समाजवादी प्रेस संगठनले भन्यो- 'कान्तिपुर गैरजिम्मेवार, नैतिक दायित्वबाट पन्छियो'

समाजवादी प्रेस संगठनले भन्यो- 'कान्तिपुर गैरजिम्मेवार, नैतिक दायित्वबाट पन्छियो'

  • आश्विन २१, २०८० आइतबार ०३:५७

नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनले कान्तिपुर पब्लिकेसन्स लिमिटेडले श्रमजीवी पत्रकार ऐनमा व्यवस्था भएका आधारभूत मान्यता र सिद्धान्त लत्याएको बताएको छ । शनिबार विज्ञप्ति जारी गरी संगठनले व्यवस्थापनको गैरजिम्मेवारीपनका कारण कान्तिपुरमा समस्या आएको जनाएको छ ।

samajbadi press sangathan.jpg"एउटा संस्थामा जीवनका उर्वर र रचनात्मक समय लगानी गरेका स्थायी, करार तथा स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण रोक्का, काम गरेर घर गएका पत्रकारलाई इमेलमार्फत अवकास पत्र थमौती र स्ट्रिन्जरलाई राजीनामा दिने वातावरण कम्पनीबाटै बनाइनु आफैँमा कानुनतः व्यवस्थापनको गैरजिम्मेवारीपन र नैतिक दायित्वबाट पन्छिएको संकेत हो", महासचिव रामकुमार एलनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, "अझ केही पत्रकारले मानव संशाधन विभागबाट फोनमार्फत् मानसिक तनाव दिने कार्य गरेको खुलासा पनि गरेका छन् ।"

"‘हात्ती किनेपछि दाम्लो पनि किन्न पर्छ, दाम्लो महँगो छ’ भनेर पन्छिन र छिमेकीको आँगनमा हात्ती छाड्न मिल्दैन", विज्ञप्तिमा भनिएको छ, "अर्कातिर ‘कानुनी अज्ञानता रह्यो भन्दैमा दोषी जरिवानाबाट मुक्त हुनै सक्दैन’ भन्ने मान्यता पनि छ ।"

कान्तिपुरजस्तो एउटा प्रतिष्ठित मिडिया हाउसले मुलुकको आर्थिक मन्दी देखाएर राज्यले निर्देशन र व्यवस्था गरेको सिद्धान्त, कानुनी व्यवस्थाको बर्खिलापमा गएर एकतर्फी श्रमजीवी पत्रकारको दैनिकीमै समस्या पार्ने काम गरेको उक्त संगठनको ठहर छ । कान्तिपुरमा सिर्जित समस्या समाधानका लागि आन्दोलित कर्मचारी, पत्रकारको माग पूरा गराउन संगठनले अपिल गरेको छ ।

केही दिनदेखि कान्तिपुरमा भइरहेको वार्ताले शनिबार साँझसम्म पनि व्यवस्थापन पत्रकारका मागका सम्बन्धमा गम्भीर नभएको पाइएको उसको भनाई छ । कान्तिपुरमा कार्यरत पत्रकारहरूले व्यस्थापनसमक्ष राखेका मागमा संगठनले साथ, समर्थन र ऐक्यवद्धता जनाएको छ । उसले तत्काल पत्रकारलाई काम गर्ने वातावरण बनाउन माग गरेको छ । "अन्यथा पत्रकारको आन्दोलनमा समाजवादी प्रेस संगठन नेपाल पनि सरिक हुने विषयमा कान्तिपुर व्यवस्थापन र राज्यका निकायहरुको ध्यान आकर्षित गराउन चाहन्छौँ", विज्ञप्तिमा भनिएको छ ।  

कान्तिपुरमा के भइरहेको छ ? पढ्नुस्



Related Story

मिडिया एक्सन नेपालको अध्यक्षमा उमेश पोखरेल

मिडिया एक्सन नेपालको कार्यसमिति बैठकले मिडिया अनुसन्धाता उमेश पोखरेललाई संस्थाको अध्यक्षमा चयन गरेको छ । साउन २८ गते काठमाडौंमा बसेको कार्यसमिति

पत्रकार महासंघले भन्यो— किशोर श्रेष्ठको घर र कार्यालयमा प्रहरीको खानतलासी

जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष किशोर श्रेष्ठको पक्राउलाई लिएर नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ

एफएनजे ग्लोबल मिडिया सम्मेलन सम्पन्न, ९ बुँदे 'टोकियो घोषणा पत्र' जारी

जापानको टोकियोमा गत २५ जुलाई २०२६ मा 'एफएनजे ग्लोबल मिडिया सम्मेलन' सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माको

सन्तुलित सूचनामार्फत सद्भाव जोगाउन पत्रकारलाई महासंघको अपिल

नेपाल पत्रकार महासंघले सुनसरीलगायतका विभिन्न जिल्लामा पछिल्लो समय भएका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न

विज्ञापन बोर्डको अध्यक्षका लागि १२ जनाको आवेदन: को-को छन् प्रतिस्पर्धामा?

सरकारले विज्ञापन बोर्डको रिक्त अध्यक्ष पदका लागि आवेदन दिएका १२ जना योग्य उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ । सूचना तथा सञ्चार

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन् । कान्तिपुर मिडिया ग्रुपले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई कान्तिपुरको

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले दिए राजीनामा

अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफ्नो कार्यकाल पूरा भएकोले बाहिरिने निर्णय गरेको बस्नेतले

सार्वजनिक सेवा प्रसारणको नेतृत्त्व सम्हाल्न २८ जना इच्छुकः को-को हुन् प्रतिस्पर्धी ?

सार्वजनिक सेवा प्रसारण (PSB) संस्थाको अध्यक्ष पदमा प्रतिस्पर्धाका लागि २८ जनाको नाम स्वीकृत भएको छ । आवेदन दिएका मध्ये २८