दिवस खनियाँ-
आज मे ३, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सबै नेपाली पत्रकारहरूमा शुभकामना दिन चाहन्छु । सुरुमा नै राज्यको चौथो अङ्गको रूपमा यसभित्र रहेका रहेका असल पत्रकारहरूसँग माफी माग्दै म पत्रकारिता पेसाभित्र देखिएका व्यवहारिक विकृतिहरूलाई उजागर गर्ने प्रयास गर्नेछु।
जहाँसम्म मैले बुझेको पत्रकारिता भनेको घटनाहरूको अनुसन्धान, विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण हो । जसमा कहाँ, के, कहिले, कसरी, किन, कसको लागि र परिणाम जस्ता कुराहरूलाई समेटेर घटना विवरण तयार पार्ने गरिन्छ। यो जानकारीमूलक, शिक्षामूलक, चेतनामूलक, निश्चित समूहप्रति लक्षित, समयसापेक्ष र समाचार संरचना तथा अङ्गले भरिपूर्ण एवं अर्थपूर्ण हुनु पर्दछ। मेरो बुझाइमा यसका लागि विशेष सिप, क्षमता र दक्षता भएका व्यक्तिहरूको जरुरत पर्दछ र तिनै व्यक्तिहरू पत्रकार हुन् । पढ्नुस् दिवस खनियाँको लेख साझापोस्टमा ।