मिथ्या सूचनासँग जुध्ने उपाय खोज्दै हुनुहुन्छ ? यो बुटक्याम्प तपाईँका लागि हो

मिथ्या सूचनासँग जुध्ने उपाय खोज्दै हुनुहुन्छ ? यो बुटक्याम्प तपाईँका लागि हो

Photo by Jorge Franganillo on Unsplash
  • आश्विन २४, २०८१ बिहीबार २०:३३

युथ इननोभेसन ल्याबले भ्रामक/गलत सूचनाको प्रामाणिकता खोजी सम्बन्धमा चार दिने बुटक्याम्प आयोजना गर्दैछ । 

भ्रामक/गलत सूचनाको प्रवाहलाई सामना गर्ने प्रयासमा पत्रकार, स्वतन्त्र रुपमा सामग्री श्रृजना गरिरहेका व्यक्ति, मिडिया उत्साही र नेपालभरका अडियो, भिजुअल, टेक्स्ट वा कुनै पनि माध्यमबाट डिजिटल सामग्री प्रयोग गर्ने विद्यार्थी सहभागी हुन सक्ने आयोजकले जनाएको छ । 

ल्याबले अष्ट्रेलियन सरकारको Direct Aid Program (DAP) को सहयोगमा सञ्चालित "SACHI: Seeking Authenticity by Challenging Mis/Dis Information" परियोजना अन्तर्गत यो बुटक्याम्प आयोजना गरेको हो ।

बुटक्याम्पको वेबसाइटमा नेपालमा बढ्दो गलत सूचना र भ्रामक जानकारीको चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख छ ।

चार दिने आवासीय बुटक्याम्पमा सातै प्रदेशका सहभागीहरूलाई समावेश गरिने आयोजकले जनाएको छ । छनोट भएका १० जना सहभागीलाई विस्तारित मेन्टरशिप कार्यक्रम पनि आयोजकले उपलब्ध गराउने छ । आयोजकले सहभागीहरूका लागि खाना, बास र स्थानीय यातायात लगायतका सम्पूर्ण खर्च निःशुल्क उपलब्ध गराउनेछ । 

बुटक्याम्पको मुख्य उद्देश्य नेपालको विकसित मिडिया परिदृश्यमा गलत सूचना र भ्रामक जानकारीले उत्पन्न गरेका समस्याहरूलाई सम्बोधन गर्नु रहेको जनाइएको छ । कार्यक्रममा विशेष गरी सीमान्तकृत र अल्पसंख्यक समुदायहरूलाई लक्षित गरिएको जनाइएको छ । 

यो कार्यक्रममा १८ वर्ष वा सोभन्दा माथिको नेपाली नागरिक सहभागी हुन सक्छन् । पत्रकार, स्वतन्त्र सामग्री निर्माता (कन्टेन्ट क्रियटर), मिडियामा रुचीराख्ने व्यक्ति वा डिजिटल सामग्री प्रयोग गर्ने विद्यार्थीहरू सहभागी हुन सक्छन् । 
यसबाहेक यो कार्यक्रममा सहभागी हुनका लागि मिडिया, सञ्चार, र डिजिटल प्लेटफर्महरूको राम्रो ज्ञान भएको हुनुपर्छ । साथै, नेपाली वा अंग्रेजी भाषामा उत्कृष्ट संवाद क्षमता चाहिन्छ। 

इच्छुक उम्मेदवारहरूले २७ अक्टोबर २०२४ (११ कार्तिक २०८१) बुधबार रातको ११:५९ बजेसम्म अनलाइन आवेदन फारम भर्न सक्नेछन् । छनोट समितिले सबै आवेदनहरूको अध्ययन गरी अन्तिम ३० सहभागी छनोट गर्नेछ। 


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको