सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति

सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति

  • माघ १६, २०८१ बुधबार १७:५१

सरकारले संघीय संसद्‍मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका 'केही प्रावधान' प्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा अगुवा नागरिक संस्था महासंघलगायत सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने प्रावधान समावेश गरी विधेयक अगाडि बढाएको उल्लेख छ ।

विज्ञप्तिमा महासंघलगायत सरोकारवाला पक्षसँग गहिरो संवादमार्फत विश्वव्यापी मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मूल्य मान्यता, संवैधानिक प्रावधान र प्रचलित अभ्याससँग तालमेल मिल्ने गरी विधेयक अगाडि बढाउन माग गरिएको छ ।

साथै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचन र नियन्त्रण गर्ने कुनै पनि कानुन स्वीकार्य नहुने चेतावनी दिएको छ । सामाजिक सञ्जाल विधेयक: संसद्‍मा दर्ता भएकै दिनदेखि चौतर्फी विरोध सामाजिक सञ्जाल विधेयक: संसद्‍मा दर्ता भएकै दिनदेखि चौतर्फी विरोध


Related Story

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध भएको हो ? प्रम सचिवालय र महासंघका भिन्न दाबी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको विषयमा नेपाल पत्रकार महासंघ र प्रधानमन्त्रीको सचिवालयबीच परस्पर विरोधी दाबी

सुरुमा विज्ञापनको लोभ, नमाने जरिवानाको त्रासः कोशी सरकारको मिडिया नियन्त्रण रणनीति

संविधानविपरीत प्रसारणमा रोक लगाउनेदेखि जरिवानाको अधिकारसम्मः कोशी प्रदेशको विवादास्पद आमसञ्चार विधेयक जसले पत्रकारहरूलाई सडकमा ल्यायो कोशी प्रदेश सरकारले ल्याएको कोशी प्रदेश

पहिचान मिडियालाई ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीको धम्की

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको संस्था ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीहरूले अमेरिकी सहयोग नियोग (युएसएआइडी) को ८ करोड रुपैयाँको पारदर्शिता माग्दा पहिचान

'एक दशकपछि पत्रकार हत्याको पुनरावृत्ति: नेपालमा प्रेस स्वतन्त्रता गम्भीर मोडमा'

नेपालमा एक दशकभन्दा बढी समयपछि रिपोर्टिङकै क्रममा पत्रकारको हत्याका घटना पुनः देखिन थालेपछि प्रेस स्वतन्त्रता गम्भीर मोडमा पुगेको सरोकारवालाहरूले औंल्याएका

नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि: एक वर्षमा २ पत्रकारको हत्या, २४ माथि दुर्व्यवहार

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि भएको

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२५: नेपाल १६ स्थान तल झर्दै ९० औं स्थानमा

प्रेस स्वतन्त्रताको अवस्था अनुगमन गर्ने अग्रणी संस्था, रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा हालै सार्वजनिक २०२५ को विश्व प्रेस स्वतन्त्रता सुचकांकले

मिडिया एक्सन नेपालको प्रतिवेदन: एक वर्षमा ३२ प्रेस स्वतन्त्रता उल्लंघन

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्वसन्ध्यामा मिडिया एक्सन नेपालले त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक

प्रेस स्वतन्त्रता हनन गर्नेमाथि कारबाही गर्न पत्रकार महासंघको माग

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता हननका घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष निर्मता