पत्रकारलाई प्रविधिमा दक्ष बनाउन प्रेस काउन्सिलको तालिम

पत्रकारलाई प्रविधिमा दक्ष बनाउन प्रेस काउन्सिलको तालिम

  • आश्विन २४, २०८० बुधबार २३:१३

पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरूले पत्रकारलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल नेपालले पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि काठमाडौँमा गरेको ३ दिने तालिमको समापनमा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

काउन्सिलले पहिलो चरणमा बाग्मती प्रदेशका सबै जिल्लाका सहभागी पत्रकार महिलालाई तालिम दिएको हो । विषय विज्ञ वरिष्ठ पत्रकार युवराज घिमिरेले श्रव्यदृश्य पत्रकारितामा भाषा–शैलीको महत्वसँगै विषयवस्तु, प्रस्तुति, समयबद्धता, गुणस्तरीयता, सम्प्रेषण, प्रविधिको प्रयोग, अडियन्स र सेवाग्राहीको सुझावलाई विशेष ध्यान दिनुपर्ने बताए ।

मुलुकको राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको यथार्थपरक सूचना जनतालाई दिनु पत्रकारको कर्म भएको भन्दै उनले जुनसुकै विषय पनि समाचार हुने तर त्यसको उठान गर्ने तरिकाले अर्थ राख्ने बताए ।

समय र प्रविधिको विकाससँगै पत्रकारिता पेशालाई पनि परिस्कृत गर्दै लैजानुपर्ने भन्दै घिमिरेले समयको मागसँगै छिटोछरितो र मल्टिमिडियायुक्त पत्रकारिता आजको आवश्यकता भएको बताए ।

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदीले पत्रकारिताको स्वरूप र परिभाषा फेरिएको भन्दै समयको माग अनुसारको पत्रकारिता वर्तमान युगको आवश्यकता भएको बताए । डिजिटल युग सुहाउँदो पद्धति तथा प्रवृत्ति अनुसरण गर्न सके मात्रै पत्रकारिता पेशामा टिक्न सकिने उनले बताए।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको पर्याप्त ज्ञानबिना अबको पत्रकारिता अघि बढ्न नसक्ने बताए । हतारमा राम्रो काम गर्नुपर्ने पेशा भएकाले प्रविधिको सहायताले सघाउ पुग्ने उनको भनाइ थियो । ‘केही पत्रकारले आफूले जान्नुपर्ने कुरामा समेत ध्यान नदिएर अन्यत्र पेशा र सुविधामा बढी रुची दिन्छौँ, यसले पनि समस्या ल्याउने गरेको छ' अध्यक्ष बस्नेतले भने ।

काउन्सिलका सदस्य एवं प्रशिक्षक दुर्गा भण्डारी पौडेलले पत्रकार आचारसंहिता, वर्तमान समयमा भएको पत्रकारिता तथा मिडिया कानुनको विषयमा प्रकाश पारे । मिडिया साक्षरता अहिलेको माग भएको उनको भनाइ थियो ।
तालिम समापनका क्रममा बोल्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले अब समाचारको कुनै डेडलाइन नहुने भन्दै जुनसुकै घटनाका समाचार तुरुन्तै प्रवाह गर्न पत्रकार तत्पर रहनुपर्ने बताए।  उनले पत्रकारिताले परिष्कृत गर्न आगामी दिनमा पत्रकारलाई डिजिटल प्रविधिसँग खेल्न योग्य बनाउनुपर्ने बताए। 

नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने आधार पत्रकारिता भएकाले पत्रकारले सत्य तथ्य र निष्पक्ष समाचार दिनुपर्ने बताए।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले पत्रकारितालाई समयानुकूल र प्रतिस्पर्धी बनाउन प्रविधिको ज्ञान र सिप आवश्यक हुने बताए । उनले मुलुकको जेठो प्रसारण संस्था रेडियो नेपालमा पनि रेडियो पत्रकारितालाई अब्बल बनाउन प्रविधिको उच्चतम प्रयोग थालिएको जानकारी दिए।

तालिमका क्रममा विषयगत विज्ञहरु नसना बज्राचार्य, अरुण कार्की, मात्रिका पौडेल, जनक नेपाल, विधान श्रेष्ठ, विमला तुम्खेवासहितले मोबाइल र डेटा पत्रकारिता, समाचारका विभिन्न आयामबारे प्रशिक्षण दिएका थिए ।


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको