युनियन, चौतारी र सेन्टरको संयुक्त बोली - ‘कान्तिपुरको व्यवहार निन्दनीय’

युनियन, चौतारी र सेन्टरको संयुक्त बोली - ‘कान्तिपुरको व्यवहार निन्दनीय’

  • आश्विन १८, २०८० बिहीबार २३:०३

तीन ठूला राजनीतिक दल निकट पत्रकारका संगठनहरूले कान्तिपुर पब्लिकेसन्समा पत्रकारहरूमाथि गैरकानुनी रुपमा भएका अवकाश तथा निष्काशनका घटनामा चासो दिएका छन् ।

नेपाली कांग्रेसनिकट प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाल र नेपाल प्रेस सेन्टरले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी कान्तिपुरमा श्रमजीवी पत्रकार ऐन विपरित श्रमजिवी पत्रकारलाई सेवाबाट निष्कासन गरेको घटनाप्रति गम्भीर ध्यानाकृष्ट भएको जनाएका छन् ।

"कान्तिपुरले लामो अवधि काम गरेका स्थायी तथा करार, स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण नगर्ने, इमेलमार्फत अवकास पत्र पठाउने, कतिपयलाई स्ट्रिन्जर बस्न र केहीलाई राजीनामा दिन बाध्य बनाउन मानव संशाधन विभागबाट फोन गरेर टर्चर दिने जस्ता कार्य गरेको पीडित पत्रकारले गुनासो गरेका छन्", विज्ञप्तिमा लेखिएको छ ।

कान्तिपुरले पत्रकारमाथि गरेको ‍दुर्व्यवहार निन्दनीय भएको उनीहरूको ठहर छ । “मुलुकमा…आर्थिक मन्दीको कारण देखाउँदै कान्तिपुरले वर्षौँ कार्यरत श्रमजीवी पत्रकारको सम्झौता नवीकरण नगर्ने, अवकाश पत्र दिने, राजीनामा दिन बाध्य बनाएर रित्तो हात घर पठाउन खोज्नु, स्थायीलाई स्ट्रिन्जरमा झार्न खोज्ने कार्य निन्दनीय छ”, प्रेस युनियन अध्यक्ष शिव लम्साल‍, प्रेस चौतारी अध्यक्ष गणेश बस्नेत र प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा जुगलद्वारा जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ, “श्रम ऐनमा भएको व्यवस्था विपरीत पत्रकारलाई जबरजस्ती यस्ता कार्य तत्काल रोक्न आग्रह गर्दछौं । नेपालको प्रचलित ऐन, कानुन अनुसार पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न कान्तिपुर समक्ष अनुरोध गर्दछौं ।”

उनीहरूले कान्तिपुरमा कार्यरत पत्रकारले व्यस्थापन समक्ष राखेका मागहरूप्रति आफ्नो पूर्ण समर्थन र ऐक्यवद्धता रहेको जनाएका छन् । पत्रकारका मागलाई तत्काल सम्बोधन गर्दै श्रमजीवी पत्रकार ऐनमा भएको व्यवस्था अनुसार व्यवहार गर्न पनि उनीहरूले आग्रह गरेका छन् । उनीहरूले कानुनी आधारलाई टेकेर वार्ता र सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न कान्तिपुर व्यवस्थापनसँग आग्रह गरेका छन् ।

“पत्रकारका माग र आग्रहलाई बेवास्ता गरिए श्रमजीवी पत्रकारको पक्षमा कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं”, संयुक्त विज्ञप्तिमा भनिएको छ, “त्यसबाट उत्पन्न हुन सक्ने समस्याप्रति कान्तिपुर व्यवस्थापन नै जिम्मेवार र जवाफदेही हुने समेत स्पष्ट पार्दछौं ।” 

कान्तिपुरमा के भइरहेको छ ? पढ्नुस्


 


Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८