बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत सञ्चार रजिष्टारको कार्यालयले मौलिक चलचित्र निर्माणमा इच्छुक व्यक्तिहरू तथा संस्थाहरूलाई सुनौलो अवसर प्रदान गरेको छ । यो अवसर चलचित्र निर्माण र यसमा सहकार्य गर्न चाहने व्यक्ति वा संस्थारहरुको लागि हो ।
सञ्चार रजिष्टारको कार्यालयले २०८१ सालको मौलिक चलचित्र क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने व्यक्तिहरूका लागि सूचना सार्वजनिक गरेको हो । इच्छुकहरूलाई आवेदन दिनको लागि १५ दिनभित्र आवश्यक दस्तावेजका साथमा निवेदन पेश गर्न भनिएको छ ।
सञ्झार रजिष्टारको कार्यालयले निम्न कुराहरूलाई प्राथमिकतामा राखेर आवेदन माग गरेको छ:
१. बागमती प्रदेशमा आधारित भएर चलचित्र निर्माण गर्न सक्ने, र यसका विषयवस्तुहरू नेपाली भाषा, संस्कृति तथा समाजसँग सम्बन्धित हुनुपर्ने ।
२. इच्छुकहरूले चलचित्र निर्माण सम्बन्धी योजना पेश गर्नुपर्ने।
३. बागमती प्रदेशमा चलचित्र निर्माण गर्न अनुभवी तथा नयाँ दुवै व्यक्तिहरूले यो अवसरको लाभ उठाउन सक्ने।
४. चलचित्र निर्माणको लागि आवश्यक ज्ञान र सीप भएका तथा सम्बन्धित संस्थाहरूले निवेदन पेश गर्नुपर्ने।
निवेदन दिने अन्तिम मिति सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र रहेको सुचनामा उल्लेख छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।
हेर्नुहोस्, सञ्चार रजिष्टारको कार्यालयद्वारा जारी सुचना:-
