खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले “खोज पत्रकारिता तालीम” आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन हुने तालीम २०८२ वैशाख १० देखि १२ गतेसम्म काठमाडौंमा हुनेछ ।
यस तालीममा ८ जना महिला र २ जना पुरुष प्रशिक्षार्थीको सहभागिता रहनेछ। तालीममा सहभागी हुन १२ कक्षा उत्तीर्ण गरी दुई वर्ष पत्रकारिता गरेको हुनपर्ने खोपके नेपालले जनाएको छ ।
तालीममा सहभागी हुन इच्छुकले cijnepal.org मा गई अनलाइन फारम भर्न सक्नेछन्। आवेदन दिने अन्तिम म्याद वैशाख ५ गते (अप्रिल १८) सम्म रहेको छ।
हेर्नुहोस् सुचना:
