खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालिमका लागि आवेदन मागेको छ । फिनल्याण्डको युनियन अफ जर्नलिष्ट/भिकेस फाउन्डेसनको सहयोगमा खोज पत्रकारिता केन्द्रले खोज पत्रकारिता तालिम आयोजना गर्न लागेको हो ।
खोपकेले सूचना जारी गर्दै जेठ १४ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । विषयगत दक्षता अभिवृद्धिमा केन्द्रित हुने यो तालिम २०८१ असार ५ देखि ७ (१९ देखि २१ जुन, २०२४) सम्म काठमाडौंमा हुनेछ । तालिममा कम्तिमा ८ जना महिला र बढीमा दुईजना पुरुष प्रशिक्षार्थीलाई सहभागी गराइने सूचनामा जनाइएको छ ।
तालिममा सहभागी हुन कम्तिमा तीन वर्ष पत्रकारिता गरेको र खोज पत्रकारिता सम्बन्धी आधारभुत तालिम लिएको वा कम्तिमा एउटा खोज स्टोरी प्रकाशित भएको हुनुपर्ने खोपकेले जनाएको छ ।
ईच्छुक पत्रकारले खोज पत्रकारिता केन्द्रको इमेलमार्फत् आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सुचना:-
