प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्स्टिच्युटले ‘न्यु मिडिया र पत्रकार आचारसंहिता’ तालिम सञ्चालन गर्ने भएको छ ।
प्रेस काउन्सिल नेपाल र नेपाल प्रेस इन्स्टिच्युटको संयुक्त आयोजनामा असार २३ गतेदेखि असार २५ गतेसम्म तालिम सञ्चालन हुनेछ ।
प्रेस काउन्सिल नेपालले असार १४ गते सूचना जारी गर्दै तालिममा सहभागी हुन पत्रकारिता गरिरहेका वा गर्न इच्छुकहरूलाई असार २० गतेभित्र निवेदन बुझाउन भनेको छ ।
तालिम बिहान ७ बजेदेखि ११ बजेसम्म अनलाइन सञ्चालन हुनेछ । निःशुल्क सञ्चालन गरिने तालिममा सहभागी हुन चाहने व्यक्तिले आफ्नो डिजिटल पेजसहित निवेदन [email protected] मा पठाउनपर्नेछ ।