एपीवन टेलिभिजनले रोक्यो दुर्गा प्रसाईंसँग भुषण दाहालले लिएको अन्तर्वार्ता

एपीवन टेलिभिजनले रोक्यो दुर्गा प्रसाईंसँग भुषण दाहालले लिएको अन्तर्वार्ता

  • मंसिर ६, २०८० बुधबार २३:१९

अन्नपूर्ण मिडिया ग्रुपद्वारा सञ्चालित एपीवन एचडी टेलिभिजनले पत्रकार भुषण दाहालको कार्यक्रम प्रसारणमा रोक लगाएको छ ।  

भुषण दाहालले एपीवन एचडी टेलिभिजनमार्फत 'ब्राबो डेल्टा सो' नामक टेलिभिजन अन्तर्वार्ता सञ्चालन गर्दै आएका थिए । कार्यक्रमको पछिल्लो श्रृङ्खलालाई व्यवस्थापनले प्रसारणमा रोक लगाएको हो । 

बुधबार पत्रकार दाहालले सामाजिक सञ्जाल एक्समार्फत व्यवस्थापन पक्षले कार्यक्रम हेर्दै नहेरी प्रसारणमा रोक लगाएको बताएका छन् । 

उनले भनेका छन्, “वाह ! लोकतन्त्र । ३५ वर्षको मेरो टेलिभिजन यात्रामा पहिलोपटक बनेर तयार कार्यक्रम हेर्दै नहेरी व्यवस्थापनको हवाला दिँदै प्रसारण नगरिने जानकारी एपीवनएचडीबाट प्राप्त भएकाले खेदपूर्ण रुपमा सम्पूर्ण दर्शकहरुलाई जानकारी गराउँदछु ।"

व्यवस्थापनले दुर्गा प्रसाईसँगको अन्तर्वार्ता प्रसारणमा रोक लगाएपछि उनले सोही अन्तर्वार्ता साझाकथा नामक युट्युब च्यानल मार्फत प्रसारण गर्ने उद्घोष गरेका छन् । 

मङ्सिर ७ गते बिहीबार दुर्गा प्रसाईले मानिसहरूलाई काठमाडौं उतार्दैछन् । प्रसाईको विरोधमा एमाले निकट युवा संगठनले पनि प्रदर्शनको घोषणा गरेको छ । 


Related Story

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध भएको हो ? प्रम सचिवालय र महासंघका भिन्न दाबी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको विषयमा नेपाल पत्रकार महासंघ र प्रधानमन्त्रीको सचिवालयबीच परस्पर विरोधी दाबी

सुरुमा विज्ञापनको लोभ, नमाने जरिवानाको त्रासः कोशी सरकारको मिडिया नियन्त्रण रणनीति

संविधानविपरीत प्रसारणमा रोक लगाउनेदेखि जरिवानाको अधिकारसम्मः कोशी प्रदेशको विवादास्पद आमसञ्चार विधेयक जसले पत्रकारहरूलाई सडकमा ल्यायो कोशी प्रदेश सरकारले ल्याएको कोशी प्रदेश

पहिचान मिडियालाई ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीको धम्की

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको संस्था ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीहरूले अमेरिकी सहयोग नियोग (युएसएआइडी) को ८ करोड रुपैयाँको पारदर्शिता माग्दा पहिचान

'एक दशकपछि पत्रकार हत्याको पुनरावृत्ति: नेपालमा प्रेस स्वतन्त्रता गम्भीर मोडमा'

नेपालमा एक दशकभन्दा बढी समयपछि रिपोर्टिङकै क्रममा पत्रकारको हत्याका घटना पुनः देखिन थालेपछि प्रेस स्वतन्त्रता गम्भीर मोडमा पुगेको सरोकारवालाहरूले औंल्याएका

नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि: एक वर्षमा २ पत्रकारको हत्या, २४ माथि दुर्व्यवहार

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि भएको

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२५: नेपाल १६ स्थान तल झर्दै ९० औं स्थानमा

प्रेस स्वतन्त्रताको अवस्था अनुगमन गर्ने अग्रणी संस्था, रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा हालै सार्वजनिक २०२५ को विश्व प्रेस स्वतन्त्रता सुचकांकले

मिडिया एक्सन नेपालको प्रतिवेदन: एक वर्षमा ३२ प्रेस स्वतन्त्रता उल्लंघन

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्वसन्ध्यामा मिडिया एक्सन नेपालले त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक

सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति

सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका 'केही प्रावधान' प्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति