मिडिया एक्सन नेपालले कर्णाली प्रदेशका पत्रकारहरूका लागि द्वन्द्व-संवेदनशील पत्रकारिता सम्बन्धी प्रशिक्षण कार्यशाला आयोजना गर्ने भएको छ। आवासीय कार्यशाला प्रशिक्षण २०८१ भदौ २३ देखि ३२ सम्म कर्णाली प्रदेशका सुर्खेत, पश्चिम रुकुम र जुम्ला जिल्लामा आयोजना हुनेछ ।
यो कार्यशाला GIZ-CPS को सहयोगमा संचालित "Strengthening the Role of Journalists, Youth and CSOs in Peace-building" परियोजना अन्तर्गत हुन लागेको हो ।
तालिममार्फत् पत्रकारहरूलाई द्वन्द्व संवेदनशील मिडिया सामग्री तयार पार्न आवश्यक पर्ने सीप र प्रविधि, पूर्वाग्रहहीन रिपोर्टिङका रणनीति, दुस्प्रचार र घृणायुक्त अभिव्यक्तिको रोकथाम, समावेशी र संवेदनशील समाचार कक्ष, मिडिया स्व-नियमन तथा तथ्यजाँच लगायतका विषयमा सचेतना जगाउने लक्ष्य राखेको मिडिया एक्सन नेपालले जनाएको छ ।
कर्णाली प्रदेशका जिल्लामा कार्यरत पत्रकारहरूले कार्यशालामा सहभागी हुन आवेदन दिन सक्नेछन्।
कसले, कसरी दिने आवेदन ?
कर्णाली दुई वर्षदेखि कर्णाली प्रदेशको जुनसुकै जिल्लामा कार्यरत पत्रकारहरू (रेडियो, टेलिभिजन, अखबार, अनलाइनमा आवद्ध वा स्वतन्त्र पत्रकार) ले आवेदन दिन सक्नेछन् ।
कार्यशाला प्रशिक्षणमा अवसरबाट बञ्चित, द्वन्द्व संवेदनशील मिडिया सामग्री तयार पार्न उत्सुक र पत्रकार महिलाहरूलाई विशेष प्राथमिकता दिइने आयोजनकले जनाएको छ ।
कार्यशाला प्रशिक्षणमा सहभागी हुन चाहने इच्छुक पत्रकारहरूले हालसालै तयार पारिएको कम्तिमा १ (एक) ओटा समाचार/मिडिया सामग्री संलग्न गरी सम्पर्क ठेगाना (नाम, उमेर, संचारमाध्यम, मोबाइल नम्बर र इमेलसहित) [email protected] वा [email protected] मा आवेदन पठाउन सक्नेछन् ।
हेर्नुस् सूचना
