सिएमआर जर्नलिज्म एकेडेमीको डेटा पत्रकारिता (Data Journalism) तालिममा आवेदन खुल्ला

सिएमआर जर्नलिज्म एकेडेमीको डेटा पत्रकारिता (Data Journalism) तालिममा आवेदन खुल्ला

  • माघ १९, २०८० शुक्रबार २३:४७

सिएमआर नेपाल जर्नलिज्म एकेडेमीले सन् २०२४ मा हुने Data Driven Journalism तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिज्म एकेडेमीले नेपाली पत्रकारहरूका लागि काठमाडौँ यो तालिम सञ्चालन गर्न लागेको हो।

तालिमका लागि छनौट भएका पत्रकारलाई तालिमको शुल्क, तालिम अवधिको खाना र काठमाडौँ उपत्यका बाहिरका पत्रकारलाई बसोबासका लागि फेलोसिप प्रदान गरिनेछ।

तालिमको पहिलो शत्र आउँदो चैत्र ४ देखि ९ गतेसम्म हुनेछ भने दोस्रो शत्र २०८१ वैशाख २३ देखि २८ गतेसम्म हुनेछ । बिचका ६ साता अनलाइन कार्य हुनेछ जसमा प्रशिक्षार्थीले हप्ताको ६ देखि ८ घण्टा दिनुपर्नेछ।

फागुन १७ गतेसम्ममा आवेदन दिन सकिने एकेडेमीले जनाएको छ । 

कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरूले यो तालिमका लागि आवेदन दिन सक्छन् । एकेडेमीका अनुसार यो तालिम आधारभूत तालिम हो र डेटा पत्रकारिताको अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन् ।

नेपाली भाषामा हुने तालिममा निम्न विषयहरू समावेश हुनेछन्ः

  • Data in journalism
  • Working with data: calculations and filtering
  • Data Visualization: graphs, charts and maps
  • Data sources and formats
  • Data scrapping and cleaning
  • Making sense of the huge data
  • Live tables, graphs and maps
  • Data-driven stories

छनौट भएका पत्रकारहरूका लागि यो तालिम निशुल्क हो । सहभागीको सम्पूर्ण खर्च (काठमाडौँ उपत्यकाका सहभागीको तालिम शुल्क र उपत्यका बाहिरका सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च) का लागि छनौट भएका पत्रकारलाई फेलोशीप प्रदान गरिने छ।

तालिम कस्तो हुन्छ?

data journalism.pngतालिम जर्नलिज्म एकेडेमीको ६+६+६ फर्म्याटमा सञ्चालन हुन्छ। यसको अर्थ ६ दिन बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ६ साता अनलाइनमा सञ्चालन हुन्छ र अन्तिममा फेरि ६ दिन बिहान ९ देखि ५ बजेसम्म तालिम सञ्चालन हुन्छ।

आवेदन दिन बायोडेटाको doc वा pdf तयार गरेर फाराम भर्न सकिन्छ । छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ ।

छनौट कसरी गरिन्छ?

तालिम सहजकर्ता, जर्नलिज्म एकेडेमीको प्रतिनिधि र इन्टरलिङ्क एकेडेमीको प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट १२ जनाको छनौट गर्छ । यसरी छनौट गर्दा सहभागितामूलक बनाउन प्रयास गरिन्छ ।

निशुल्क तालिममा एक मिडियाबाट एकभन्दा बढी सहभागी छनौट नगरिने आयोजकले जनाएको छ । थप प्रश्न भए [email protected] मा इमेल गर्न सकिन्छ । यहाँ क्लिक गरेर आवेदन दिन सकिन्छ । 


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको