- डा.कुन्दन अर्याल -
विभिन्न आमसञ्चार माध्यम (मिडिया) हरूमा दिनहुँ आउने शीर्षकभन्दा पर पनि समाचारहरू छन् । प्रत्येक क्षण संसारका विभिन्न भूभागका गतिविधि वा घटनाक्रममध्येबाट केही सीमित शीर्षक मिडियामा आउने गर्छन् । समाज समाचारको विशाल खानी हो । तर मिडियाको पनि बाध्यता हुन्छ, सीमित समय र स्थानमा सबैभन्दा महìवपूर्ण र सान्दर्भिक विषयलाई समेट्नुपर्ने हुन्छ । मिडियाका तर्कहरू अनेक छन् । विश्वभरका पत्रकारको वर्षौंको अभ्यास र पत्रकारिताका अध्येताहरूको अनुसन्धानात्मक निचोडले बताएको पनि यही हो– सबै घटना वा प्रवृत्तिमा समाचार बन्न सक्दैनन् । घटना वा विषयमा समाचार बन्न सक्ने गुण हुनुपर्छ । तर यो सैद्धान्तिक मान्यता पनि व्यवहारमा भने बेलाबेला नराम्रोसँग तोडमोड भएको देखिन्छ । त्यसैले आम रूपमा हेर्दा नेपाली मिडियाले समाजका कैयौँ विषयवस्तुलाई दिनुपर्ने जति स्थान र समय दिएको छ कि छैन भन्ने विषय विमर्शका लागि सान्दर्भिक छ ।
सय वर्षदेखि पत्रकारहरूका माझ एउटा शब्दावली प्रचलनमा छ, न्यूज भ्यालू अर्थात् कुनै विषय वा घटनाको समाचार बन्न सक्ने गुण । विद्यालय, विश्वविद्यालय वा प्रशिक्षणमा समाचारका विषयमा पढाइने प्रारम्भिक पाठमै पर्छ न्यूज भ्यालू । तर न्यूज भ्यालू खुट्टयाउने विषय पत्रकारिताकमा निर्विवाद छैन । यस विषयमा पत्रकारहरूलाई प्रभाव पार्ने आर्थिक, सामाजिक तथा राजनीतिक पक्षहरू पर्याप्त छन् । समाचारको गुण पहिचान गर्ने विषयलाई सहज रूपमा बताउन मान्छेले कुकुरलाई टोक्यो भने समाचार बन्छ पनि भनियो । कुनै पनि घटनाको नयाँ–नौलो पक्ष समाचार बन्छ भनियो । अस्वाभाविक र आकस्मिक घटना वा द्वन्द्वलार्ई प्राथमिकता दिनुपर्छ भन्ने तर्क पनि अघि सारियो ।
बीसौँ शताब्दीको सुरुवातका वर्षसम्म पनि मिडियाको विकासका दृष्टिले अग्रपङ्क्तिमै रहेका देशमा समेत खराब घटना वा खबर नै राम्रो समाचार बन्छ भन्ने धारणा व्याप्त थियो । समाचार बन्ने गुणका लागि नयाँ–नौलोका अतिरिक्त निकटता, मानव अभिरुचि अनि विशिष्ट र महìवपूर्णजस्ता गुणहरू पनि आवश्यक हुन्छ भनेर सूत्रबद्ध गरिएका छन् । कुनै बेला गति, कुनै बेला आकार र कुनै सन्दर्र्भमा निरन्तरता वा लगातारको प्रयत्नलाई पनि समाचार बन्न सक्ने गुणका रूपमा परिभाषित गरिएका छन् । तर व्यवहारमा आजसम्म पनि यो विषयमा त्यति सजिलै मतैक्य कायम हुने गरेको छैन । त्यसैले समाचारको परिभाषा बताउँदै जाँदा, अन्त्यमा जे सम्पादकको निधोबमोजिम प्रस्तुत गरिन्छ त्यही विषय समाचार हो भनेर विवाद टुङ्ग्याउने चलन पनि छ । डा. कुन्दन आर्यालको लेख गोरखापत्रमा पूरा पढ्नुस्