अष्ट्रेलियन एडको सहयोगमा नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (NIMJN)ले मानव अधिकार सम्बन्धी रिपोर्टिङ तालिमका लागि आह्वान गरेको छ । शुक्रबार (जेठ ३१) NIMJN ले सूचना जारी गर्दै मल्टिमिडिया प्रविधिको प्रयोग गरी कसरी मानव अधिकार सम्बन्धी रिपोर्टिङ गर्न सकिन्छ भन्नेबारे तालिमका लागि आह्वान गरेको हो ।
तालिमका विषय के-के हुन्?
यो तालिममा खोजमुलक रिपोर्टिङ्ग लागि चाहिने सीप, प्राविधिक ज्ञान र रिपोर्टिङ सम्बन्धी दक्षता अभिवृद्धिमा केन्द्रित रहने छ । जसमा खोज पत्रकारिताको परिचय, मानव बेचबिखन तथा मानवअधिकार सम्बन्धी रिपोर्टिङ्ग, मल्टिमिडिया स्टोरी टेलिङ्ग, रिपोर्टिङ्गका लागि उपयोगी अनलाइन टुल्स, आचारसंहिता, समाचार संकलनका क्रममा अपनाउने पर्ने सुरक्षा उपायलगायतका विषय समावेश हुनेछन् ।
कसले दिन सक्छन् आवेदन ?
यो तालिम बागमती जिल्लाका पत्रकारहरूको लागि मात्रै रहेको NIMJNद्वारा जारी सूचनामा भनिएको छ ।
कहिले हुन्छ तालिम ?
NIMJN का अनुसार तालिम साढे २ दिनको हुने छ । असार २४ देखि असार २६ गतेसम्म हुने छ ।
तालिम शुल्क कति लाग्छ ?
यो तालिम नि:शुल्क हो । तालिम आवासीय भएको हुँदा छनोट भएका सबै पत्रकारहरू तालिमका सबै सत्रमा सहभागी भएर आयोजकले व्यवस्था गरेको आवासमा बस्नु पर्ने NIMJN द्वारा जारी सूचनामा भनिएको छ ।
आवेनद दिने अन्तिम मिति ?
आवेदनको अन्तिम मिति असार १२ सम्म रहेको छ । फारम भर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।
थप प्रश्न भए [email protected] मा इमेल गर्नुहोस्।