पत्रकारिता सत्ताको भक्ति होइन

पत्रकारिता सत्ताको भक्ति होइन

  • बैशाख १५, २०७८ बुधबार ०३:१९

खगेन्द्र फुयाँल- 

जनताको सूचनाको भरपर्दो र दिगो माध्यम हो, पत्रकारिता । मध्ययुगमा पत्रकारिताको प्रयोग शासक तथा सम्पन्न व्यक्तिले विपन्न वर्गमाथि आफ्नो प्रभुत्व लाद्नका लागि प्रयोग गर्दथे । २१औँ शताब्दीसम्म आइपुग्दा पत्रकारिता जनताको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएर आएको छ । खैर, अभिव्यक्ति स्वतन्त्रताको माध्यममा धेरै परिवर्तन आइसकेको छ । इन्टरनेटको क्रान्तिसँगै विकास भएका सामाजिक सञ्जालले गर्दा जनता नै सूचनाको पहिलो स्रोत बन्न थालेका छन् । 

पत्रकारिता एउटा व्यवसायसमेत भएका कारण यसको भाषाशैली, प्रस्तुतीकरण, मर्यादालगायतका विशेषता रहेका छन् । जसले गर्दा सत्य–तथ्य सूचनाका लागि आममानिसले सञ्चारमाध्यमको उपयोग गर्न अपरिहार्य छ । महान् कम्युनिस्ट नेता भ्लादिमिर लेनिनले आफ्नो सरकार जनताप्रति कति प्रतिबद्ध छ भन्ने कुरा पोलिटब्युरोका सदस्यले राखेको तर्कका आधारमा नभई प्रतिपक्षले गरेका प्रश्नका आधारमा हुनुपर्छ भनेका थिए । उनलाई थाहा थियो, उनको अगाडि सबैजना डराउँथे, त्यसैले उनका सदस्यहरू यथार्थभन्दा धेरै बनावटी कुरा राख्छन् भन्ने । लेनिन आफ्नो पर्टीभित्र रहेका अन्धभक्तहरूलाई शुद्धीकरण गर्न चाहन्थे । 

वि.सं. १९५८ मा गोरखापत्र स्थापना गर्दा नै देव शमशेरले गोरखापत्रमा के छाप्ने, के नछाप्ने भन्नेबारेमा सनदमार्फत नियम बनाएका थिए । सरकारले गर्ने उद्घाटनलगायत श्री ३ का गतिविधि पत्रिकामा नछाप्नु भनेका थिए । आज विश्वभरि नै शासकहरू पत्रकारप्रति रुष्ट छन् । उनीहरू पत्रकारले सरकारको कामको बढाइचढाइ प्रचार गरून् भन्ने चाहन्छन् । उनीहरू भ्रष्टाचार, सुशासन मन्त्रिमण्डलबारेमा कुनै नकारात्मक समाचार नलेखून् भन्ने चाहन्छन् । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकारप्रति यति नकारात्मक थिए कि आफूलाई मन नपरेको सञ्चारमाध्यमका पत्रकारलाई मुख छोड्नसमेत पछि पर्दैनथे । पढ्नुस् खगेन्द्र फुयाँलको नयाँ पत्रिकामा प्रकाशित लेख । 


Related Story

'टाइम'को आवरणः ट्रम्पको कुर्सीमा एलोन मस्कको रजाई

अमेरिकी राष्ट्रपति ट्रम्पलाई चिढ्याउनेगरी टाइमले आवरणमा छाप्यो राष्ट्रपतिको कुर्सीमा मस्कको फोटो राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिढ्याउने गरी टाइम पत्रिकाको नयाँ अंकमा एलोन

खोजी रिपोर्टिङका लागि यसरी बढाउन सकिन्छ पत्रकारहरूबीच सहकार्य

अलजजिरा, गार्डियन, न्युयोर्क टाइम्स लगायतका अन्तर्राष्ट्रिय मिडियासँग आबद्ध रहेर खोज पत्रकारिता गरिरहेकी दिलरुक्षी ह्यान्डुनेट्टी श्रीलङ्कास्थित सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङ (सिआईआर)

इजरायली नरसंहारको निन्दा गर्दै गाजामा मारिएका पत्रकारको सम्झना

गत साढे २ महिनामा इजरायली हमलामा मारिएका ७४ भन्दा बढी प्यालेस्टिनी पत्रकारको सम्झना गर्न नेपालका पत्रकारहरू मृतकहरूको फोटो र मैनबत्तीसहित

भूकम्पको कभरेजमा कान्तिपुरको 'स्टप प्रेस'

टि२० विश्वकपमा नेपाल छनोट हुनु निश्चय पनि मुख्य समाचार हो तर कान्तिपुरले बनेर छापिन थालिसकेको पत्रिका भत्काएर रातारात जसरी भूकम्पको

पत्रकार आचारसंहितामाथि ऋषि धमलाको निरन्तर हमला

पत्रकार आचारसंहिताको दफा ५ (१) मा भनिएको छ- 'पत्रकार तथा सञ्चारमाध्यमले विपत्ति वा शोकमा परेका, दुःख पीडा भोगिरहेका व्यक्ति वा

राजनीति, पत्रकारिता र चुनाव

देशको विकास गर्न आफू नै पटक–पटक प्रधानमन्त्री हुनुपर्ने चिन्तनमा खुम्चिएका हाम्रा नेतामा विकासको कुनै खाका छैन किशोर नेपाल- यो संसारमा राजनीतिक ‘रिपोर्टिङ’

ओझेलमा विकास पत्रकारिता

मुना बराल- विकास सुनेर नथाकिएको विषय हो । सार्वजनिक  बहसमा विकाससम्बन्धी चर्चा राजनीतिपछि सम्भवतः सबैभन्दा बढी पाइन्छ । नेपालमा विकाससम्बन्धी बहस राणाकालदेखि हुँदै

कस्ता पत्रकारले 'पत्रकार वृत्ति कोष' बाट सहयोग पाउँछन् ?

सरकारले जेष्ठ पत्रकारलाई ‘जेष्ठ पत्रकार वृत्ति’ प्रदान गर्ने निर्णय गरेको छ । आफ्नो लामो पहलपछि सरकारले यो निर्णय गरेकोमा नेपाल