१६  पत्रकारलाई सरकारको सम्मान तथा पुरस्कार

१६  पत्रकारलाई सरकारको सम्मान तथा पुरस्कार

'छैटौँ राष्ट्रिय पत्रकारिता दिवस २०७८' का अवसरमा पत्रकारिता पुरस्कारको घोषणा कार्यक्रम । फोटोः: चन्द्रकला क्षेत्री/रासस
  • बैशाख २४, २०७८ शुक्रबार २१:०१

सरकारले १६  पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । छैटौँ राष्ट्रिय पत्रकारिता दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले ‘वरिष्ठ पत्रकार सम्मान–२०७६’  अग्निशिखा, मरणोपरान्त (काठमाडौँ) र हर्ष सुब्बा(सुनसरी) लाई प्रदान गरिने घोषणा गरे ।

२०७७ सालको सोही पुरस्कार रघु मैनाली (काठमाडौं) र शार्दूल भट्टराई (काठमाडौं) लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही दुई लाख रुपैयाँ छ ।

‘राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ उजिर मगर, (बाग्लुङ), मात्रिका पौडेल (रामेछाप), सङ्गीता खड्का (काठमाडौं), शेषराज दाहाल (सिन्धुली), हेमकान्तबहादुर बिक (बाँके) र शीतल शाह (धनुषा) लाई प्रदान गरिने भएको छ ।  

विसं २०७७ को सोही पुरस्कार दिलीप थापा मगर (भक्तपुर), दीपेश न्यौपाने (मोरङ) दुर्गाप्रसाद शर्मा (पर्वत), शुरोजङ्ग पाण्डे (दोलखा), नितु पण्डित (नुवाकोट) र पुनम पौडेल (ललितपुर) लाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ छ ।

पुरकारहरू उपयुक्त समयमा प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

सो अवसरमा सञ्चारमन्त्री पार्वत गुरुङले कोरोनाबारे भ्रम र आतङ्क  फैलाउनेभन्दा पनि जनतामा आशा जगाउने गरी सकारात्मक सन्देश र  समाचार सामग्री सम्प्रेषण गर्न आमसञ्चारमाध्यम र सोसल मिडिया प्रयोगकर्तालाई आह्वान गरे । मन्त्री गुरुङले भने, “पत्रकारले जस्तो लेखे पनि हुन्छ भन्ने हुँदैन, उसले निश्चित दायरा, मापदण्ड र आचारसंहिताभित्र रहेर लेख्नुपर्ने हुन्छ, सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि आग्रह गर्दछु, जनतालाई आतङ्कित हुने गरी सामग्री पोष्ट नगर्नुहोस् ।”

सञ्चारमाध्यमले कोरोनाबारे सकारात्मक सन्देश दिने खालका भन्दा पनि भ्रम सिर्जना गर्ने गरी क्षणिक बिक्री हुने समाचार सामग्री सम्प्रेषण गरेको उनको भनाइ थियो । उनले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना, पत्रकारको प्रेस पास व्यवस्थापन र पत्रकार कल्याणकारी कोषलगायत विषयलाई आगामी नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गरिने प्रतिबद्धता व्यक्त गरे। 

सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले पत्रकारिता क्षेत्रलाई संस्थागत गर्दै जीवन्त पेशाका रुपमा अगाडि बढाउनुपर्ने बताउँदै कोरोनाका समयमा मिडियाले सकारात्मक सन्देश सम्प्रेषण गर्ने अपेक्षा गरे ।

मन्त्रालयले ‘अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कौँ’, ‘बेलाबेलामा साबुनपानीले हात धोऔँ’, ‘सेनिटाइजरले हात सफा गरौँ’, हात नमिलाऔँ बरु टाढैबाट नमस्कार गरौँ’ र ‘कोरोना संक्रमणको शंका लागे तुरुन्त परीक्षण गरौँ’ जस्ता सन्देश सम्प्रेषण गर्न मिडियालाई आह्वान गरेको छ ।

मन्त्रालयले कोरोनाबारे जनचेतनामूलक समाचार र कार्यक्रमबारे योजना बनाउन सम्बन्धित संघसंस्थाका सहभागितामा सचिवालय पनि गठन गरेको छ ।

नेपालमा गोरखापत्र प्रकाशनको पहिलो दिन वैशाख २४ गतेलाई राष्ट्रिय पत्रकारिता दिवसका रुपमा मनाउने गरिएको छ । विसं १९५८ देखि साप्ताहिक रूपमा गोरखापत्र प्रकाशन शुरु भएको थियो ।

गोरखापत्रको १२१ औँ वार्षिकोत्सव तथा छौौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा मन्त्री गुरुङले सम्पूर्ण सञ्चारकर्मीमा शुभकामना व्यक्त गरेका छन् ।

सरकारले ६ वर्षअघि राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो ।  हरेक वर्ष विविध कार्यक्रमका साथ  दिवस मनाइँदै आए पनि यस वर्ष कोरोना भाइरसका कारण  मनाउन नसकिएको मन्त्रालयले जनाएको छ । रासस


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल