पत्रकारका लागि डिजिटल सुरक्षा तालिम #Journalism #Training #Digital #Security

पत्रकारका लागि डिजिटल सुरक्षा तालिम #Journalism #Training #Digital #Security

  • श्रावण ९, २०८१ बुधबार २२:४९

सिएमआर नेपाल जर्नलिज्म एकेडेमीले सन् २०२४ मा हुने पत्रकारका लागि डिजिटल सुरक्षा (Digital Security for Journalists) तालिमका लागि आवेदन खुल्ला गरेको छ ।

जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिज्म एकेडेमीलेले नेपाली पत्रकारहरूका लागि काठमाडौँमा यो तालिम सञ्चालन गर्न लागेको हो ।

तालिमका लागि छनोट भएका पत्रकारलाई तालिमको शुल्कका लागि इन्टरलिङ्क एकेडेमीले फेलोशीप प्रदान गर्नेछ।

महत्त्वपूर्ण मितिहरू

तालिम:

ׂ╰┈➤ सन् २०२४ अगस्ट ११ देखि १६ तारिख (विसं २०८१ साउन २७ देखि ३२ गते) काठमाण्डौँमा बिहान ९ देखि ५ बजे ।

ׂ╰┈➤ काठमाडौँमा ६ दिनको तालिम पछिका ७ हप्ता साता अनलाइन कार्य हुनेछ जसमा प्रशिक्षार्थीले हप्ताको ६ देखि ८ घण्टा समय दिनुपर्नेछ।

आवेदन दिने अन्तिम दिन: अगस्ट ३ तारिख (साउन १९ गते)

आवेदन यहाँ दिन सकिन्छ तर आवेदन दिनुअघि तलको जानकारीहरू राम्ररी पढ्नुहोस्।

कसले आवेदन दिन सक्छन्?

कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरूले तालिमका लागि आवेदन दिन सक्छन्।

यो तालिम आधारभूत तालिम हो र यसअघि डिजिटल सुरक्षाबारे अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन्।

तालिमका विषय के-के हुन्?

तालिमका डिजिटल सुरक्षा के हो, यो किन आवश्यक छ भन्ने बारेका साथै डिजिटल सुरक्षाका लागि आवश्यक पर्ने सिपहरूमा केन्द्रित हुनेछ। निम्न विषयहरू समेटिने छन्: जोखिम मूल्याङ्कन, कम्प्युटर, मोबाइललगायका उपकरणको सुरक्षा, इन्टरनेट सुरक्षा, गोपनीयता, इमेल र सञ्चार सुरक्षा, पासवर्ड, सोसल मिडिया, डेटा सुरक्षा र अन्य।

तालिम शुल्क कति लाग्छ?

यो तालिम छनौट भएका पत्रकारका लागि निशुल्क हो।

तालिमका छनौट भएका सहभागीको सम्पूर्ण खर्च (काठमाण्डौं उपत्यकाका सहभागीको तालिम शुल्क र उपत्यका बाहिरका सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च) एकेडेमीले बेहोर्ने छ।

तलिम कस्तो हुन्छ?
तालिम जर्नलिजम एकेडेमीको ६+७ फर्म्याटमा सञ्चालन हुन्छ। यसको अर्थ ६ दिन बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ७ साता अनलाइनमा सञ्चालन हुन्छ। सबै दिन तालिमका सहभागी हुने र अनलाइन कार्य पूरा गर्ने सहभागीहरूलाई मात्रै तालिमको प्रमाणपत्र प्रदान गरिनेछ।

आवेदन दिन के-के चाहिन्छ?
तपाईँको बायोडेटाको doc वा pdf तयार गरेर यहाँ फाराम भर्न सकिन्छ

छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ।

छनौट कसरी गरिन्छ?

तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीको प्रतिनिधि र इन्टरलिङ्क एकेडेमीको प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट १२ जनाको छनौट गर्छ। यसरी छनौट गर्दा समतामूलक समावेशी बनाउन प्रयास गरिन्छ।

निशुल्क तालिममा एक मिडियाबाट एकभन्दा बढि सहभागी छनौट गरिनेछैन।

थप प्रश्न भए [email protected] मा इमेल गर्न सक्नुहुने छ । आवेदन दिन तयार भए यहाँ थिच्नुहोस्।


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको