सञ्चार माध्यममा राज्य नियन्त्रण

सञ्चार माध्यममा राज्य नियन्त्रण

  • कार्तिक ७, २०७९ सोमबार १८:२८

सुबोध गौतम-

राज्य सत्ता सञ्चार माध्यम र तिनमा कार्यरत पत्रकारहरूप्रति असंहिष्णु बन्नु नेपालको सन्दर्भमा सामान्य हो। जुनसुकै शासन व्यवस्था वा जुनसुकै दलको सरकार भए पनि आघोषित आक्रमणको निसानामा सबैभन्दा पहिले पर्ने ‘सञ्चार माध्यम र तिनमा कार्यरत पत्रकार’ हुन्। यो अवस्थामा सञ्चार माध्यमबाट प्रकाशित र प्रसारित सामग्रीहरू पनि निशानामा पर्नु स्वाभाविक हो।

‘अभिव्यक्ति स्वतन्त्रताको नियन्त्रण आफ्नो अनुकूल शासन सञ्चालनको प्रमुख आधार’ भन्ने कुत्सित र अघोषित मानसिकताबाट कहिल्यै मुक्त हुन सकेनन् सरकार र दलहरू। यसका पछिल्ला उदाहरणहरू हुन, नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ र राष्ट्रिय प्रसारण (एघारौँ संशोधन) नियमावली २०७८। पछिल्लो समय यी दुवै दस्ताबेज विवादमा आए।

प्रदेश सरकारले धमाधम ल्याइरहेका सञ्चार तथा प्रसारणसम्बन्धी ऐन, नियम, नीति, कार्यविधिहरू पनि त्यत्तिकै अनुदार छन्। तिनमा पनि सञ्चार माध्यम र प्रसारण हुने सामग्री तथा विषयवस्तुलाई नियन्त्रण गर्ने प्रावधान छन्। कतिपय प्रावधान सरोकारवाला संस्थाहरूको दबाबपछि हटाइएका छन्।

अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गरिएका घटना नेपालमा पटक-पटक दोहोरिएका छन्। राजनीतिक उतारचढाव वा शासन व्यवस्था परिवर्तनका मौकामा जुनसुकै सरकारले ‘आमसञ्चार’ लाई ‘तगारो’ का रूपमा हेर्छन्। यसलाई नियन्त्रण गर्ने मानसिकताबाट शासकहरू विचलित हुँदैनन्। चुकेका पनि छैनन्। शाहवंशीय शासन व्यवस्थामा होस् वा लोकतान्त्रिक एवं गणतान्त्रिक व्यवस्था, सञ्चारलाई नियन्त्रणमा राख्ने र सत्ता अनुकूल लैजाने सवालमा सबै राजनीतिक दल उत्तिकै जिम्मेवार छन्। भलै केही दलमा यो मानसिकता अलि थोरै होला, केहीमा अलि बढी।

सरकार मौका छोपेर सञ्चारलाई अधीनमा राख्न खोज्छ। सरोकारवालाले यसको विरोधमा पटक-पटक आन्दोलन गर्नुपरेको छ। यो अवस्था पटक-पटक किन आइरहेको छ? सरकारको भित्री मनसाय प्रेस काउन्सिल मार्फत आमसञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीहरूलाई नियन्त्रण गर्नु रहेको छ। मिडिया काउन्सिल विधेयकमा यसपटक पनि त्यस्तै भयो। सदनभित्र र बाहिरबाट दबाब आएपछि सरकार पछि हटेको हो। पूरा पढ्नुहोस्


Related Story

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध भएको हो ? प्रम सचिवालय र महासंघका भिन्न दाबी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको विषयमा नेपाल पत्रकार महासंघ र प्रधानमन्त्रीको सचिवालयबीच परस्पर विरोधी दाबी

सुरुमा विज्ञापनको लोभ, नमाने जरिवानाको त्रासः कोशी सरकारको मिडिया नियन्त्रण रणनीति

संविधानविपरीत प्रसारणमा रोक लगाउनेदेखि जरिवानाको अधिकारसम्मः कोशी प्रदेशको विवादास्पद आमसञ्चार विधेयक जसले पत्रकारहरूलाई सडकमा ल्यायो कोशी प्रदेश सरकारले ल्याएको कोशी प्रदेश

पहिचान मिडियालाई ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीको धम्की

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको संस्था ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीहरूले अमेरिकी सहयोग नियोग (युएसएआइडी) को ८ करोड रुपैयाँको पारदर्शिता माग्दा पहिचान

'एक दशकपछि पत्रकार हत्याको पुनरावृत्ति: नेपालमा प्रेस स्वतन्त्रता गम्भीर मोडमा'

नेपालमा एक दशकभन्दा बढी समयपछि रिपोर्टिङकै क्रममा पत्रकारको हत्याका घटना पुनः देखिन थालेपछि प्रेस स्वतन्त्रता गम्भीर मोडमा पुगेको सरोकारवालाहरूले औंल्याएका

नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि: एक वर्षमा २ पत्रकारको हत्या, २४ माथि दुर्व्यवहार

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि भएको

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२५: नेपाल १६ स्थान तल झर्दै ९० औं स्थानमा

प्रेस स्वतन्त्रताको अवस्था अनुगमन गर्ने अग्रणी संस्था, रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा हालै सार्वजनिक २०२५ को विश्व प्रेस स्वतन्त्रता सुचकांकले

मिडिया एक्सन नेपालको प्रतिवेदन: एक वर्षमा ३२ प्रेस स्वतन्त्रता उल्लंघन

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्वसन्ध्यामा मिडिया एक्सन नेपालले त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक

सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति

सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका 'केही प्रावधान' प्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति