ईश्वरकुमार मैनाली -
टेलिभिजनको भिडियो सम्पादक हुँदै म्युजिक भिडियोमा प्रवेश गरेका पूर्णविक्रम शाह उर्फ पल शाह नेपाली चलचित्रका स्थापित नायक हुन्। उनै शाह यतिबेला नाबालिग बलात्कार जस्तो जघन्य अपराधमा मुछिएका छन्।
अभिनेता शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नाबालिग गायिकालाई बलात्कार गरेको जाहेरी परेको छ। जाहेरीमा दावी गरिए अनुसार उनले पोखरा र चितवनको होटेलमा लगेर ती नाबालिगलाई बारम्बार बलात्कार गरे।
एकै कार्यक्रममा सहभागी हुन एकै गाडीमा बस्दा यौन दुर्व्यवहार गरेको, रक्सी खाएर सुतेको कोठामा आएर करणी गरेको, कामको म्युजिक भिडियोको सुटिङमा जाँदा होटेलमा जबर्जस्ती करणी गरेको लगायतका दावी जाहेरीमा उल्लेख छ।
०००
केही समययता अभिनेता शाह एक नाबालिग गायिकासँगको प्रेम सम्बन्धका कारण सञ्चारमाध्यममा गसिपको पात्र बनिरहेका थिए। उनले ती गायिकालाई यौन शोषण गरेको आरोपहरु बाहिरिएका थिए। ती आरोपलाई पुष्टि गर्न भन्दै विभिन्न सञ्चारमाध्यमले पक्ष र विपक्षमा वकालत गर्ने होडबाजी नै देखियो।
नायक शाह र ती बालिकाबीचको कुराकानी भन्दै केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना गम्भीर बन्दै गयो।
शाहमाथि ललाइ–फकाइ, विवाहको आश्वासन देखाएर यौन हिंसा गरेको आरोप बाहिरिए। ती गायिकालाई आफ्नो बयान फेर्न बाध्य बनाउने काम पनि शाह निकटका केही सञ्चारकर्मी तथा उनका शुभचिन्तकले गरेको देखियो। सञ्चारकर्मीका रुपमा रहेका केही केस मिलाउनै सक्रिय देखिए। उकेरा डट कममा पूरा पढ्नुहोस् ।