पत्रकारमाथि प्रहरीको दुर्व्यवहारः पहिला मोबाइल खोसे, त्यसपछि हातपात गरे

पत्रकारमाथि प्रहरीको दुर्व्यवहारः पहिला मोबाइल खोसे, त्यसपछि हातपात गरे

  • जेठ २५, २०८१ शुक्रबार ०१:४५

पाँच दिनअघि धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका २० मा एकजना स्थानीयबासी माथि खुकुरी प्रहार भयो । लेनदेन विवादका कारण खुकुरी प्रहार गर्दा घाइते भएको पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गर्न खोजे ।

तर प्रहरीले जाहेरी लिए । प्रहरीले जाहेरी नलिएपछि पीडित पक्ष बिहीबार प्रहरी कार्यालयअगाडि प्रदर्शनमा उत्रिएका थिए। त्यहीँ रिपोर्टिङ गर्न पुगेका थिए, नयाँ पत्रिका दैनिकका धनुषा सम्वाददाता हदिश खुद्दार ।

प्रदर्शन भइरहँदा खुद्दार मोबाइलबाट फोटो खिच्दै थिए । फोटो खिचिरहेका बेला उनको मोबाइल अचानक प्रहरीले खोस्यो । "म नाराबाजीको फोटो खिच्न खोज्दै थिएँ", खुद्दारले मिडिया कुराकानीसँग भने,"अचानक त्यहाँ सुरक्षामा खटिएका प्रहरीले मेरो फोन खोस्यो ।" 

रिपोर्टिङका क्रममा मोबाइल खोसिएपछि खुद्दारले प्रतिकार गरे । "मेरो मोबाइल किन थुतेको ? भनेर प्रहरीलाई प्रश्न गरेँ, " खुद्दारले सुनाए, "त्यसपछि इन्सपेक्टर राम विनय सिंहले मोबाइल फिर्ता दिए ।" 

फोन फिर्ता भएपछि खुद्दार पुन: रिपोर्टिङमा लागे । उनी पीडितहरूसँग कुराकानी गर्न थाले । उनी प्रदर्शनमा रहेका पीडितहरुसँग कुरा गर्दै थिए । प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले लाठी चार्ज गर्न थाले ।  "भुईँमा थचक्क बसेर पीडितसँग कुरा गर्दै थिएँ । प्रहरीले अचानक लाठी चार्ज गर्न थाल्यो, मसँगै कुरा गरिराख्नुभएका पीडितमाथि पनि लाठी प्रहार भयो र उहाँ त्यहाँबाट भाग्नुभयो " उनले भने, "त्यसपछि म त्यहाँबाट अलि पर पुगेर भिडियो कैद गर्न गर्दै थिएँ, प्रहरीले फेरि मेरो मोबाइल खोस्यो ।"

प्रहरीले भिडियो कैद गरिरहेका पत्रकार खुद्दारको मोबाइल मात्रै खोसेनन् । उनीमाथि हातपात पनि गरे । "भिडियो खिच्दै थिएँ, किन खिचेको भन्दै मोबाइल खोसे, त्यसपछि म माथि हातपात गर्न थाले । लछारपछार गरेर प्रहरी कार्यालयमा पुर्याए ।" प्रहरीले उनलाई लछारपछारसँगै थुनिदिने धम्की समेत दिएका थिए ।

"मेरो हातबाट इन्सपेक्टर नवराज खड्काको नेतृत्वमा फोन खोसे र उनि मलाई थुन्न पर्छ भन्दै बुरुक बुरुक भएका थिए ।", पत्रकार खुद्दरले भने ।

उहाँ पत्रकार हो भन्ने थाहाँ थिएन: प्रहरी

जिल्ला प्रहरी कार्यालय धनुषाले खुद्दार पत्रकार हुन् भन्ने थाहा नभएका कारण मोबाइल खोसेको भन्दै आफ्नो बचाउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन अवाले पत्रकार हो भन्ने थाहा नभएका कारणले खुद्दारको मोबाइल खोसेको बताए । "भिडभाड थियो, उहाँ पत्रकार हो भन्ने थाहा पाएनौँ, सिभिल होला भनेर मोबाइल खोसेको हो",डिएसपी आवले मिडिया कुराकानीसँग भने, "उहाँ पत्रकार हो भन्ने थाहा पाएपछि हामीले उहाँको मोबाइल फिर्ता दियौँ ।"

