खगेन्द्र फुयाँल-
जनताको सूचनाको भरपर्दो र दिगो माध्यम हो, पत्रकारिता । मध्ययुगमा पत्रकारिताको प्रयोग शासक तथा सम्पन्न व्यक्तिले विपन्न वर्गमाथि आफ्नो प्रभुत्व लाद्नका लागि प्रयोग गर्दथे । २१औँ शताब्दीसम्म आइपुग्दा पत्रकारिता जनताको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएर आएको छ । खैर, अभिव्यक्ति स्वतन्त्रताको माध्यममा धेरै परिवर्तन आइसकेको छ । इन्टरनेटको क्रान्तिसँगै विकास भएका सामाजिक सञ्जालले गर्दा जनता नै सूचनाको पहिलो स्रोत बन्न थालेका छन् ।
पत्रकारिता एउटा व्यवसायसमेत भएका कारण यसको भाषाशैली, प्रस्तुतीकरण, मर्यादालगायतका विशेषता रहेका छन् । जसले गर्दा सत्य–तथ्य सूचनाका लागि आममानिसले सञ्चारमाध्यमको उपयोग गर्न अपरिहार्य छ । महान् कम्युनिस्ट नेता भ्लादिमिर लेनिनले आफ्नो सरकार जनताप्रति कति प्रतिबद्ध छ भन्ने कुरा पोलिटब्युरोका सदस्यले राखेको तर्कका आधारमा नभई प्रतिपक्षले गरेका प्रश्नका आधारमा हुनुपर्छ भनेका थिए । उनलाई थाहा थियो, उनको अगाडि सबैजना डराउँथे, त्यसैले उनका सदस्यहरू यथार्थभन्दा धेरै बनावटी कुरा राख्छन् भन्ने । लेनिन आफ्नो पर्टीभित्र रहेका अन्धभक्तहरूलाई शुद्धीकरण गर्न चाहन्थे ।
वि.सं. १९५८ मा गोरखापत्र स्थापना गर्दा नै देव शमशेरले गोरखापत्रमा के छाप्ने, के नछाप्ने भन्नेबारेमा सनदमार्फत नियम बनाएका थिए । सरकारले गर्ने उद्घाटनलगायत श्री ३ का गतिविधि पत्रिकामा नछाप्नु भनेका थिए । आज विश्वभरि नै शासकहरू पत्रकारप्रति रुष्ट छन् । उनीहरू पत्रकारले सरकारको कामको बढाइचढाइ प्रचार गरून् भन्ने चाहन्छन् । उनीहरू भ्रष्टाचार, सुशासन मन्त्रिमण्डलबारेमा कुनै नकारात्मक समाचार नलेखून् भन्ने चाहन्छन् । निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्रकारप्रति यति नकारात्मक थिए कि आफूलाई मन नपरेको सञ्चारमाध्यमका पत्रकारलाई मुख छोड्नसमेत पछि पर्दैनथे । पढ्नुस् खगेन्द्र फुयाँलको नयाँ पत्रिकामा प्रकाशित लेख ।