पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

Image: AI Generated (Gemini)
  • जेठ २१, २०८२ बुधबार २३:१७

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ ।

जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापना गरिएको जर्नलिजम एकेडेमीलेले नेपालमा पत्रकारहरूका लागि काठमाण्डौंमा पड्कास्टिङ् तालिम सञ्चालन गर्न लागेको हो ।

तालिमका महत्त्वपूर्ण मितिहरू निम्न प्रकार छन्:
पहिलो सत्र: विसं २०८२ असार २२ देखि २७ गते (ईसं २०२५ जुलाई ६ देखि ११)
दोस्रो सत्र: विसं २०८२ भदौ १५ देखि २० गते (ईसं २०२५ अगस्ट ३१ देखि सेप्टेम्बर ५)

कसले आवेदन दिन सक्छन्?

कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरू । यो तालिम आधारभूत तालिम हो र पड्कास्टिङको अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन् ।

तालिमका विषय के-के हुन्?
तालिमका पड्कास्टिङ निर्माण, प्रसारण/प्रकाशन र प्रवर्धनसम्बन्धी शीपमूलक विषयहरू सामेल हुनेछन् । पड्कास्टिङ तालिम अडियोमा केन्द्रित हुनेछ र भिडियोसम्बन्धी सीपहरू यो तालिममा राखिएका छैनन् ।

तालिम शुल्क कति लाग्छ?
यो तालिमको शुल्क रु ९९,००० हो । तर तालिमका छनौट भएका सहभागीको सम्पूर्ण खर्च (काठमाण्डौं उपत्यकाका सहभागीको तालिम शुल्क र उपत्यका बाहिरका सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च) का लागि एकेडेमीले छात्रवृत्ति प्रदान गर्नेछ ।

podcasting.jpg

तलिम कस्तो हुन्छ?
तालिम जर्नलिजम एकेडेमीको ६+६+६ फर्म्याटमा सञ्चालन हुन्छ । यसको अर्थ ६ दिनको पहिलो सत्र बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ६ साता अनलाइनमा सञ्चालन हुन्छ र अन्तिममा फेरि ६ दिनको दोस्रो सत्र बिहान ९ देखि ५ बजेसम्म तालिम सञ्चालन हुन्छ ।

आवेदन दिन के-के चाहिन्छ?
तपाईँको बायोडेटाको doc वा pdf तयार गरेर यहाँ फाराम भर्न सकिन्छ । छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ ।

कहिले सम्म दिन पाइन्छ आवेदन ?
आवेदन दिने अन्तिम मिति जुन २२, २०२५ अर्थात असार ८ गते रहेको छ । 

छनौट कसरी गरिन्छ?
तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीको प्रतिनिधि र इन्टरलिङ्क एकेडेमीको प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट १२ जनाको छनौट गर्छ । यसरी छनौट गर्दा सहभागितामूलक बनाउन प्रयास गरिन्छ ।

सन् २०२५ मा सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सञ्चालन गर्ने तालिमहरूमा काठमाण्डौँ उपत्यका बाहिरका पत्रकारहरूलाई प्राथमिकता दिइने छ ।

तालिममा एक मिडियाबाट एकभन्दा बढि सहभागी छनौट गरिने छैन ।

अन्य तालिममा सहभागीले फेरि आवेदन गर्न पाउँछन्?
जर्नलिजम एकेडेमीको निशुल्क तालिममा छनौट भइसकेका पत्रकारले फेरि आवेदन दिन पाउँदैनन् । तर आवेदन दिएर छनौट नभएका पत्रकारले आवेदन दिन पाउँछन् ।

आवेदन गर्नका लागि यहाँ क्लिक गर्नुहोस । थप जिज्ञासा भए [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको

पड्कास्टिङ तालिम २०२५ को लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको