पत्रकारिताका मुद्दा र महासंघको भावी नेतृत्व

पत्रकारिताका मुद्दा र महासंघको भावी नेतृत्व

  • चैत्र २६, २०७७ बिहीबार ०३:११

धर्मेन्द्र झा-

नेपाली पत्रकारहरूले नयाँ वर्षकै पूर्वसन्ध्यामा आफ्नो पेसागत संगठनको नयाँ नेतृत्व सम्भवतः प्राप्त गर्नेछन् । पत्रकारहरूले २६औँ महाधिवेशनअन्तर्गत आज सम्पन्न हुने निर्वाचन प्रक्रियामार्फत नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र स्थानीय शाखाको नयाँ नेतृत्व चयनका लागि प्रत्यक्ष मतदान गर्नेछन् । महासंघको इतिहासमा पहिलोपटक सम्पन्न हुन गइरहेको प्रत्यक्ष निर्वाचनमा करिब १३ हजार मतदाता छन्, कति मतदानमा सहभागी हुन्छन्, हेर्न बाँकी छ । देशको पुरानो, ठूलो, सशक्त र प्रभावकारी नागरिक संस्थाका रूपमा पहिचान बनाएको पत्रकार महासंघको ६५ वर्षको इतिहासमा यसअघिसम्म प्रतिनिधिमूलक निर्वाचन पद्धति कायम रहेकोमा यसपटकदेखि भने प्रत्यक्ष मतदानको व्यवस्थामार्फत महासंघका सबै सदस्यलाई मताधिकार प्रदान गरिएको छ । यस प्रक्रियाले निश्चय पनि महासंघलाई थप सुदृढ बनाउने विश्वास गर्न सकिन्छ । २६औँ महाधिवेशनअन्तर्गत यसअघि फागुनको ५ गते बन्दसत्र सम्पन्न भइसकेको छ । 

पत्रकारका लागि नयाँ नेतृत्व चयनको यो दिन निश्चय पनि महत्वपूर्ण छ । विभिन्न कठिनाइ र अवरोधका बीच पनि आफ्नो पेसागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूका लागि यो दिनले विशिष्ट महत्व राख्छ । आजको दिन स्वतन्त्र पत्रकारितासँग जोडिएका अनेकन विषयको छलफल र बहस आवश्यक छ । निर्बाध प्रेस स्वतन्त्रताको प्रत्याभूति, श्रमजीवी पत्रकारको हकहितको रक्षा, लोकतन्त्रको संस्थागत सुदृढीकरण, जातीय, क्षेत्रीय, लैंगिक, भौगोलिक र विधागत समावेशीकरण, महासंघको पुनर्संरचनासँग सम्बन्धित सन्दर्भहरू छलफलका विषय हुन सक्छन् । पत्रकार महासंघका आममतदाता निर्वाचनका लागि मानसिक रूपमा तयार रहेको आजको दिनमा प्रस्तुत यस आलेखमा महासंघको भावी नेतृत्वकै वरिपरि केन्द्रित रहने प्रयास गर्नु उचित हुन्छ । पढ्नुस् धर्मेन्द्र झाको लेख नयाँ पत्रिकामा । 


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल