'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

  • माघ २७, २०८१ आइतबार ०५:०६

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो


राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन मस्कलाई राष्ट्रपतिको कुर्सीमा बसेको देखाइएको छ ।

यो चर्चित पत्रिकाको यो अंक यस्तो बेलामा आएको छ जतिबेला ट्रम्पले मस्क र उनको टोलीलाई सरकारी कर्मचारीहरूको संख्या घटाउने ठूलो अधिकार दिएका छन् । भलै केही दिनयता कानुनी झमेलाले मस्कको काम अवरुद्ध छ ।

टाइमको आवरणमा मस्कलाई हातमा कफी लिएर राष्ट्रपतिको टेबल र अमेरिकी झण्डाको बीचमा रातो पृष्ठभूमिमा देखाइएको छ । टाइमका साइमन शुस्टर र ब्रायन बेनेटको समाचार सामग्रीमा मस्कको कदमको आलोचना गरिएको छ । उनीहरूले "लाखौं सरकारी कामदारहरूको भविष्य मस्कको हातमा" रहेको लेखेका छन् । 

"मस्क अहिलेसम्म ट्रम्प बाहेक कसैको कुरा सुन्दैनन् । ट्रम्पले आफ्नो चुनावी सहयोगी मस्कलाई सरकारलाई आफ्नो इच्छा अनुसार चलाउने पूरा अधिकार दिएका छन्," उनीहरूले लेखेका छन्, "DOGE ले TIME का सबै प्रश्नहरू ह्वाइट हाउसमा पठाएको थियो तर उसले कुनै प्रतिक्रिया दिएन ।"

मस्क टाइमको कभरमा आएको यो दोस्रो पटक हो । नोभेम्बरमा उनलाई "सिटिजन मस्क" भनेर राष्ट्रपति चुनावमा ठूलो भूमिका खेल्ने व्यक्तिको रूपमा टाइमको कभरमा देखाइएको थियो ।

यी दुवै कभरले के देखाउँछन् भने वास्तविक शक्ति मस्कको हातमा छ, ट्रम्पको होइन । सीएनएनको एक समाचारमा भनिएको छ- यसले ट्रम्पलाई रिस उठाउन सक्छ । किनभने उनी पत्रिकाको कभरमा आउन खुबै रुचाउँछन् र अरूसँग शक्ति बाँड्न मन पराउँदैनन् ।

शुक्रबार ह्वाइट हाउसमा ट्रम्पलाई पत्रकार यसबारे प्रश्न गरेका थिए । जवाफमा ट्रम्पले ठट्टा गर्दै प्रतिप्रश्न गरे, "टाइम पत्रिका अझै चल्दैछ? मलाई त थाहै थिएन।"

TIM250224-Musk-Cover-Thumbnail.webp

ट्रम्पले यसो भने पनि प्रसिद्ध रातो-फ्रेम भएको यो पत्रिकालाई खुब मान्छन्। उनी दुईपटक टाइमको "वर्ष व्यक्ति" बनिसकेका छन् - पछिल्लो पटक सन् २०२४ मा । राष्ट्रपति भएपछि पनि उनी यसको कभरमा देखिएका छन् । पहिले त उनले आफ्नो टिभी कार्यक्रम "द एप्रेन्टिस" को बारेमा झुटो प्रशंसा गर्ने पत्रिकाको नक्कली अंक नै बनाएका थिए ।

यदि टाइमले जानीजानी ट्रम्पलाई चिढ्याउन खोजेको हो भने पनि यो पहिलो पटक भने होइन । यसअघि यो पत्रिकाको कभरले ट्रम्प र उनका विश्वासपात्रहरूबीच दूरी बढाएको थियो ।

२०१७ मा टाइमले स्टीभ ब्याननलाई कभरमा छापेको थियो । त्यतिबेला ब्यानन पनि मस्क जस्तै ट्रम्पका विश्वासपात्र थिए । ट्रम्पका प्रमुख रणनीतिकार ब्यानन ट्रम्प प्रशासनका वास्तविक शक्तिशाली व्यक्तिका रुपमा चित्रित थिए । टाइमले त उनलाई "ठूलो खेलाडी" भनेको थियो । मान्छेहरूले उनलाई "राष्ट्रपति ब्यानन" भन्थे र टिभी शो "स्याटरडे नाइट लाइभ" ले उनलाई यमराज जस्तो देखाएर ट्रम्पलाई नचाइरहेको बनाएको थियो ।

लगत्तै ट्रम्पसँग उनको सम्बन्धमा फाटो आयो । ब्याननले आफूलाई कमजोर देखाएको भन्दै ट्रम्पले ब्याननसँगको सम्बन्ध तोडे । 

मस्क सामान्यतया आफूसँग नमिल्नेलाई X (पहिलेको ट्विटर) मा आक्रमण गर्छन् तर टाइमको कभरबारे उनले कुनै तीब्र प्रतिक्रिया जनाएका छैनन् । तर ट्रम्पसँगको मित्रता कमजोर बनाउन मिडियाहरूले प्रयत्न गरेको उनको बुझाई छ । 

डोज डिजाइनर नामको X एकाउन्टले मस्ककी आमा मेई मस्कको केही समयअघिको भनाई उद्धृत गर्दै X मा लेखेका छन्- "मिडियाले ट्रम्प र मस्कको मित्रता तोड्न हरसम्भव कोसिस गर्छ भनेर मेई मस्क ठिकै भनेकी रहिछिन् ।" उनले मिडियाले डोनाल्ड ट्रम्प र एलोन मस्कबीचको मित्रता तोड्न सक्दो प्रयास गरिरहेको हालैका घटनाले स्पष्ट पारेको दाबी गरेका छन् । एलोन मस्कले ह्वाइट हाउसलाई निःशुल्क प्राविधिक सहयोग गर्दै फजुल खर्च घटाएर करदाताको पैसा बचाउन खोजिरहेको दाबी उक्त पोस्टमा गरिएको छ । "मिडियाले आफ्नो आक्रमण जारी राख्ला, तर जनताले बुझ्न थालिसकेका छन् कि आफ्नै स्वार्थले चलेको मिडिया अब सान्दर्भिक छैन", उक्त पोस्टमा भनिएको छ । र, उक्त पोस्ट सेयर गर्दै मस्कले भनेका छन्- सही हो ।  

ट्रम्प फेरि राष्ट्रपति भएपछि मस्कलाई सरकारी कर्मचारीको संख्या घटाउने जिम्मा दिइएको छ । जसरी उनले ट्विटर किनेपछि त्यहाँका धेरै कर्मचारी निकालेका थिए, त्यसरी नै सरकारी खर्च घटाउन के के गर्नुपर्छ त्यो गर्ने अधिकार ट्रम्पले मस्कलाई दिएका छन् । ट्रम्पको स्वभाव विपरीत उनले मस्कलाई यो काममा पूरै छुट दिएका छन् ।

"ट्रम्पले भन्नुभएको छ कि यदि मस्कलाई कुनै काममा आफ्नो फाइदा देखिन्छ भने त्यो काम जसरी पनि गर्नू" ट्रम्प सरकारकी प्रवक्ता क्यारोलिन लेभिटले बुधबार पत्रकारहरूसँग भनेकी छन् । 


Related Story

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल

पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

ईश्वरकुमार मैनाली -टेलिभिजनको भिडियो सम्पादक हुँदै म्युजिक भिडियोमा प्रवेश गरेका पूर्णविक्रम शाह उर्फ पल शाह नेपाली चलचित्रका स्थापित नायक हुन्।