नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले प्राकृतिक स्रोत व्यवस्थापन र हरित वृद्धि (मिडिया वर्कसप अन नेचुरल रिसोर्स म्यानेजमेन्ट एण्ड ग्रीन ग्रोथ) सम्बन्धी मिडिया कार्यशालाका लागि आवेदन खुल्ला गरेको छ । उक्त कार्यशाला असार २८ गते चितवनमा हुने समूहले जनाएको छ ।
युरोपियन युनियन र अर्थ जर्नलिज्म नेटवर्क को सहयोगमा सञ्चालित "मिडिया फर इन्क्लुसिभ ग्रिन ग्रोथ" परियोजना अन्तर्गत एकदिवसीय तालिम हुन लागेको हो ।
कसले आवेदन दिन सक्छन् ?
यो तालिमका लागि बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पत्रकारहरूले आवेदन दिन सक्नेछन् । लुम्बिनी प्रदेशका बाँके, बर्दिया, रुकुम पूर्व, रोल्पा र दाङ जिल्ला बाहेक जिल्लाका पत्रकारहरुले आवेदन दिन पाउने नेवापसले जनाएको छ ।
तालिममा महिला, अपाङ्गता तथा आदिवासी/सीमान्तकृत समुदायबाट आउने पत्रकारलाई प्राथमिकता दिइने जनाइएको छ ।
तालिमका विषय के हुन्छन् ?
तालिम मुख्यतया प्राकृतिक श्रोत व्यवस्थापन, हरित वृद्धि, र रिपोर्टिङमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण जस्ता मुद्दाहरूमा केन्द्रित रहने सूचनामा उल्लेख छ ।
तालिममा सहभागी हुनका लागि २५ जुन अर्थात् असार ११ गते (मंगलबार) सम्म फारम भर्नुपर्नेछ । आवेदन दिन यहाँ क्लिक गर्नुहोस् ।
