सूचनाको चलखेलसम्बन्धी तालिमको अवसर

सूचनाको चलखेलसम्बन्धी तालिमको अवसर

  • आश्विन ६, २०८० शनिबार १८:०२

सेन्टर फर मिडिया रिसर्च-नेपाल (सिएमआर-नेपाल) ले यही असोज २० र २१ गते कोशी प्रदेशमा हुने लोकतन्त्र  र सूचनाको चलखेल (Information Manipulation) सम्बन्धी तालिमका लागि आवेदन खुल्ला गरेको छ ।

इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट (आईआरआई) को सहयोगमा सिएमआर-नेपालले मिथ्या सूचना, सूचनाको चलखेलबाट हुन सक्ने हानी, त्यसबाट जोगिने उपाय तथा मिडिया र सूचना साक्षरता अभियानलाई बढाउने उद्देश्यले दुई  दिने तालिम सञ्चालन गर्न लागेको सिएमआर नेपालले जनाएको छ ।

कसले  आवेदन दिन सक्छन्  ?

कोशी प्रदेशका १८ देखि ४० वर्ष उमेर समूहका राजनीतिमा सक्रिय युवा, पत्रकार, मिडियाकर्मी, सोसल मिडियामा सक्रिय पेज सञ्चालक र महिलाले यो तालिमका लागि आवेदन दिन सक्छन् । राजनीतिक दल र उनीहरूका भातृसंगठन तथा शुभेच्छुक संस्थामा आबद्ध युवाले पनि आवेदन दिन सक्छन् ।

तालिमका विषय के के  हुन्छन् ?

तालिमका लागि सूचनामा चलखेल, सूचनामा चलखेल र चुनौतीहरू, सूचनाको चलखेल विरुद्धको लडाइँ, निर्वाचनमा हुने सूचनाको चलखेल विरुद्धको लडाइँ,  आमसञ्चार र सूचना साक्षरता, तथ्य जाँच लगायतका विषय समावेश हुनेछन् ।

तालिम शुल्क कति लाग्छ ?

यो तालिम नि:शुल्क हो । तालिममा छनौट भएका सहभागीहरूको तालिम शुल्क, यातायात र आवास खर्च सबै सिएमआर-नेपालले ब्यहोर्नेछ ।

तालिम कस्तो हुनेछ ?

तालिम दुई दिनको हुनेछ । विषय अनुसार सत्रहरूलाई बाँडिनेछ । र, तालिममा प्रयोगात्मक र अन्तरक्रियात्मक पक्षलाई प्राथमिकता दिइनेछ ।

आवेदन दिन के चाहिन्छ ?

आवेदनका लागि फर्म भर्नु पर्ने हुन्छ । त्यसका लागि बायोडेटाको doc वा pdf तयार  गरेर यही फर्ममा भर्न सकिनेछ ।

छनौट कसरी गरिन्छ ?

तालिम विज्ञ सहजकर्ता, सिएमआरका प्रतिनिधि र आइआरआइका प्रतिनिधिले प्राप्त आवेदनमध्येबाट २० जनाको छनौट गर्नेछन् । यसरी छनौट गर्दा क्षेत्रीय सन्तुलन र समावेशीतालाई विशेष प्राथमिकता दिइनेछ । एउटा जिल्लाबाट एउटै संस्थाका एक जना भन्दा बढीलाई सहभागी गराइने छैन ।

थप प्रश्न भए मोबाइल नं 9841303435 वा  [email protected] मा सम्पर्क गर्न सकिन्छ।


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको