भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

  • कार्तिक १८, २०८० शनिबार १९:०२

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको कभरेजमा तदारुकता देखायो, यसले कान्तिपुरको समाचार कक्षमा सूचना प्रवाहप्रतिको सम्वेदनशीलता र जिम्मेवारी झल्किन्छ ।


२०७२ सालपछि मानवीय क्षतिका हिसाबले सबैभन्दा ठूलो भूकम्पको कभरेज काठमाडौंबाट छापिने कान्तिपुर दैनिक बाहेकका अरु पत्रिकाले गर्न सकेनन् । कान्तिपुर पब्लिकेसन्स लिमिटेडकै अंग्रेजी दैनिक काठमान्डू पोस्टले पनि भूकम्पको समाचार बनाउन भ्याएन । 

अन्य निजी प्रकाशनको त कुरै छोडौँ, सरकारी गोरखापत्र र राइजिङ नेपालले पनि भूकम्पको समाचार बुझ्ने, पर्खिने र छाप्ने जाँगर गरेनन् । सरकारी समाचार संस्था राससमा पनि बिहानसम्म कभरेज देखिँदैन । 

सबैजसो पत्रिकाको पहिलो पृष्ठमा ट्‍वेन्टी २० विश्वकपमा नेपाल छनोट भएको समाचार निकै महत्त्वका साथ छापिएको छ । कान्तिपुरले पनि युएईलाई हराउँदै टि२० विश्वकपमा नेपाल छानिएको समाचारलाई पहिलो पृष्ठमा राखेर पत्रिका छापिरहेको थियो । छापिएका कतिपय पत्रिका बजार हिँडिसकेका पनि थिए ।

तर मध्यरातमा भूकम्प आयो । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पको झट्का भने देशैभर महसुस भएको सोसल मिडियाका पोस्टहरूबाट बुझ्न सकिन्छ । जाजरकोट र रुकुम पश्चित लगायत आसपासका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍यायो । 

रातिदेखि नै उद्दारका कार्य जारी रहेकोले मृतक र घाइतेको संख्या किटान गर्न गाह्रो छ । यो खबर तयार पार्दासम्म १३६ जनाको मृत्यु भइसकेको छ ।

कान्तिपुरको ‘स्टप प्रेस’ 

छापाखानामा पत्रिका छाप्दाछाप्दै कुनै अप्रत्यासित वा महत्त्वपूर्ण घटना, विषय वा मुद्दाका कारण छाप्ने काम बन्द गर्नुलाई ‘स्टप प्रेस’ भन्ने गरिन्छ । समाचारमा कुनै गल्ती हुँदा पनि सुधार्नका लागि यस्तो गर्ने चलन छ ।

कान्तिपुरले पनि पत्रिका छाप्दै गर्दा 'स्टप प्रेस' गर्‍यो । कान्तिपुरले शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र बनाएर भूकम्प आएलगत्तै छापाखाना बन्द गरेर समाचारमा हेरफेर गर्‍यो ।

भूकम्प जानुअघिको प्रथम पृष्ठको मुख्य समाचार ।.png

पहिलो पृष्ठको क्रिकेटको यो समाचारलाई तल झारेर माथि भूकम्पको मुख्य खबर छापियो । 


कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले केही हजार प्रति पत्रिका छापिएर वितरणमा गइसकेपछि तीन घण्टासम्म ‘स्टप द प्रेस’ पछि पुनः पत्रिका छापिएको लेखेका छन् । “अहिले, सूचनाको अभावै हुने होइन। तर,आधिकारिक समाचारले पाउने समय, स्थान र प्राथमिकताले समाज र राज्यलाई विषयको सघनता बुझ्न र आवश्यक पहल लिन सहयोग गर्छ, प्रेसको धर्म त्यही हो”, चौहानले लेखेका छन् । 

कान्तिपुर पब्लिकेसन्स लिमिटेडका सर्कुलेसन्स, प्रेस र रिजनल विभाग प्रमुख मनोज बस्नेतले फेसबुकमा 'स्टप प्रेस' वा पत्रिका छाप्न रोकिएको बेलाको भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा उनले भूकम्प गएको खबर र पत्रिका छाप्न बन्द गरी नयाँ पत्रिका छाप्दैरहेको जानकारी दिएका छन् ।  

बस्नेतले पत्रिका छापिँदै गरेको प्रेसको पनि भिडियो राखेका छन्- 

कान्तिपुरका पत्रकार घनश्याम खड्काले बनिसकेको पेजलाई भत्काएर बनाइएको भूकम्पको समाचारसहितको पत्रिका छापिएको लेखेका छन् । “पत्रिका प्रेसमा जान ठिक्क परेको बेला भूकम्प आयो, रातभरिको अपडेट लिएर, बनिसकेको पेजलाई भत्काएर फेरि नयाँ समाचारका साथ आजको अङ्क, विशेष  अङ्क”, उनले लेखेका छन्, “विश्वकपको यात्रा निसन्देह ब्यानर न्युज थियो, तर भूकम्पले त्यसको ठाउँ लियो,  समय र घटनाक्रमले जीवनमा पनि त  कसको महत्त्व कति तय गर्छ नि !” 

पत्रकारिताका उपप्राध्यापक ऋषिकेश दाहालले यसअघि दी राइजिङ नेपाल र गोरखापत्रले सुशील कोइरालाको निधनमा 'स्टप द प्रेस' गरेको उल्लेख गरेका छन् । 

त्ससो यस्तै महत्त्वपूर्ण वा सङ्कटका कतिपय घडीमा नेपालका पत्रपत्रिकाहरूले स्टप प्रेस गर्दै नगरेका भने होइनन् । 

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा गोरखापत्र दैनिकले 'स्टप प्रेस' गरेको थियो । कोइरालाको २०७२ माघ २५ राति १२:५० मा निधन भएको भए पनि भोलिपल्ट बिहान सरकारी अखबार गोरखापत्र बाहेक बजारमा आएका कुनै पनि पत्रिकामा यो समाचार थिएन । 

त्यस्तै नेपाल समाचार पत्रले पनि मनमोहन अधिकारीको हेली दुर्घटनासम्बन्धी खबर छाप्न स्टप प्रेस गरेको थियो । 

पत्रकार अमृता लम्सालले कान्तिपुरबाहेक सबै राष्ट्रिय दैनिक क्रिकेटमा रमाएको उल्लेख गर्दै पत्रकारितामा समाचारको महत्व र उपादेयतामा ध्यान नगएको टिप्पणी गरेकी छन् ।  

कान्तिपुरको ‘स्टप प्रेस’ को प्रशंसा  

प्रकाशक/पत्रकार कनकमणि दीक्षितले लेखेका छन्- 

पत्रकार दीपक अधिकारीले लेखेका छन्- 

निखिल कुमार दासले लेखेका छन्-

भोजराज न्यौपाने लेख्छन्- 

विशाल ढकाल लेख्छन्-

कान्तिपुरकै कार्टुनिस्ट अबिनले भनेका छन्- 

kantipur daily.jpg

कान्तिपुरको 'स्टप द प्रेस' पछिको पहिलो पृष्ठ ।


 


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल

पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

ईश्वरकुमार मैनाली -टेलिभिजनको भिडियो सम्पादक हुँदै म्युजिक भिडियोमा प्रवेश गरेका पूर्णविक्रम शाह उर्फ पल शाह नेपाली चलचित्रका स्थापित नायक हुन्।