सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२४ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ।
जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीलेले नेपाली पत्रकारहरूका लागि काठमाण्डौंमा यो तालिम सञ्चालन गर्न लागेको हो।
तालिमका लागि छनौट भएका पत्रकारलाई तालिमको शुल्कका लागि इन्टरलिङ्क एकेडेमी र अन्तर्राष्ट्रिय तथ्यजाँच सञ्जाल (IFCN) को सहयोगमा फेलोशीप प्रदान गरिने छ।
महत्त्वपूर्ण मितिहरू
तालिम:
सन् २०२४ सेप्टेम्बर ८ देखि १३ तारिख (विसं २०८१ भदौ २३ देखि २८ गते) काठमाण्डौँमा बिहान ९ देखि ५ बजे
सन् २०२४ अक्टोबर २० देखि २५ तारिख (विसं २०८१ कार्तिक ४ देखि ९ गते) काठमाण्डौँमा बिहान ९ देखि ५ बजे
काठमाण्डौँमा ६ दिनको तालिम पछिका ६ हप्ता साता अनलाइन कार्य हुनेछ जसमा प्रशिक्षार्थीले हप्ताको ६ देखि ८ घण्टा समय दिनुपर्नेछ।
आवेदन दिने अन्तिम दिन: अगस्ट २८ तारिख (भदौ १२ गते)
आवेदन यहाँ दिन सकिन्छ तर आवेदन दिनुअघि तलको जानकारीहरू राम्ररी पढ्नुहोस्।
कसले आवेदन दिन सक्छन्?
कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरू वा तथ्यजाँचकी बन्न चाहने व्यक्तिले तालिमका लागि आवेदन दिन सक्छन्।
यो तालिम आधारभूत तालिम हो र यसअघि तथ्यजाँचबारे अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन्।
तालिमका विषय के-के हुन्?
फ्याक्ट-चेकिङ्ग के हो? स्रोतहरूको पहिचान, प्रामाणिकता र विश्वसनीयताको मूल्याङ्कन, फ्याक्ट-चेकिङ्ग प्रक्रियाहरू, तथ्यहरूको अनुसन्धान गर्ने विधिहरू, फोटो र भिडियोको फ्याक्ट-चेकिङ्ग, भ्रामक तस्वीरहरू र भिडियोहरूको पहिचान, डिजिटल फोरेंसिक उपकरणहरूको प्रयोग, भ्रामक सूचनाहरूको पहिचान र समाधान, स्रोतहरूको भेरिफिकेशनका लागि विधिहरू, IFCN को तथ्यजाँच आचारसंहिता र तथ्यजाँच लेखन ढाँचा।
तालिम शुल्क कति लाग्छ?
यो तालिम छनौट भएका पत्रकारका लागि निशुल्क हो।

तालिमका छनौट भएका सहभागीको सम्पूर्ण खर्च (काठमाण्डौं उपत्यकाका सहभागीको तालिम शुल्क र उपत्यका बाहिरका सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च) एकेडेमीले बेहोर्ने छ।
तलिम कस्तो हुन्छ?
तालिम जर्नलिजम एकेडेमीको ६+६+६ फर्म्याटमा सञ्चालन हुन्छ। यसको अर्थ ६ दिन बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ६ साता अनलाइनमा सञ्चालन हुन्छ। त्यसपछि ६ दिन एकेडेमीको कक्षाकोठामा बिहान ९ बजेदेखि ५ बजेसम्म कक्षा सञ्चालन हुनुपर्छ।
सबै दिन तालिमका सहभागी हुने र अनलाइन कार्य पूरा गर्ने सहभागीहरूलाई मात्रै तालिमको प्रमाणपत्र प्रदान गरिनेछ।
आवेदन दिन के-के चाहिन्छ?
तपाईँको बायोडेटाको doc वा pdf तयार गरेर यहाँ फाराम भर्न सकिन्छ।
छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ।
छनौट कसरी गरिन्छ?
तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीको प्रतिनिधि र इन्टरलिङ्क एकेडेमीको प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट १२ जनाको छनौट गर्छ। यसरी छनौट गर्दा समतामूलक समावेशी बनाउन प्रयास गरिन्छ।
निशुल्क तालिममा एक मिडियाबाट एकभन्दा बढि सहभागी छनौट गरिनेछैन।
थप प्रश्न भए [email protected] मा इमेल गर्नुहोस्।
आवेदन दिन तयार भए यहाँ थिच्नुहोस्।