सिएमआर नेपाल जर्नलिज्म एकेडेमीले सन् २०२५ मा हुने Data Driven Journalism तालिमका लागि आवेदन खुला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापना गरिएको जर्नलिज्म एकेडेमीले नेपाली पत्रकारहरूका लागि काठमाडौंमा यो तालिम सञ्चालन गर्न लागेको हो ।
छनोट भएका पत्रकारहरूलाई तालिम शुल्क, तालिम अवधिको खाना र काठमाडौं उपत्यकाबाहिरका पत्रकारहरूको बसोबास खर्चसमेत समेट्ने गरी फेलोशिप प्रदान गरिनेछ ।
तालिम शुल्क ९९ हजार रुपैयाँ तोकिए पनि छानिएका सहभागीहरूलाई छात्रवृत्ति प्रदान गरिने एकेडेमीले जनाएको छ ।

कहिले हो तालिम ?
तालिमका महत्त्वपूर्ण मितिहरू निम्न प्रकार छन्:
- २०२५ जनवरी १५ देखि २० गते (विसं २०८१ माघ २–७ गते)
- २०२५ मार्च २ देखि ७ गते (विसं २०८१ फागुन १८–२३ गते)
- बीचका ६ साता अनलाइन कार्य: प्रशिक्षार्थीहरूले हप्ताको ६–८ घण्टा समय दिनुपर्नेछ।
- समय: बिहान ९ देखि ५ बजेसम्म
कसले आवेदन दिन पाउँछन् ?
यो तालिममा कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरूले आवेदन दिन सक्नेछन् । डेटा पत्रकारितामा अनुभव नभएकाहरूले पनि यस तालिममा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
कहिले सम्म दिन पाइन्छ आवेदन ?
आवेदन दिने अन्तिम मिति जनवरी ५ २०२५ अर्थात पुस २१ गते रहेको छ । पुस २१ गते भन्दा पछि आएको आवेदन मान्ने हुने छैन ।
तालिममा के के सिकाइन्छ ?
तालिम नेपाली भाषामा सञ्चालन हुनेछ र निम्न विषय समेटिनेछन्:
- Data in Journalism
- Data Visualization: ग्राफ, चार्ट, र नक्सा
- Data Sources and Formats
- Data Scrapping र Cleaning
- AI को उपयोग गरेर डेटा पत्रकारिता
- Data-Driven Stories
आवेदकहरु कसरी छनोट गरिन्छ ?
प्राप्त आवेदनहरूलाई तालिम सहजकर्ता, जर्नलिजम एकेडेमी, र इन्टरलिङ्क एकेडेमीका प्रतिनिधिहरूको समितिले मूल्याङ्कन गर्नेछ। छनोट प्रक्रियामा सहभागीमूलक र समावेशी हुने प्रयास गरिनेछ ।
आवेदन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् । थप जिज्ञासा भए [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।