लुम्बिनी प्रदेशका पत्रकारका लागि तालिमको अवसर

लुम्बिनी प्रदेशका पत्रकारका लागि तालिमको अवसर

Photo by Kaleidico on Unsplash
  • पौष १६, २०८१ मंगलबार २२:३६

खोज पत्रकारिता केन्द्र (खोपके), नेपालले द एसिया फाउन्डेशनको सहयोगमा लुम्बिनी प्रदेशमा गर्न लागेको तालिमका लागि आवेदन आह्वान गरेको छ । तालिम लुम्बिनी प्रदेशको बुटवलमा आगामी माघ ४ देखि ७ (जनवरी १७-२०, २०२४) सम्म सञ्चालन हुने जनाइएको छ ।

तालिममा सहभागी हुन इच्छुक पत्रकारहरू कम्तीमा चार वर्षदेखि पत्रकारिता गरिरहेको हुनुपर्ने खोपकेले जनाएको छ ।

यसबाहेक तालिममा सहभागी हुनका लागि रिपोर्टिङ र लेखनमा दखल भएको तथा लुम्बिनी प्रदेशमा कार्यरत हुनुपर्ने सूचनामा उल्लेख छ ।

इच्छुक उम्मेदवारहरूले आफ्नो व्यक्तिगत विवरण र आफूले गरेको कुनै स्टोरीको लिंक वा फाइल पठाउनु पर्नेछ ।

आवेदन पठाउने अन्तिम मिति पुस २२, २०८१ (जनवरी ६, २०२४) तोकिएको छ। आवेदन [email protected] मा पठाउन सकिनेछ ।

पढ्नुस् खोपकेको सूचनाः

CIJ Training for Lumbini.jpg


Related Story

ग्रिन मिडिया फेलोसिप २०२६ः निःशुल्क डकुमेन्ट्री निर्माण सिक्ने अवसर

के तपाईं १८ देखि २५ वर्षको युवा हुनुहुन्छ र क्यामेराको माध्यमबाट समाज र वातावरणका कथा भन्न चाहनुहुन्छ ? यदि हो

मल्टिमिडिया पत्रकारिता तालिममा निःशुल्क फेलोशिपको अवसर

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२६, २०२७ र २०२८ मा सञ्चालन हुने मल्टिमिडिया पत्रकारिता (Multimedia Journalism) तालिमका लागि देशभरका पत्रकारबाट

जलवायु संकट रिपोर्टिङमा तालिमको अवसर

तालीमको अवसर खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले फिनल्याण्डको प्रतिष्ठान अफ जर्नलिष्ट / भिक्स फाउण्डेशनको सहयोगमा खोज पत्रकारिता तालीम आयोजना गर्दैछ ।

तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन आह्वान

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने तथ्यजाँच (Fact-Checking) तालिमका लागि आवेदन खुल्ला गरेको छ। जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित

पड्कास्टिङमा रुचि छ ? यो अवसर तपाईँका लागि हो

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा नेपाली भाषामा हुने पड्कास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ । जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको

डेटा पत्रकारिता (Data Journalism) तालिमका लागि आवेदन खुला

प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश र सिएमआर नेपाल जर्नलिजम एकेडेमीको आयोजनामा तथ्याङ्क आधारित पत्रकारिता (data driven journalism) तालिमका लागि आवेदन

खोज पत्रकारितामा रुची छ ? यो अवसर तपाईका लागि हो

खोज पत्रकारिता केन्द्र (खोपके) नेपालले खोज पत्रकारिता तालीम आयोजना गर्न लागेको छ । फिनल्याण्डको युनियन अफ जर्नालिस्ट्स/भिकेस फाउण्डेशनको सहयोगमा सञ्चालन

मोबाइल पत्रकारिता (मोजो) तालिमका लागि आवेदन खुल्ला

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२५ मा हुने मल्टिमिडिया सामग्री उत्पादनका लागि मोबाइल पत्रकारिता तालिमको आवेदन खुल्ला गरेको छ । जर्मनीको