समाचारका गुण, मिडियाका तर्क र शीर्षक

समाचारका गुण, मिडियाका तर्क र शीर्षक

  • फाल्गुण ३, २०७७ सोमबार २२:३९

  • डा.कुन्दन अर्याल -

विभिन्न आमसञ्चार माध्यम (मिडिया) हरूमा दिनहुँ आउने शीर्षकभन्दा पर पनि समाचारहरू छन् । प्रत्येक क्षण संसारका विभिन्न भूभागका गतिविधि वा घटनाक्रममध्येबाट केही सीमित शीर्षक मिडियामा आउने गर्छन् । समाज समाचारको विशाल खानी हो । तर मिडियाको पनि बाध्यता हुन्छ, सीमित समय र स्थानमा सबैभन्दा महìवपूर्ण र सान्दर्भिक विषयलाई समेट्नुपर्ने हुन्छ । मिडियाका तर्कहरू अनेक छन् । विश्वभरका पत्रकारको वर्षौंको अभ्यास र पत्रकारिताका अध्येताहरूको अनुसन्धानात्मक निचोडले बताएको पनि यही हो– सबै घटना वा प्रवृत्तिमा समाचार बन्न सक्दैनन् । घटना वा विषयमा समाचार बन्न सक्ने गुण हुनुपर्छ । तर यो सैद्धान्तिक मान्यता पनि व्यवहारमा भने बेलाबेला नराम्रोसँग तोडमोड भएको देखिन्छ । त्यसैले आम रूपमा हेर्दा नेपाली मिडियाले समाजका कैयौँ विषयवस्तुलाई दिनुपर्ने जति स्थान र समय दिएको छ कि छैन भन्ने विषय विमर्शका लागि सान्दर्भिक छ ।

सय वर्षदेखि पत्रकारहरूका माझ एउटा शब्दावली प्रचलनमा छ, न्यूज भ्यालू अर्थात् कुनै विषय वा घटनाको समाचार बन्न सक्ने गुण । विद्यालय, विश्वविद्यालय वा प्रशिक्षणमा समाचारका विषयमा पढाइने प्रारम्भिक पाठमै पर्छ न्यूज भ्यालू । तर न्यूज भ्यालू खुट्टयाउने विषय पत्रकारिताकमा निर्विवाद छैन । यस विषयमा पत्रकारहरूलाई प्रभाव पार्ने आर्थिक, सामाजिक तथा राजनीतिक पक्षहरू पर्याप्त छन् । समाचारको गुण पहिचान गर्ने विषयलाई सहज रूपमा बताउन मान्छेले कुकुरलाई टोक्यो भने समाचार बन्छ पनि भनियो । कुनै पनि घटनाको नयाँ–नौलो पक्ष समाचार बन्छ भनियो । अस्वाभाविक र आकस्मिक घटना वा द्वन्द्वलार्ई प्राथमिकता दिनुपर्छ भन्ने तर्क पनि अघि सारियो ।

बीसौँ शताब्दीको सुरुवातका वर्षसम्म पनि मिडियाको विकासका दृष्टिले अग्रपङ्क्तिमै रहेका देशमा समेत खराब घटना वा खबर नै राम्रो समाचार बन्छ भन्ने धारणा व्याप्त थियो । समाचार बन्ने गुणका लागि नयाँ–नौलोका अतिरिक्त निकटता, मानव अभिरुचि अनि विशिष्ट र महìवपूर्णजस्ता गुणहरू पनि आवश्यक हुन्छ भनेर सूत्रबद्ध गरिएका छन् । कुनै बेला गति, कुनै बेला आकार र कुनै सन्दर्र्भमा निरन्तरता वा लगातारको प्रयत्नलाई पनि समाचार बन्न सक्ने गुणका रूपमा परिभाषित गरिएका छन् । तर व्यवहारमा आजसम्म पनि यो विषयमा त्यति सजिलै मतैक्य कायम हुने गरेको छैन । त्यसैले समाचारको परिभाषा बताउँदै जाँदा, अन्त्यमा जे सम्पादकको निधोबमोजिम प्रस्तुत गरिन्छ त्यही विषय समाचार हो भनेर विवाद टुङ्ग्याउने चलन पनि छ । डा. कुन्दन आर्यालको लेख गोरखापत्रमा पूरा पढ्नुस् 


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल