२१ पत्रकारले पाए प्रेस काउन्सिलको लेखनवृत्ति

२१ पत्रकारले पाए प्रेस काउन्सिलको लेखनवृत्ति

  • पौष २६, २०७७ आइतबार २३:२१

प्रेस काउन्सिल नेपालले लेखनवृत्तिको नतिजा सार्वजनिक गरेको छ । मिडिया विकास कोषको २०७७ पुस २० गतेको बैठकले अन्तिम नतिजा सार्वजनिक गरेको हो ।

निर्धारित समयावधिमा परेका आवेदनमध्येबाट २१ जना आवेदकले प्रतिव्यक्ति १५ हजार रुपैयाँको लेखनवृत्ति प्राप्त गर्ने भएका हुन् । काउन्सिलले २०७७ मङ्सिर २८ गते लेखनवृत्तिका लागि आवेदन माग गरेको थियो ।  

प्रत्येक प्रदेशबाट तीन जनाको दरमा २१ जना आवेदक छानिएको मिडिया विकास कोषका सदस्य–सचिव झबिन्द्र भुसालले जानकारी दिए । काउन्सिलले २०७६ चैतदेखी २०७७ मङ्सिरसम्म प्रकाशित/प्रसारित कोभिड–१९ सम्बन्धी ५ वटा चेतना र शिक्षामुलक लेख तथा समाचार सामाग्री माग गरेको थियो ।

तोकिएको मापदण्डमा रहेर आवेदन दिएकाहरूलाई उनीहरूका सामग्रीको मूल्याङ्कन गरी नाम छनोट गरिएको उनले बताए । 

लेखनवृत्तिका लागि प्रदेश १ बाट इलामका भागिरथ भण्डारी, सुनसरीका मिकाइल आलम र ओखलढुङ्गाका शिवप्रसाद ढुङ्गाना छानिएका छन् । प्रदेश २ बाट महोत्तरीकी सुनिता बराल (हेमकुमारी), धनुषाकी मनिका झा र महोत्तरीका राकेश चौधरी छानिएका छन् । 

बाग्मती प्रदेशबाट दोलखाकी उषा तामाङ, रसुवाकी अनु आचार्य र धादिङकी निरमाया गुरुङ (डोल्मा मम्बा) छानिएका छन् ।

गण्डकी प्रदेशबाट कास्कीका दीपक परियार, पर्वतका रोसन तिवारी र नवलपुरकी पिताम्बरी पराजुली (पवित्रा) छनिएका छन् ।

लुम्बिनी प्रदेशबाट नवलपरासीकी कल्पना भट्टराई, रुपन्देहीकी रेनुका गिरी, दाङकी सपना बोहरा छानिएका छन् । 

कर्णाली प्रदेशबाट रुकुम पश्चिमका मेगराज खड्का, हुम्लाका नरजङग तामाङ र दैलेखका हिक्मत बहादुर नेपालीले लेखनवृत्ति पाएक छन् ।

सुदुरपश्चिम प्रदेशबाट बझाङका सत्यराज बहादुर सिंह, कञ्चनपुरका मोहन विष्ट र कैलालीका दुर्गा देवकोटा लेखनवृत्तिका लागि छानिएका छन् । 


Related Story

खोजी पत्रकारिताका लागि कन्टेन्ट क्रियटर र पत्रकारबीच सहकार्य, १४ जनालाई फेलोसिपको अवसर

सेन्टर फर मिडिया रिसर्च नेपाल (सिएमआर) ले पत्रकार र कन्टेन्ट क्रियटरबीच खोजमूलक सामग्री उत्पादनमा सहकार्य बढाउन फेलोसिप घोषणा गरेको छ

स्वास्थ्यमा खोजमूलक रिपोर्टिङ गर्न ३ लाखको फेलोसिप, विज्ञको मेन्टरसिप

नेपाल इन्टेन्सिभ केयर रिसर्च फाउन्डेसनले 'स्वास्थ्य पत्रकारिता अध्ययनवृत्ति' (Health Journalism Fellowship) घोषणा गरेको छ । फाउन्डेसनले Arete Healthsciences को सहयोगमा

रोटरी जर्नो अवार्ड २०२६ को लागि मनोनयन खुला

रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले समाजमा सकारात्मक प्रभाव पार्ने र जिम्मेवार पत्रकारिता गर्ने सञ्चारकर्मीहरूलाई सम्मान गर्न 'रोटरी जर्नो अवार्ड २०२६'

खोज पत्रकारका लागि NIMJN का चार फेलोसिप

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (NIMJN) ले खोज रिपोर्टिङ फेलोसिपको लागि आवेदन आह्वान गरेको छ । निम्जिनले एआई र टेक

'क्लेप्टोक्रेसी' विषयमा खोपकेको रिपोर्टिङ फेलोसिप

खोज पत्रकारिता केन्द्र, नेपाल (खोपके) ले 'क्लेप्टोक्रेसी' अर्थात भ्रष्टतन्त्र/लुटतन्त्र विषयमा खोज रिपोर्टिङका लागि फेलोसिप आह्वान गरेको छ।  फेलोसिप कार्यक्रममा सहभागी हुन

जलवायु, कृषि र वित्तीय समावेशीकरणमा रिपोर्टिङ फेलोसिपको अवसर

जलवायु परिवर्तन, पुनरुत्पादक कृषि, र वित्तीय समावेशीकरणजस्ता मुद्दाहरूमा रिपोर्टिङ गर्न फेलोसिपका लागि आवेदन खुला भएको छ ।  प्राक्टिकल एक्शनले जलवायु परिवर्तन,

जलवायु रिपोर्टिङमा फेलोसिपको अवसर, नयाँ पत्रकारलाई प्राथमिकता

नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिजम् नेटवर्क (NIMJN)ले जलवायु रिपोर्टिङ फेलोसिपका लागि आवेदन आह्वान गरेको छ । क्लाइमेट एक्सन नेटवर्क साउद एसिया

१० पत्रकार महिलाका लागि फेलोसिपको अवसर

सञ्चारिका समूह नेपालले पत्रकार महिलाहरूलाई फेलोसिप दिन लागेको छ । सञ्चारिका समूहले जारी गरेको सूचनामा १० जना पत्रकार महिलालाई फेलोसिप