खोजमूलक डकुमेन्ट्री तालिमको अवसर

खोजमूलक डकुमेन्ट्री तालिमको अवसर

Photo by Joey Huang on Unsplash
  • फाल्गुण २१, २०७८ शनिबार १६:२४

यदि तपाईँ खोजमूलक पत्रकारिता गर्नुहुन्छ र त्यसलाई आंशिक वा पूर्ण रुपमा मल्टिमिडियामा रुपान्तरण गर्न चाहनुहुन्छ भने यो तालिम तपाईँका लागि हो । नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (NIMJN) ले आयोजना गरेको प्रशिक्षणमा तपाईँले खोजमूलक डकुमेन्ट्री कसरी निर्माण गर्ने भनेर प्रयोगात्मक सीप सिक्न पाउनु हुनेछ । 

एनआईएमजेएनले खाेज पत्रकारहरूका लागि २०७९ वैशाख २६ गतेदेखि बैशाख ३० गतेसम्म ५ दिने डकुमेन्ट्री प्रशिक्षण आयोजना गरेको हो । यस तालिममा पत्रकारलाई छाेटा र लामा डकुमेन्ट्री बनाउन प्रशिक्षण दिइने नेटवर्कले जनाएको छ । 

१५ जना खोजमूलक पत्रकार सहभागी हुने यो प्रशिक्षणमा सहभागी हुन चैत ३०, २०७८ सम्म आवेदन दिन सकिन्छ ।आवेदन दिन तपाईँले यो गुगल फर्म भर्नुपर्ने हुन्छ ।

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क तालिम, शिक्षा तथा अनुसन्धानमार्फत नेपालमा खोजमूलक एवं मल्टिमिडिया पत्रकारिताको स्तर सुधारमा क्रियाशील गैरनाफामूलक संस्था हो । यसले पत्रकारहरूलाई खाेजमूलक मल्टिमिडिया स्टोरी तयार गर्नका लागि विशिष्ट खाेजमूलक मल्टिमिडिया रिपोर्टिङ प्रशिक्षण तथा मेन्टरसिप सहायता प्रदान गर्छ।

ह्युम्यानिटी युनाइटेडको सहयोगमा प्रेस स्वतन्त्रता र खोज पत्रकारिता प्रवर्द्धन परियोजना अन्तर्गत तालिम आयोजना गरिएको हो । 

यसैगरी, एनआईएमजेएनले ९ महिने खोजमूलक एवं मल्टिमिडिया रिपोर्टिङ फेलोसिपका लागि एक जना सिनियर र एक जना जुनियर फेलोका लागि पनि आह्वान गरेको छ । यसका लागि आवेदन दिने अन्तिम मिति चैत १५, २०७८ छ । आवेदन दिन गुगल फर्म भर्नु हाेस् । 

एनआईएमजेएनले कार्यक्रम अधिकृत, कार्यक्रम तथा प्रशासन एसोसियट र केही इन्टर्नका लागि पनि आवेदन आह्वान गरेको छ ।


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको