मल्टिमिडिया पत्रकारितामा तालिमको अवसर

मल्टिमिडिया पत्रकारितामा तालिमको अवसर

डेटा जर्नलिज्म तालिममा दिनेश लुइँटेल (रातो ज्याकेट) लाई गाइड गर्दै उमेश श्रेष्ठ । File Photo: CMR Nepal
  • पौष ८, २०७७ बुधबार २०:५२

मल्टिमिडिया पत्रकारितामा कार्य गर्न चाहने पत्रकारहरूलाई लक्ष्य गरी बागमती प्रदेशअन्तर्गतको सञ्चार रजिस्ट्रारको कार्यालयले तालिमका लागि आवेदन आह्वान गरेको छ । पुस ८ गते प्रकाशित सूचनाअनुसार बागमती प्रदेशभित्र क्रियाशील पत्रकारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।

सञ्चार रजिस्ट्रार कार्यालय बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको निकाय हो । कार्यालयले तीनथरी तालिम दिन लागेको छ । मोबाइल पत्रकारिता (Mobile Journalism), अनलाइन पत्रकारिता (Online Journalism) र तथ्याङ्कगत पत्रकारिता (Data Driven Journalism) मा कार्यालयले आवेदन मागेको हो ।

निवेदन दिँदा तपाईँले व्यक्तिगत विवरण र रेडियो, टेलिभिजन वा अनलाइन पत्रकारितामा कम्तिमा दुई वर्ष काम गरेको अनुभव प्रमाणित गर्ने कागजात पठाउनुपर्नेछ । यस्तै मोबाइल पत्रकारिता, अनलाइन पत्रकारिता वा तथ्याङ्कगत पत्रकारितामध्ये के तालिम लिन चाहेको हो प्राथमिकीकरण गरी तपाईँले आफ्नो रुची उल्लेख गर्नुपर्नेछ ।

यदि तपाईँले यसभन्दा अगाडि यस्तै किसिमका कुनै तालिममा सहभागी हुनुभएको भए यो पनि उल्लेख गर्नुपर्नेछ । यति कुरा उल्लेख गरी तपाईँले [email protected] मा इमेल गर्नुपर्छ ।

कार्यालयका फोन नम्बरहरू 057-520250 (हेटौँडा) वा 01-5199707 (काठमाडौं) मा फोन गरी थप जानकारी लिन सकिन्छ ।


Related Story

खोजी पत्रकारिताका लागि कन्टेन्ट क्रियटर र पत्रकारबीच सहकार्य, १४ जनालाई फेलोसिपको अवसर

सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर) ले पत्रकार र कन्टेन्ट क्रियटरबीच खोजमूलक सामग्री उत्पादनमा सहकार्य बढाउन फेलोसिप घोषणा गरेको छ

स्वास्थ्यमा खोजमूलक रिपोर्टिङ गर्न ३ लाखको फेलोसिप, विज्ञको मेन्टरसिप

नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसनले 'स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति' (Health Journalism Fellowship) घोषणा गरेको छ । फाउन्डेसनले Arete Healthsciences को सहयोगमा

रोटरी जर्नो अवार्ड २०२६ को लागि मनोनयन खुला

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले समाजमा सकारात्मक प्रभाव पार्ने र जिम्मेवार पत्रकारिता गर्ने सञ्चारकर्मीहरूलाई सम्मान गर्न 'रोटरी जर्नो अवार्ड २०२६'

खोज पत्रकारका लागि NIMJN का चार फेलोसिप

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले खोज रिपोर्टिङ फेलोसिपको लागि आवेदन आह्वान गरेको छ । निम्जिनले एआई र टेक

'क्लेप्टोक्रेसी' विषयमा खोपकेको रिपोर्टिङ फेलोसिप

खोज पत्रकारिता केन्द्र, नेपाल (खोपके) ले 'क्लेप्टोक्रेसी' अर्थात भ्रष्टतन्त्र/लुटतन्त्र विषयमा खोज रिपोर्टिङका लागि फेलोसिप आह्वान गरेको छ।  फेलोसिप कार्यक्रममा सहभागी हुन

जलवायु, कृषि र वित्तीय समावेशीकरणमा रिपोर्टिङ फेलोसिपको अवसर

जलवायु परिवर्तन, पुनरुत्पादक कृषि, र वित्तीय समावेशीकरणजस्ता मुद्दाहरूमा रिपोर्टिङ गर्न फेलोसिपका लागि आवेदन खुला भएको छ ।  प्राक्टिकल एक्शनले जलवायु परिवर्तन,

जलवायु रिपोर्टिङमा फेलोसिपको अवसर, नयाँ पत्रकारलाई प्राथमिकता

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिजम् नेटवर्क (NIMJN)ले जलवायु रिपोर्टिङ फेलोसिपका लागि आवेदन आह्वान गरेको छ । क्लाइमेट एक्सन नेटवर्क साउद एसिया

१० पत्रकार महिलाका लागि फेलोसिपको अवसर

सञ्चारिका समूह नेपालले पत्रकार महिलाहरूलाई फेलोसिप दिन लागेको छ । सञ्चारिका समूहले जारी गरेको सूचनामा १० जना पत्रकार महिलालाई फेलोसिप