पडकास्टिङमा रुची छ ? यो तालिम तपाईँका लागि हो

पडकास्टिङमा रुची छ ? यो तालिम तपाईँका लागि हो

  • बैशाख १३, २०८० बुधबार ००:२९

पत्रकारहरूलाई तालिम उपलब्ध गराउँदै आएको सिएमआर नेपाल जर्नलिजम एकेडेमीले यस वर्ष हुने दुई पडकास्टिङ् तालिमका लागि आवेदन आह्वान गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीलेले पत्रकारहरूका लागि काठमाडौंमा पडकास्टिङ् तालिम सञ्चालन गर्न लागेको हो। 

आउँदो असार ३१ गतेदेखि साउन ५ गतेसम्म र भदौ १७ गतेदेखि २२ गतेसम्मको पहिलो ब्याचको तालिम सञ्चालन हुने छ । यो तालिम अंग्रेजी भाषामा हुने छ । यस्तै दोस्रो ब्याचको तालिम भदौ ३१ देखि असोज ५ र कात्तिक १९ गतेदेखि २४ गतेसम्म हुनेछ । दोस्रो ब्याचको तालिम नेपाली भाषामा हुनेछ । 

पडकास्टिङ तालिममा सहभागी हुन बैशाख ३१ गतेभित्र आवेदन दिनुपर्नेछ । 

कसले आवेदन दिन सक्छन्?

कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरू। यो तालिक आधारभूत तालिम हो र पडकास्टिङको अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन्।

तालिमका विषय के-के हुन्?

तालिमका पडकास्टिङ् निर्माण, प्रसारण/प्रकाशन र प्रवर्धनसम्बन्धी शीपमूलक विषयहरू सामेल हुनेछन्।

तालिम शुल्क कति लाग्छ?

यो तालिम निशुल्क हो। तालिमका छनौट भएका सहभागीको सम्पूर्ण खर्च (काठमाण्डौं उपत्यकाका सहभागीको तालिम शुल्क र उपत्यका बाहिरका सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च) एकेडेमीले बेहोर्ने छ।

तलिम कस्तो हुन्छ?

तालिम जर्नलिजम एकेडेमीको ६+६+६ फर्म्याटमा सञ्चालन हुन्छ। यसको अर्थ ६ दिन बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ६ साता अनलाइनमा सञ्चालन हुन्छ र अन्तिममा फेरि ६ दिन बिहान ९ देखि ५ बजेसम्म तालिम सञ्चालन हुन्छ।

आवेदन दिन के-के चाहिन्छ?

तपाईँको बायोडेटाको doc वा pdf तयार गरेर यहाँ फाराम भर्न सकिन्छ। छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ।

छनोट कसरी गरिन्छ?

तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीको प्रतिनिधि र इन्टरलिङ्क एकेडेमीको प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट २४ जनाको छनोट गर्छ। यसरी छनौट गर्दा सहभागितामूलक बनाउन प्रयास गरिने एकेडेमीले जनाएको छ।

निशुल्क तालिममा एक मिडियाबाट एकभन्दा बढि सहभागी छनोट गरिने छैन।

अन्य तालिममा सहभागीले फेरि आवेदन गर्न पाउँछन्?

जर्नलिजम एकेडेमीको निशुल्क तालिममा छनौट भइसकेका पत्रकारले फेरि आवेदन दिन पाउँदैनन्। तर आवेदन दिएर छनौट नभएका पत्रकारले आवेदन दिन पाउँछन्।

सिएमआर नेपालको तालिममा सहभागीले आवेदन दिन पाउँछन्?

सिएमआर नेपालको तालिममा सहभागीले विषय फरक भए आवेदन दिन पाउँछन्। आवेदन दिन यहाँ क्लिक गर्नुहोस्।


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको