टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको कभरेजमा तदारुकता देखायो, यसले कान्तिपुरको समाचार कक्षमा सूचना प्रवाहप्रतिको सम्वेदनशीलता र जिम्मेवारी झल्किन्छ ।
२०७२ सालपछि मानवीय क्षतिका हिसाबले सबैभन्दा ठूलो भूकम्पको कभरेज काठमाडौंबाट छापिने कान्तिपुर दैनिक बाहेकका अरु पत्रिकाले गर्न सकेनन् । कान्तिपुर पब्लिकेसन्स लिमिटेडकै अंग्रेजी दैनिक काठमान्डू पोस्टले पनि भूकम्पको समाचार बनाउन भ्याएन ।
अन्य निजी प्रकाशनको त कुरै छोडौँ, सरकारी गोरखापत्र र राइजिङ नेपालले पनि भूकम्पको समाचार बुझ्ने, पर्खिने र छाप्ने जाँगर गरेनन् । सरकारी समाचार संस्था राससमा पनि बिहानसम्म कभरेज देखिँदैन ।
सबैजसो पत्रिकाको पहिलो पृष्ठमा ट्वेन्टी २० विश्वकपमा नेपाल छनोट भएको समाचार निकै महत्त्वका साथ छापिएको छ । कान्तिपुरले पनि युएईलाई हराउँदै टि२० विश्वकपमा नेपाल छानिएको समाचारलाई पहिलो पृष्ठमा राखेर पत्रिका छापिरहेको थियो । छापिएका कतिपय पत्रिका बजार हिँडिसकेका पनि थिए ।
तर मध्यरातमा भूकम्प आयो । जाजरकोट केन्द्र बनाएर गएको भूकम्पको झट्का भने देशैभर महसुस भएको सोसल मिडियाका पोस्टहरूबाट बुझ्न सकिन्छ । जाजरकोट र रुकुम पश्चित लगायत आसपासका क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति पुर्यायो ।
रातिदेखि नै उद्दारका कार्य जारी रहेकोले मृतक र घाइतेको संख्या किटान गर्न गाह्रो छ । यो खबर तयार पार्दासम्म १३६ जनाको मृत्यु भइसकेको छ ।
कान्तिपुरको ‘स्टप प्रेस’
छापाखानामा पत्रिका छाप्दाछाप्दै कुनै अप्रत्यासित वा महत्त्वपूर्ण घटना, विषय वा मुद्दाका कारण छाप्ने काम बन्द गर्नुलाई ‘स्टप प्रेस’ भन्ने गरिन्छ । समाचारमा कुनै गल्ती हुँदा पनि सुधार्नका लागि यस्तो गर्ने चलन छ ।
कान्तिपुरले पनि पत्रिका छाप्दै गर्दा 'स्टप प्रेस' गर्यो । कान्तिपुरले शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्र बनाएर भूकम्प आएलगत्तै छापाखाना बन्द गरेर समाचारमा हेरफेर गर्यो ।
पहिलो पृष्ठको क्रिकेटको यो समाचारलाई तल झारेर माथि भूकम्पको मुख्य खबर छापियो ।
कान्तिपुरका प्रधान सम्पादक उमेश चौहानले केही हजार प्रति पत्रिका छापिएर वितरणमा गइसकेपछि तीन घण्टासम्म ‘स्टप द प्रेस’ पछि पुनः पत्रिका छापिएको लेखेका छन् । “अहिले, सूचनाको अभावै हुने होइन। तर,आधिकारिक समाचारले पाउने समय, स्थान र प्राथमिकताले समाज र राज्यलाई विषयको सघनता बुझ्न र आवश्यक पहल लिन सहयोग गर्छ, प्रेसको धर्म त्यही हो”, चौहानले लेखेका छन् ।
मध्यरातसम्म छापेर केही हजार पत्रिका डेलीभरीमा गइसकेको अवस्थामा ३ घण्टा ‘स्टप द प्रेस’ पछि प्रकाशित कान्तिपुर।
— Umesh Chauhan (@Umesh_Chauhan) November 4, 2023
अहिले, सूचनाको अभावै हुने होइन।तर,आधिकारिक समाचारले पाउने समय, स्थान र प्राथमिकताले समाज र राज्यलाई विषयको सघनता बुझ्न र आवश्यक पहल लिन सहयोग गर्छ, प्रेसको धर्म त्यही हो। pic.twitter.com/6B3fqQc9a1
कान्तिपुर पब्लिकेसन्स लिमिटेडका सर्कुलेसन्स, प्रेस र रिजनल विभाग प्रमुख मनोज बस्नेतले फेसबुकमा 'स्टप प्रेस' वा पत्रिका छाप्न रोकिएको बेलाको भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा उनले भूकम्प गएको खबर र पत्रिका छाप्न बन्द गरी नयाँ पत्रिका छाप्दैरहेको जानकारी दिएका छन् ।
बस्नेतले पत्रिका छापिँदै गरेको प्रेसको पनि भिडियो राखेका छन्-
कान्तिपुरका पत्रकार घनश्याम खड्काले बनिसकेको पेजलाई भत्काएर बनाइएको भूकम्पको समाचारसहितको पत्रिका छापिएको लेखेका छन् । “पत्रिका प्रेसमा जान ठिक्क परेको बेला भूकम्प आयो, रातभरिको अपडेट लिएर, बनिसकेको पेजलाई भत्काएर फेरि नयाँ समाचारका साथ आजको अङ्क, विशेष अङ्क”, उनले लेखेका छन्, “विश्वकपको यात्रा निसन्देह ब्यानर न्युज थियो, तर भूकम्पले त्यसको ठाउँ लियो, समय र घटनाक्रमले जीवनमा पनि त कसको महत्त्व कति तय गर्छ नि !”
पत्रकारिताका उपप्राध्यापक ऋषिकेश दाहालले यसअघि दी राइजिङ नेपाल र गोरखापत्रले सुशील कोइरालाको निधनमा 'स्टप द प्रेस' गरेको उल्लेख गरेका छन् ।
त्ससो यस्तै महत्त्वपूर्ण वा सङ्कटका कतिपय घडीमा नेपालका पत्रपत्रिकाहरूले स्टप प्रेस गर्दै नगरेका भने होइनन् ।
पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनमा गोरखापत्र दैनिकले 'स्टप प्रेस' गरेको थियो । कोइरालाको २०७२ माघ २५ राति १२:५० मा निधन भएको भए पनि भोलिपल्ट बिहान सरकारी अखबार गोरखापत्र बाहेक बजारमा आएका कुनै पनि पत्रिकामा यो समाचार थिएन ।
त्यस्तै नेपाल समाचार पत्रले पनि मनमोहन अधिकारीको हेली दुर्घटनासम्बन्धी खबर छाप्न स्टप प्रेस गरेको थियो ।
मनमोहन अधिकारीको हेली दुर्घटनामा मृत्युसम्बन्धि समाचार प्रकाशित गर्न त्यसबेलाको आजको समाचारपत्र 'स्टप प्रेस' गरिएको थियोे । अर्थात् अर्को संस्करणको आमुख पृष्ठ पुरै फेरिएको थियोे । मसँग त्यो समाचार कटिङ थियोे। म खोज्नु पर्यो।
— Gajendra Budhathoki ♿ (@gbudhathoki) October 7, 2022
पत्रकार अमृता लम्सालले कान्तिपुरबाहेक सबै राष्ट्रिय दैनिक क्रिकेटमा रमाएको उल्लेख गर्दै पत्रकारितामा समाचारको महत्व र उपादेयतामा ध्यान नगएको टिप्पणी गरेकी छन् ।
कान्तिपुरको ‘स्टप प्रेस’ को प्रशंसा
प्रकाशक/पत्रकार कनकमणि दीक्षितले लेखेका छन्-
Kantipur managed to stop press and headline the midnight earthquake. Deputy Mayor of Nalgad Municipality Sarita Singh, rest in peace. pic.twitter.com/NUFaXphAYr
— Kanak Mani Dixit (@KanakManiDixit) November 4, 2023
पत्रकार दीपक अधिकारीले लेखेका छन्-
While Kantipur diligently reported on the midnight earthquake in Jajarkot, it's disappointing that The Rising Nepal didn't cover it. This highlights the importance of a vigilant and responsible media at all times.#MediaResponsibility #NepalEarthquake pic.twitter.com/9G0o1lyJjZ
— Deepak Adhikari (@DeepakAdk) November 4, 2023
निखिल कुमार दासले लेखेका छन्-
A good decision of " stop the press" by Kantipur National Daily @Umesh_Chauhan @kantipur #earthquake #NepalEarthquake #Jajarkot pic.twitter.com/MlkIQDP2Ck
— Nikhil Kumar Das (@nikhildas1311) November 4, 2023
भोजराज न्यौपाने लेख्छन्-
मध्यरातकाे त्यति ठूलाे भूकम्पको समाचार कान्तिपुर बाहेक अरु पत्रिकाले कभर गर्नै सकेनन् । पत्रकारितामा समाचारकाे महत्त्व कति धेरै हुन्छ याे घटनाबाट झन् बढि थाहा हुन्छ । समाचारका लागि कान्तिपुरलाई धन्यवाद ! @Umesh_Chauhan @ekantipur_com pic.twitter.com/dlBP9kCrI2
— Bhoj Raj Neupane (@BhojR_neupane) November 4, 2023
विशाल ढकाल लेख्छन्-
भुईचालो गयो, दुखः पर्यो !!
— डा. बिशाल ढकाल (@compassionncare) November 4, 2023
पत्रिका ले गर्नु पर्ने जिम्मेवारि गज्जव गरेको हो, के समाचार प्राथमिकता मा राख्ने को अव्वल नमुना बनेको भएर नै होला कान्तिपुर लाई जनता ले रुचाको। पत्रिका का सम्पादक टोली लाई धन्यबाद 🙏🏼 pic.twitter.com/oHeOVOGPs1
कान्तिपुरकै कार्टुनिस्ट अबिनले भनेका छन्-
जसले जेसुकै भनुन् आज बिहान भूकम्पको खबर मैले चैँ कान्तिपुर हेरेरै था' पाको हो है ।
— cartoonist ABIN (@abinshrestha) November 4, 2023
त.सौ. : सा. सं. pic.twitter.com/yhHUrkhGFD

कान्तिपुरको 'स्टप द प्रेस' पछिको पहिलो पृष्ठ ।
