प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन खुला गरिएको छ।
नेपाल पत्रकार महासंघको समन्वयमा पोखरामा जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीले गण्डकी प्रदेशका नेपाली पत्रकारहरूका लागि यो तालिम सञ्चालन गर्न लागेको हो।
तालिमको शुल्क लगायत अन्य खर्चका लागि फेलोशीप उपलब्ध छ । फेलोशीपका लागि छनौट भएका पत्रकारलाई तालिमको शुल्क, तालिम अवधिको खाना र पोखराबाहिरका पत्रकारलाई आवास र यातायातका लागि आर्थिक सहायता प्रदान गरिने छ ।
तालिमका महत्त्वपूर्ण मितिहरू निम्न प्रकार छन्:
पहिलो सत्रः सन् २०२५ मे ४ देखि ८ सम्म (२०८२ वैशाख २१ देखि २६ गते) बिहान ९ देखि ५ बजे र
दोस्रो सत्र:सन् २०२५ जून २२ देखि २७ सम्म (२०८२ असार ८ देखि १३ गते) बिहान ९ देखि ५ बजे
बिचका ६ साता अनलाइन कार्य हुनेछ जसमा प्रशिक्षार्थीले हप्ताको ६ देखि ८ घण्टा दिनुपर्नेछ।
आवेदन दिने अन्तिम दिन: अप्रिल २७ (वैशाख १४ गते)
कसले आवेदन दिन सक्छन्?
कम्तीमा तीन वर्ष अनुभव भएका पश्चिम नेपालका नेपाली पत्रकारहरू। गण्डकी प्रदेशका पत्रकारहरूलाई प्राथमिकता दिइनेछ।
यो तालिम आधारभूत तालिम हो र डेटा पत्रकारिताको अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन्।
तालिमका विषय के-के हुन्?
नेपाली भाषामा हुने तालिममा निम्न विषयहरू समावेश हुनेछ:
- Data in journalism
- Working with data: calculations and filtering
- Data Visualization: graphs, charts and maps
- Data sources and formats
- Data scrapping and cleaning
- Making sense of the huge data
- Live tables, graphs and maps
- Using AI in data journalism
- Data-driven stories
तालिम कस्तो हुन्छ?
तालिम जर्नलिजम एकेडेमीको ६+६+६ फर्म्याटमा सञ्चालन हुन्छ। यसको अर्थ ६ दिन बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ६ साता अनलाइनमा सञ्चालन हुन्छ र अन्तिममा फेरि ६ दिन बिहान ९ देखि ५ बजेसम्म तालिम सञ्चालन हुन्छ।
आवेदन दिन के-के चाहिन्छ?
तपाईँको बायोडेटाको doc वा pdf तयार गरेर यहाँ फाराम भर्न सकिन्छ।
छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ।
छनौट कसरी गरिन्छ?
तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीको प्रतिनिधि र प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश/नेपाल पत्रकार महासंघका प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट १२ जनाको छनौट गर्छ। यसरी छनौट गर्दा सहभागितामूलक बनाउन प्रयास गरिन्छ।
निशुल्क तालिममा एक मिडियाबाट एकभन्दा बढि सहभागी छनौट नगरिने आयोजकले जानकारी दिएको छ।
आवेदन गर्नका लागि यहाँ क्लिक गर्नुहोस । थप जिज्ञासा भए [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।