रेडियो प्राविधिक, विज्ञापन, मल्टिमिडिया र डिजिटल सहितका तालिममा अवसर

रेडियो प्राविधिक, विज्ञापन, मल्टिमिडिया र डिजिटल सहितका तालिममा अवसर

  • श्रावण १९, २०८१ शनिबार २०:२५

बागमती प्रदेश सरकार अन्तर्गतको सञ्चार रजिष्ट्रारको कार्यालयले विभिन्न तालिमका लागि निवेदन माग गरेको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको सञ्चार रजिष्ट्रारको कार्यालयले चालु आर्थिक वर्षका लागि निःशुल्क तालिमहरू सञ्चालन गर्न लागेको जनाएको छ ।

एफ एम रेडियो, टेलिभिजन र अनलाइनमा कार्यरत पत्रकार, मिडिया सञ्चालक/ व्यवस्थापक, रेडियो प्राविधिक र पत्रकार महिलाहरू यी तालिमहरूमा सहभागी हुन सक्छन् ।

तालिम हुने विषयहरू

सञ्चार रजिष्ट्रारको कार्यालयले विभिन्न ५ वटा विषयमा तालिम दिन लागेको हो ।

  • डिजिटल पत्रकारिता तालिम
  • श्रव्यदृष्य कार्यशाला
  • समाचार लेखन तथा सम्पादन कार्यशाला
  • रेडियो प्राविधिक तालिम 
  • मिडिया सञ्चालनका लागि विज्ञापन कला सम्बन्धी तालिम 

आवेदन कसरी दिने ?

सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तालिमका लागि निवेदन दिनुपर्ने छ । २०८१ साउन १५ गते सूचना प्रकाशित भएको हो । निवेदन दिनका लागि सञ्चार रजिष्ट्रार कार्यालयले वेबसाइटमा एउटा ढाँचा पनि राखेको छ । 

आवेदन कहाँ दिने ?

सञ्चार रजिष्ट्रारको कार्यालयको इमेलमा आवेदन दिन सकिन्छ । हेटौडा तथा ललितपुरको जावलाखेलमा रहेको कार्यालयमै पुगेर पनि आवेदन दिन सकिन्छ । 

कसले दिने आवेदन ?

सम्बन्धित विषयमा कार्यरत पत्रकारहरू तथा इच्छुक मिडियाकर्मीले आवेदन दिन सक्नेछन् । 

डाटा ड्रिभन पत्रकारिता तालिमका लागि अनलाइन पत्रकारिता तालिम लिएका र अनलाइन पत्रकारितामा क्रियाशील पत्रकारलाई प्राथमिकता दिइने सूचनामा जनाइएको छ । यस्तै अनलाइन पत्रकारिता तालिमका लागि बागमती प्रदेशमा दर्ता भएका अनलाइन सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई प्राथमिकता दिइनेछ ।

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि बागमती प्रदेशमा दर्ता भएका टेलिभिजन र अनलाइन सञ्चार माध्यममा क्रियाशील पत्रकारलाई प्राथमिकता दिइनेछ ।

समाचार लेखन तथा सम्पादन कार्यशालामा पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यममा क्रियाशील पत्रकार महिलालाई विशेष प्राथमिक्ता दिइने छ।

विज्ञापन कला तालिमका लागि बागमती प्रदेशमा दर्ता भएका अनलाइन, रेडियो तथा टेलिभिजन सञ्चालकलाई प्राथमिकता दिइनेछ ।

मोबाइल पत्रकारिता बाहेक अन्य तालिममा सहभागी हुन चाहनेले ल्यापटप अनिवार्य रुपमा ल्याउनु पर्नेछ । तालिम एक सातासम्म सञ्चालन हुनेछ । 

विस्तृत जानकारीका लागि सञ्चार रजिष्ट्रार कार्यालयको सूचना पढ्नुहोस् ।

एफ एम रेडियो, टेलिभिजन र अनलाइनमा कार्यरत पत्रकार, मिडिया सञ्चालक_व्यवस्थापक, रेडियो प्राबिधिक र पत्रकार महिलाका लागि तालिमको अवसर.jpeg


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको