्छुक पत्रकारले cijnepal.org मा रहेको फारम भरी २५ भदौ २०८२ (१० सेप्टेम्बर २०२५) सम्म आवेदन दिनु होला ।
आवेदनसँगै व्यक्तिगत विवरण र आफूले गरेको क्रमै रिपोर्टको लिंक वा फाइल संलग्न गर्नुपर्नेछ । प्राप्त आवेदन स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खोपकेको सम्पादक समूहमा हुनेछ ।
खोज पत्रकारिता केन्द्र
किरणभवन मार्ग, सानेपा, ललितपुर
फोनः ०१-५४४३००५
इमेलः [email protected]
