अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारिता

अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारिता

Photo by Austin Distel on Unsplash
  • माघ १९, २०७८ बुधबार ०४:२६

डा. प्रदीप भट्टराई-

हामीलाई अरूले ऐना देखाइदिए चित्त दुख्न सक्छ । त्यसैले आफैं एउटा ऐना लिएर आफ्नै अनुहार हेरौं । पक्कै पनि त्यो ऐनामा हाम्रो अनुहार देखिने छ । भनाइ नै छ- ऐनाले कहिल्यै ढाट्दैन ।

हुनसक्छ त्यो ऐनाले हाम्रो अनुहारमा कसिंगर देखाइदेला । अनि हामी ऐनामा खोट देखेर ऐना फालौला र अर्को ऐना लिएर फेरि अनुहार हेरौंला । फेरि पनि अनुहारमा कसिंगर नै देखिएला । अब हामीलाई यो ऐनासँग रिस उठ्ला र फुटाइदिउला । र, अझ महंगो ऐना किनेर अनुहार हेरौंला । तर, यसपटक पनि अनुहारमा कसिंगर नै देखिन्छ ।

कारण, कसिंगर ऐनामा होइन, हाम्रो अनुहारमा हामी भित्रको नियतमा छ । त्यसैले ऐना फेरेर होइन, अनुहारभित्रको नियत धोएर ऐना हेरौं । त्यसपछि फुटेको ऐनामा हेरे पनि हाम्रो अनुहार उज्यालो देखिने छ ।

अमेरिकाको नेपाली डायस्पोरा कस्तो छ ? त्यसलाई हेर्ने एउटा मानक ऐना हो– यहाँको नेपाली डायस्पोरिक पत्रकारिता । अमेरिकामा थुप्रै पृष्भूमि भएका नेपाली आएर नेपालको मिनियचर बनाएका छन् । त्यो मिनियचरमा नेपालमा हुँदा पत्रकारिताको पृष्ठभूमि भएकाको संख्या पनि उल्लेख्य छ । उनीहरू यहाँ आएर कुनै न कुनै रूपमा सञ्चारकर्ममा जोडिएका छन् । पत्रकारिता आफैंमा एउटा नशा हो, एकपटक यसको अम्मलमा फसेको मानिस विरलै बाहिर निस्कन सक्छ । 

पत्रकारिता पहिलाजस्तो गाह्रो पनि छैन । डिजिटल प्लेटफर्मको सहज उपलब्धता अनि वैकल्पिक मिडियाका रूपमा सामाजिक सञ्जालको प्रभावकारी उपस्थितिले जो–कोही पनि सञ्चारकर्ममा सजिलै जोडिन सक्छ ।

पछिल्लो समय लेख्नै नपर्ने, लेखिहाले पनि थोरै लेख्दा पुग्ने, अझ बोले मात्र पुग्ने मिडियाको युग सुरू भएको छ, यसले पत्रकारिताको कखरा नजान्दा पनि कामचलाउ सञ्चारकर्मी हुनसक्ने अवस्था विद्यमान छ ।

अमेरिकाको नेपाली डायस्पोरिक पत्रकारितामा अहिले यस्तै सञ्चारकर्मीको संख्या अग्लिएको छ । प्रकारान्तरमा पत्रकारिता सञ्चारकर्मीको कब्जामा पुगेको छ । यो कब्जाधारी जमात स्रोतका लागि सहजै म्यानुपुलेसन भइदिने भएकाले यहाँको डायस्पोरिक पत्रकारिता नै पहुँचवालाको पकेट पत्रकारितामा अनुदित भएको छ । पूर्ण पाठ दृष्टिन्युजमा । 


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल