इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

Photo: Suman Nepali and Gopen Rai.
  • पौष १८, २०८० बुधबार ०४:३७

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित उभिएका थिए । पाटन दरबार क्षेत्रमा पुस १६ गते सोमबार साँझ उनीहरूले  पछिल्लो समय इजरायलको नृशंस हमलामा मारिएका ७० भन्दा बढी पत्रकारहरूप्रति श्रद्धाञ्जली दिए ।

पत्रकार दिनेश पन्तले इजरायलले मच्चाइरहेको नरसंहारको समाचार कभरेजमा आफ्नो ज्यानको पर्बाह नगरी प्रतिकूल अवस्थामा पनि रिपोर्टिङ गर्ने पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउन र मारिएका पत्रकारहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम आयोजना गरिएको बताए । त्यसलगत्तै मारिएका पत्रकारहरूको नाम पढेर सुनाइयो ।

ekantipur news.jpg

तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर


"इजरायल सरकार र उसका समर्थक पश्चिमा पत्रकारजगतको प्रोपगन्डाले जसोतसो युद्धस्थलबाट बाहिर पठाएको समाचारमाथि पनि सन्देहको बिउ छरिदिने गरेका छन्", दीप प्रज्ज्वलनपछि पत्रकारहरूले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उल्लेख छ, "विश्वव्यापी सामाजिक सञ्जालहरुले प्यालेस्टाइनबाट आउने समाचारलाई दबाउने गरेका सन्दर्भमा गाजाका पत्रकार यस माध्यमबाट विश्वसँग प्रभावकारी ढंगले जोडिन सकिरहेका छैनन् ।"

पत्रकार नरेश ज्ञवालीले ३० हजारभन्दा बढी निर्दोषहरू मारिएकामा बालबालिका र महिलाहरूको संख्या बढी रहेको तथ्याङ्क सुनाए । “हामीले यो बिर्सनु हुँदैन कि उनीहरू अमेरिकामा बनेका हतियारबाट मारिएका हुन्”, उनले भने । पश्चिमा मिडियाहरूले त्यहाँ भएको नरसंहारमाथि आँखा चिम्लिएको र बाँकी विश्व पनि त्यहाँ के भइरहेको छ भन्नेबारे अनभिज्ञ रहेको उनले बताए ।

वरिष्ठ पत्रकार कनकमणि दीक्षितले  आफ्ना सहकर्मीहरूप्रति ऐक्यबद्धता जनाउन आफूहरू भेला भएको बताए ।  “अहिले त्यहाँको यति अफ्ठ्यारो अवस्थामा उहाँहरूले समाचार सङ्कलन गर्नु परेको छ । हामी पत्रकारिताप्रति समर्पित छौँ भने पत्रकारहरूमाथि जहाँजहाँ अवस्था खराब छ, त्यहाँ हामीले चिन्ता मनमा पनि लिनपर्छ र व्यक्त पनि गर्नुपर्छ भनेर हामी सार्वजनिक रूपमा यसरी जम्मा भएका छौं”, दीक्षितले भने, “ज्यान गुमाएका पत्रकारहरूलाई हामीले मैनबत्ति बालेर सम्झेका छौँ ।“

गाजामा पत्रकारहरूमाथि लक्षित आक्रमण भएकाले दीक्षित त्यसलाई हत्या मान्छन् । “यस्तो जटिल विषयमा पनि हामीले बोल्न सकेका छैनौं । अहिले हामीले नबोल्ने हो भने जतिबेला हामीमाथि पनि प्रकोप आउँला अनि अरूले पनि मुख बन्द राख्ला केही नबोल्ला”, दीक्षित भन्छन्, “नेपाली मिडियामा गाजाका प्यालेस्टाइनी पत्रकारहरूमाथि भएको ज्यादतिको विषयमा पर्याप्त रिपोर्टिङ भएको छैन। जुन किसिमको नरसंहार भैरहेको छ, हाम्रो विचारनिर्माणकर्ता, सम्पादकीय लेख्नेहरूले लेखिरहेका छैनन् ।“

आफूले देखेको र भोगेको परिस्थितिमाझ गाजाका कयौं पत्रकारले जीवितै छँदा अन्तिम संदेश लेख्दै आएका छन् ।

यिनै सन्देशमध्ये २२ अक्टुबरमा क्षेप्यास्त्र आक्रमणमा मारिएका पत्रकार रोश्दी सर्राजको संदेश बहुतै मार्मिक छ । “हामी कदापी आफ्नो थलो छाड्ने छैनौँ । र, जब हामी गाजालाई छोड्नेछौ तब हामी अनन्तः आकाशमा विलय हुनेछौँ” सर्राजले फेसबुकमा लेखेका थिए ।

पढ्नुहोस् विज्ञप्तिः

१ जनवरी २०२४ (१६ पौष २०८०) 

गाजाका पत्रकारलाई नेपाली सञ्चारकर्मीको समर्थन र इजरायली नरसंहारको निन्दा

पत्रकारमाथि आधुनिक इतिहासको सबैभन्दा नृशंस हमला गाजामा इजरायलले गरिरहेको छ । अढाई महिनायता हमाससँगको युद्धमा इजरायली सरकारले गाजा पट्टीका ७० भन्दा बढी प्यालेस्टिनी पत्रकारको हत्या गरेको छ । हामी नेपालका पत्रकार यसको निन्दा गर्छौँ । 

७ अक्टुबर २०२३ यता गाजामा मारिएका पत्रकारको संख्या अघिल्लो वर्ष अर्थात सन् २०२२ मा विश्वभरीमै हत्या गरिएका पत्रकारको संख्याभन्दा बढी छ । लक्षित बमबारीका क्रममा गाजामा ज्यान गुमाएका धेरै पत्रकारका परिवार सदस्य समेत मारिएका छन् । जसोतसो बाँच्न सफल केही पत्रकारले परिवारजन गुमाएका छन् । 

गाजा क्षेत्रमा २२ हजारभन्दा बढी मानिसको ज्यान लिनेगरी इजरायली सेनाले मच्चाइरहेको नरसंहारबारे समाचार सम्प्रेषण गरिरहेका पत्रकार दिनानुदिन मारिँदै छन् र घाइते हुँदैछन् । गाजामा कार्यरत सञ्चारकर्मी त्यहाँका आम मानिस झैँ बमबारीको जोखिममाझ गाँस र बासको अभाव झेल्दै र प्रियजनको बिचल्लीमाझ चलिरहेको नरसंहारका बारेमा विश्वलाई जानकारी दिइरहेका छन् । क्षेप्यास्त्र प्रहारको ए बन्दुकधारी स्नाइपरको भयका बीचमा संहारको समाचार संकलन गरिरहेका मिडियाकर्मीको मानसिक स्वास्थ्यको अवस्थाको सायदै कल्पना गर्न सकिन्छ । यी पत्रकारले निर्दोष बालबालिका, महिला र पुरुषको सामूहिक हत्याका साथै सन् १९४८यता देखि थातथलोदेखि उजाडिएका मानिसहरूका पीडासम्मको समाचार पेश गरिरहेका छन् । 

भारी विद्युत कटौती र इन्टरनेट बन्दाबन्दी तथा सञ्चार पूर्वाधार ध्वस्त हुँदा हाम्रा सहकर्मी गाजाका पत्रकार एकअर्कासँग सहज संवाद गर्न सकिरहेका छैनन् भने समाचार सम्प्रेषणमा पनि चुनौती व्यहोरिरहेका छन् । इजरायल सरकार र उसका समर्थक पश्चिमा पत्रकारजगतको प्रोपगन्डाले जसोतसो युद्धस्थलबाट बाहिर पठाएको समाचारमाथि पनि सन्देहको बिउ छरिदिने गरेका छन् । त्यसैगरी विश्वव्यापी सामाजिक सञ्जालहरुले प्यालेस्टाइनबाट आउने समाचारलाई दबाउने गरेका सन्दर्भमा गाजाका पत्रकार यस माध्यमबाट विश्वसँग प्रभावकारी ढंगले जोडिन सकिरहेका छैनन् ।       

आफूले देखेको र भोगेको परिस्थितिमाझ गाजाका कयौं पत्रकारले जीवितै छँदा अन्तिम संदेश लेख्दै आएका छन् । यिनै सन्देशमध्ये २२ अक्टुबरमा क्षेप्यास्त्र आक्रमणमा मारिएका पत्रकार रोश्दी सर्राजको संदेश बहुतै मार्मिक छ । “हामी कदापी आफ्नो थलो छाड्ने छैनौँ । र, जब हामी गाजालाई छोड्नेछौ तब हामी अनन्तः आकाशमा विलय हुनेछौँ” सर्राजले फेसबुकमा लेखेका थिए ।

काठमाण्डूबाट हामी गाजामा घेराबन्दीमा परेका पत्रकारसँग एक्यबद्धता जनाउदै उर्लँदो नरसंहारको समाचार प्रकाशनमा लगाइने व्यवधानलाई चिर्ने क्षमता मिलोस् भनी कामना गर्छौँ ।   

ऐक्यवद्धतामा:  

    1. असिम जमानल
    2. आभाष बुढाथोकी
    3. अनुज बज्राचार्य
    4. अर्चना दर्जी
    5. दया दुदराज
    6. धनु विश्वकर्मा
    7. दिनेश पन्त
    8. गोपेन राई
    9. हिमाली दीक्षित
    10. इन्द्र श्रेष्ठ
    11. जेबी पुन मगर
    12. कनकमणि दीक्षित
    13. किरण नेपाल
    14. मस्त केसी
    15. म्होद अय्युब
    16. नरेश ज्ञवाली
    17. पिङ्कीशिरिष राना
    18. रविराज बराल
    19. सानिया शाह
    20. सञ्जीव सत्गैँया
    21. सञ्जीव शर्मा
    22. शांशद अहमद
    23. सुमन नेपाली
    24. सुनील प्रधान
    25. तुफान न्यौपाने
    26. उर्मिला गम्वा थारु


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल

पल प्रकरण : रंग पत्रकारको हैसियत देखाउने घटना

ईश्वरकुमार मैनाली -टेलिभिजनको भिडियो सम्पादक हुँदै म्युजिक भिडियोमा प्रवेश गरेका पूर्णविक्रम शाह उर्फ पल शाह नेपाली चलचित्रका स्थापित नायक हुन्।