"उहाँलाई लछारपछार गरेर चौकी पुर्‍याएर थुन्ने धम्की दिनुभएको हो ?' मिडिया कुराकानीको प्रश्नमा डिएसपी आवले प्रतिप्रश्न गरे, "त्यो भिडभाडमा हामीले त्यस्तो गर्‍यौँ होला जस्तो लाग्छ ? मोबाइल कार्यालयमा ल्याएका हौँ, त्यो पनि पछि फिर्ता गर्‍यौँ, उहाँमाथि केही भएको छैन ।"

खुद्दार आफू पत्रकार रहेको जानकारी गराउँदा गराउँदै पनि प्रहरी निरीक्षक नवराज खड्काको निर्देशनमा प्रहरी जवान रूपेशकुमार यादवसहितले समातेर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको बताउँछन् । तर, पछि प्रहरी निरीक्षक रामविनय सिंहको निर्देशनपछि खुद्दार छुटे ।

घटनापछि पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्णसहितको टोलीले दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन् । जिल्ला प्रहरी कार्यालय पुगेका पत्रकारको टोलीले खुद्दारमाथि धरपकड गर्नेलाई कारबाहीको माग गरेका छन् ।

त्यस्तै मिडिया एक्सन नेपालले घटनाको भत्सर्ना गरेको छ । मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले विज्ञप्ति निकालेर दोषीमाथि कारबाही गर्न र माफी माग्न प्रशासनसँग माग गरेको छ ।

डिएसपी रन्जन अवाले तीन दिनभित्र घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।


Related Story

प्रधानमन्त्री कार्यालयमा पत्रकारलाई भिडियो खिच्न अवरोध भएको हो ? प्रम सचिवालय र महासंघका भिन्न दाबी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा सञ्चारकर्मीहरूलाई भिडियो खिच्न अवरोध गरिएको विषयमा नेपाल पत्रकार महासंघ र प्रधानमन्त्रीको सचिवालयबीच परस्पर विरोधी दाबी

सुरुमा विज्ञापनको लोभ, नमाने जरिवानाको त्रासः कोशी सरकारको मिडिया नियन्त्रण रणनीति

संविधानविपरीत प्रसारणमा रोक लगाउनेदेखि जरिवानाको अधिकारसम्मः कोशी प्रदेशको विवादास्पद आमसञ्चार विधेयक जसले पत्रकारहरूलाई सडकमा ल्यायो कोशी प्रदेश सरकारले ल्याएको कोशी प्रदेश

पहिचान मिडियालाई ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीको धम्की

यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको संस्था ब्लु डायमन्ड सोसाइटीका पदाधिकारीहरूले अमेरिकी सहयोग नियोग (युएसएआइडी) को ८ करोड रुपैयाँको पारदर्शिता माग्दा पहिचान

'एक दशकपछि पत्रकार हत्याको पुनरावृत्ति: नेपालमा प्रेस स्वतन्त्रता गम्भीर मोडमा'

नेपालमा एक दशकभन्दा बढी समयपछि रिपोर्टिङकै क्रममा पत्रकारको हत्याका घटना पुनः देखिन थालेपछि प्रेस स्वतन्त्रता गम्भीर मोडमा पुगेको सरोकारवालाहरूले औंल्याएका

नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि: एक वर्षमा २ पत्रकारको हत्या, २४ माथि दुर्व्यवहार

नेपाल पत्रकार महासंघले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले नेपालमा प्रेस स्वतन्त्रता उल्लंघनका घटनामा वृद्धि भएको

विश्व प्रेस स्वतन्त्रता सूचकांक २०२५: नेपाल १६ स्थान तल झर्दै ९० औं स्थानमा

प्रेस स्वतन्त्रताको अवस्था अनुगमन गर्ने अग्रणी संस्था, रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा हालै सार्वजनिक २०२५ को विश्व प्रेस स्वतन्त्रता सुचकांकले

मिडिया एक्सन नेपालको प्रतिवेदन: एक वर्षमा ३२ प्रेस स्वतन्त्रता उल्लंघन

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को पूर्वसन्ध्यामा मिडिया एक्सन नेपालले त्रासदेखि दण्डहीनतासम्म: नेपालमा मिडियामाथि बढ्दो खतरा शीर्षकको वार्षिक प्रतिवेदन सार्वजनिक

सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति

सरकारले संघीय संसद्मा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका 'केही प्रावधान' प्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति